बिमाका हाकिमको धोती टोपी खोलिँदै

प्रमुख वाग्मती प्रदेश समाचार

कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा टपक्क टिपेर बिमा समितिका हाकिम बनाएका चिरञ्जीवि चापागार्इँविरुद्ध २ करोड हिनामिनाको उजुरी परेको छ । नियुक्ती भएका अध्यक्षलाई दुई दिनमै हटाएर महरा अर्थमन्त्री हुँदा चिरञ्जीबी चापागाईंलाई अध्यक्ष बनाइएको थियो ।
उनै चापागाईविरुद्ध अख्तियारमा उजुरी परेको हो । चापागाँईमाथि विभिन्न ९ वटा शीर्षकमा आर्थिक अनियमितता गरेको उजुरीसहित अख्तियारमा उजुरी परेको छ । चापागाँईमाथि कमिसन लिएर नयाँ कम्पनी दर्ता, स्थलगत अध्ययनको प्रतिवेदन लुकाएर लेनदेन गरेको, सम्पत्तिको दुरुपयोग गरेको, मन नपरेका कर्मचारीलाई जथाभावी विभाग सरुवा गरेको, विज्ञापनमा पक्षपात गरेकोजस्ता उजुरी परेका छन् । जीवन बिमा, निर्जीबन बिमा कम्पनी दर्ता गर्दा, कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारीसाधन गरिद गर्दा, अत्याधिक जिल्ला भ्रमण गर्दा, कोरोना बिमालेख जारी गर्दा, नीतिगत कार्य नगरी, समितिको विज्ञापन र कर्मचारीको सरुवा, बढुवा, आन्तरिक प्रणाली र संस्थागत सुशासन पालना गर्ने÷गराउने क्रममा आर्थिक हिनामिना गरी अधिकारको दुरुपयोग गरेको उल्लेख छ । अध्यक्ष चापागाईले संस्थागत सुशासन कायम गर्नुपर्नेमा उनले आफू नियुक्ति भएलगत्तै १० वटा जीवन बिमा कम्पनी र ३ वटा निर्जीवन बिमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी मनग्य कमिसन लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । असोज ५ गते अख्तियारमा दर्ता भएको उजुरीमा चापागाईले १३ वटा नयाँ बिमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा सय रुपैयाँ पर्ने प्रमोटर सेयरलाई ११५ रुपैयाँका दरले पैसा उठाएर झन्डै २ अर्ब घोटाला गरेको उल्लेख छ । १० वटा जीवन बिमा कम्पनीलाई इजाजत दिन कम्पनी दर्ता गर्दा प्रतिसेयर १०० रुपैयाँ प्रमोटर सेयर हुनुपर्नेमा ११० र ११५ रुपैयाँसम्म उठाएको र ३ वटा निर्जीबन बिमा कम्पनीलाई इजाजत दिन कम्पनी दर्ता गर्दा प्रमोटर सेयर १०० रुपैयाँ हुनुपर्नेमा ११० र ११५ रुपैयाँ लिएर आर्थिक हिनामिना गरी मनग्य अवैध सम्पत्ति आर्जन गरेको अख्तियारमा दायर गरिएको उजुरीमा उल्लेख छ । तामाकोशी साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *