काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ ।
कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अपनाउन लागिएको हो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा तेस्रोपटक निर्वाचन तालिका संशोधन गरिएको थियो । तर सहमति नजुटेपछि आज बिहानबाट ८ बजेबाट मतदान शुरु गर्ने तयारी गरिएको छ ।
अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा हुँदैछ। देशभरबाट आएका १५०० बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

