ब्यूरोक्रेसीभित्र दुई गिरोह सक्रिय

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिले यतिबेला एकाएक छलाङ्ग मारेपछि वामपन्थी नेतृत्वको सरकार बनेको छ । सरकार वामपन्थी नेतृत्वमा बनेपनि त्यसमा विभिन्न विचार, आस्था र सिद्धान्त बोकेका दल तथा स्वतन्त्र व्यक्तिहरु संलग्न छन् । यी दल तथा स्वतन्त्रहरुले सम्हालेको मन्त्रालयभित्र के कस्तो काम गर्छन् भन्नेमा सबैको चासो बढेको छ ।

यतिखेर नेपालका ब्यूरोक्रेसीहरु सलबलाउन थालेका छन् । विगत लामो समयदेखि ब्यूरोक्रेसीहरुले गर्दै आएको भ्रष्टाचारको नालीबेली कसरी समाधान गर्दछन् यो भने हेर्न बाँकी छ । ब्यूरोक्रेसीभित्र एउटा ग्रुप लामो समयदेखि भ्रष्टाचारको जोरो गाँडेर बसेको छ भने अर्को ग्रुप राजनीतिक दलको छत्रछायाँमा बसेर राज गरिराखेका छ ।

यतिखेर सरकार नयाँ बनेसँगै मन्त्रीहरुले आफ्नो मातहतका कर्मचारी आ–आफ्ना मन्त्रालयमा छानीछानी ल्याउने पहल गरिराखेका छन् । तर, सरकारले अधिकांश मन्त्रालयमा हिजो मन्त्रीमण्डल विस्तार गरिसकेको छ । ती मन्त्रीले कर्मचारीहरु कहाँ सरुवा गर्ने हुन् भनेर अधिकांश मन्त्रालयका सचिव र विभिन्न आयोजनादेखि विभिन्न सम्बन्धित मन्त्रालयका विभाग र आयोजनाहरुमा हल्लीखल्ली मच्चिन थालेको छ ।

अधिकांश मन्त्रालयका कर्मचारीहरु भने आफूलाई घर पायक पर्ने र आम्दानी हुने अड्डामा परिने हो कि होइन भनेर कौतुहलताको विषय बनाएका छन् । त्यति मात्रै होइन कतिपय उच्च निकायका कर्मचारीदेखि सहसचिव, उपसचिव, नासु, खरिदारसम्मले राजनीतिक संघ, संगठनका नेतादेखि विभिन्न राजनीतिक दल निकट कर्मचारी युनियनका नेताहरुको चाकडीचाप्लुसी गर्न थालेका छन् ।

त्योसँगै कर्मचारी युनियका नेताहरुले पनि आफ्ना मान्छेहरुलाई मालदार ठाउँमा पु¥याउन पाए आफ्नो रोजीरोटी पनि राम्रै चल्ने र ती कर्मचारीहरुको पनि चित्त बुझ्ने थियो भनेर लागिपरेका छन् । तर, अधिकांश कर्मचारी नेताहरु आफ्नो कार्यकक्षमा नबस्ने, महिना मरेपछि तलब भत्ता मात्रै बुझ्न जाने गरेका छन् ।

यसै सेरोफेरोलाई लिएर तामाकोशी सन्देशका समाचारदाताले एक कर्मचारी नेतासँग प्रश्न गरेका थिए, ‘तपाईंहरु आफ्नो अफिस जानुपर्दैन, तपाईंको दरबन्दी कहाँ हो ?’ भनेर प्रश्न गर्दा ती कर्मचारी नेताले भने, ‘अब किन चाहियो ? किन अफिस जानुप¥यो ? म अफिस गएपनि नगएपनि तपाईंलाई के को सरोकार’, भन्दै ठाडो जवाफ दिएका थिए । यसरी अधिकांश राजनीतिक दल निकट कर्मचारी संगठनका नेताहरु सरकारी गाडी, सरकारी तेल, सरकारी खाजा, सरकारी खाना प्रयोग गरेर ढलीमली गरिरहेका छन् ।

यस्ता कर्मचारीहरुलाई मन्त्रीहरुले कसरी प्रयोजन गर्दछन् त्यो भने हेर्न बाँकी नै छ । उता एउटा पुरानो ब्यूरोक्रेसी ग्रुप भने आफ्ना नातागोताको सञ्जाल सबैतिर फिजाएर विभिन्न व्यापारी, उद्योगी र तस्करहरुसँग उठबस गरी सरकारलाई बद्नाम गर्दै कमाउ धन्दामा लिप्तछ । यसले गर्दा यो सरकारले भनेअनुसारको काम गर्ने वातावरण बन्ने सम्भावना न्यून रहेको देखिन्छ । (तामाकोशीसन्देशम समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *