प्राधिकरणको लापरबाहीले अधिकांश विमानहरु जोखिममा

राजनीति समाचार

काठमाडौं । गत माघ १ गते काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको बिमान दूर्घटनाग्रस्त हुँदा अहिलेसम्मकै ठूलो मानवीय क्षती भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्स भने भरपर्दो र विश्वासिलो संस्थाको रुपमा चिरपरिचित थियो । तर, त्यस एयरलाइन्समा कार्यरत कर्मचारी र तत्कालीन सरकारका मन्त्रीहरुको संलग्नतामा सञ्चालित संस्थालाई राजनीतिक दलका नेतादेखि मन्त्री र उच्च तहका कर्मचारीको मिलोमतोमा नेपाल एयरलाई डुबाएका थिए भने अहिले त्यो संस्था धरमर अवस्थामा चलिरहेको छ ।

यसैगरी निजी क्षेत्रले सञ्चालन गरेका नेकोन एयर जस्तो संस्था तत्कालीन नेपाली कांग्रेसको सरकारले धरासाही बनाएपछि उक्त संस्थानै बन्द भएर नेकोन एयर कुन चरिको नाम जस्तै भएको छ । त्यसैगरी उता बुद्ध एयर, तारा एयर, सिम्रिक एयर र श्री एयरलाइन्स जस्ता हवाइ कम्पनीहरु सञ्चालनमा रहे तापनि भर पर्दो सेवा, सुविधा दिन सकेका भने थिएनन् ।

यस्ता एयरलाइन्स कम्पनीहरु निजी क्षेत्रले सञ्चालन गर्दै आए तापनि ७० वर्षको इतिहास बोकेको एयरलाइन्स कम्पनीहरु यतिखेर बद्नाम हुँदै गएका छन् । यस्ता कम्पनीबाट सञ्चालित एयरलाइन्सहरुको हवाइ सेवा विभागले गुणस्तरीय र भरपर्दो छ कि छैन भनेर विज्ञ टोली गठन गरी ती एयरलाइन्सहरुको अवस्था कस्तो छ भनेर अनुगमनसमेत गरेको पाइँदैन । त्यस्तै नागरिक उडड्यन तथा प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित विमानहरुको अवस्थाबारे कुनै ध्यान दिने गरेको पाइँदैन ।

नागरिक उड्डयन तथा प्राधिकरणमा कार्यरत उच्च तहका कर्मचारीहरु कहाँबाट कमिसन आउँछ र कमाउ अड्डामा जान पाइन्छ कि पाइँदैन र प्राधिकरणको महानिर्देशक बन्न पाइन्छ कि पाइँदैन भनेर शक्तिकेन्द्रदेखि करोडौं पैसा खर्च गरेर महानिर्देशक बन्ने गरेका छन् । त्यसकारण पनि अहिले नेपालमा अधिकांश निजी क्षेत्रले सञ्चालन गरेको बिमानहरु दूर्घटनामा पर्ने गरेका छन् । तत्कालीन सरकारको पालदेखि बहावाला सरकारले समेत एउटा छानविन टोली गठन गर्ने आफ्नो फमूलाई पुरा गर्नेभन्दा बाहेक अन्य काम कुनै पनि राजनीतिक दलको सरकारले गर्न सकेको छैन । अधिकांश विमानहरु दूर्घटना हुँदा पनि सरकारले ध्यान दिने गरेको छैन ।

निजी क्षेत्रबाट सञ्चालित एयरलाइन्स कम्पनीहरु धेरै पुराना बिमान चलाउने गरेका छन् । अहिले पनि सञ्चालनमा रहेका बिमानहरु कस्तो अवस्था छ । ती विमानका इन्जिनहरु उपयुक्त छन् कि छैनन् । एउटा विमान कतिसम्म सञ्चालनमा आउँछ भनेर अनुगमन र जाँचबुझसमेत गरेको पाइँदैन । यतिखेर अधिकांश एयरलाइन्सहरुले पुरानै जहाज सञ्चालन गरिराखेका छन् भने नयाँ जहाज खरिद गरिएको जानकारी अहिलेसम्म कुनै पनि सञ्चारमाध्यमले जनाएको छैन ।

आफूले गरिद गरेको चहाज भनेको नेपाल एयरलाइन्सले मात्रै हो । त्यो पनि पुराना जहाजलाई मर्मत गरेर नेपाल भित्र्याइएको थियो । त्यसमा पनि विमान किन्ने कि नकिन्ने भनेर ठूलो विवाद भएको थियो । विवादका बाबजुद पनि नेपाल एयरलाइन्सले पुरानै बिमान खरिद गरेको थियो । र, अहिलेसम्म पनि सञ्चालित छ । उक्त एयरलाइन्स अहिले पनि अर्बौं रुपैयाँ घाटामा गएको बताइन्छ । तर निजी क्षेत्रले सञ्चालन गरेका बिमानहरुले फाइदा उठाइराखेता पनि नयाँ विमान नकिनेर पुराना विमान सञ्चालनमा ल्याएर सञ्चालन गरेका थुप्रै उदाहरणहरु छन् ।

नेपालमा प्लेन दूर्घटना हुनुभनेको अहिलेदेखिको समस्या होइन विगतदेखि नै दूर्घटना हुँदै आएका थिए । तर, राज्यले यस्ता दूर्घटना भएको ठाउँमा तत्काल उद्दार गर्नको लागि कुनै पनि व्यवस्थापन गरेको छैन । घटना भएको ठाउँसम्म पुगेर उद्दार गर्नको लागि समेत सामग्रीहरु सरकारले व्यवस्थापन गरेको छैन । सरकारले यस्ता दूर्घटनामा परेकालाई तत्काल उद्दार गर्नको लागि कुनै पनि प्राविधिक तालिम र आवश्यक सामानहरुको व्यवस्थापन गरेको पाइँदैन ।

खाली परापूर्वकालदेखि बिमान दूर्घटना हुँदा खाली छानविनको नाममा आयोग गठन गर्ने र झारा टार्ने काम गर्ने गरेका छन् । यसरी छानविन आयोग गठन गरेर अहिलेसम्म एउटा पनि ठोस उपलब्ध हासिल गरेको पाइँदैन । यतिखेर निजी क्षेत्रबाट सञ्चालित एयरलाइन्सहरुले भरपर्दो र गुणस्तरयुक्त सेवा दिनुभन्दा पनि व्यापारिक प्रतिस्पर्धा गरी कमाउ धन्दामा मात्रै ध्यान दिएका छन् ।

नेपाल सरकारले पनि भरपर्दो र सर्वसुलव हवाइ सेवा प्रदान गर्नुभन्दा पनि राज्यको अर्बौं रुपैया बजेट खर्चेर बिमान अवतरणको लागि उपयुक्त स्थानको अध्ययन नै नगरी हचुवाको भरमा विमानस्थल बनाउने गरिएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले आफू सत्तामा पुग्ने र चर्चा कमाउन र सस्तो लोकप्रियता कमाउनको लागि विमान अवतरण गर्न उपयुक्त ठाउँ होस् अथवा नहोस् तर विमानस्थल बनाउने नाममा राज्यको अर्बौं रुपैयाँ हिनामिना गरेर खाने गरेका छन् ।

यतिखेर नेपालमा यसरी हचुवाको भरमा तयार गरिएका अधिकांश विमानस्थलहरु अहिले अलपत्र अवस्थामा पुगेका छन् । यसरी सञ्चालनमा आएका र नआएका गरी नेपालमा अहिले ५३ वटा विमानस्थल रहेका छन् । तर, नेपालमा सञ्चालित बिमानहरु भने ५१ वटा मात्रै छन् । यसरी सञ्चालनमा रहेका बिमानको संख्याभन्दा बिमानस्थलको संख्या बढी भएको देश पनि नेपाल नै पहिलो हो । अहिलेसम्म नेपालमा १०४ वटा विमान दूर्घटना भएका छन् । ती मध्ये गत माघ १ गते काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको विमान दूर्घटना हुँदा सबैभन्दा धेरै मानवीय क्षेती भएको छ । (तामाकोशी सन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *