महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल सुपर तीनमा प्रवेश

खेलकुद समाचार

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर तीनमा प्रवेश गरेको छ ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान पाँच–पाँच अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । नौ वटा टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका तीन–तीन टोलीबाट शीर्ष टोली सुपर तीनमा पुगेका छन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष दुई टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् ।

नेपालले अब सुपर तीनमा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ । नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन हुँदा पाँच अंक जोडेको थियो भने हङकङको चार खेलमा एक जित र तीन नतिजाविहीन हुँदा पाँच अंक भएको थियो ।

हङकङ विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो । तर हङकङ एक जितमै सीमित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *