अनेरास्ववियुको जारी महाधिवेशनको नेतृत्व चयन आज राती आठ बजेदेखि

विविध समाचार

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान राती ८ बजेदेखि हुने भएको छ ।

निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम संशोधन गर्दै आज राति ८ बजेदेखि २ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरेको हो । निर्वाचन कमिटीले साढे ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्ने जनाएको छ ।

नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा.सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो ।

अनेरास्ववियु यस महाधिवेशनले ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रतिनिधिहरुले अस्वीकार गरेपछि मतदानमा जाने भएको हो ।

डा.सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउन गरिएको प्रस्ताव प्रकाश पौडेल पक्षले अस्वीकार गरेपछि मतदान हुने भएको बताइएको छ ।

अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो ।

महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । यस महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *