भावी राष्ट्रपतिको लागि छिमेकीको इशारा

राजनीति समाचार

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर होमिएको नेपाली कांग्रेस यतिबेला घरनघाटको भएको छ । तत्कालीन पाँचदलीय गठबन्धनमा सामेल दलहरुलाई चुनावमा अमेरिका, भारत र युरोपियन युनियनहरुले. सहयोग गरेको भए तापनि आसातित उपलब्धी हासिल गर्न सकेन । चुनावपछि एकाएक सत्तागठबन्धनमध्येको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्ष दल नेकपा एमालेको सरणमा पुगे ।

त्यसपछि पहिलाको गठबन्धन त्यागेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सरणमा पुगेर आफ्नो नेतृत्वमा सत्तासमिकरण बनाए । सत्तासमिकरण बनाएसँगै प्रचण्ड प्रधानमन्त्री बने । यसरी एकाएक प्रचण्डले गठबन्धन तोडेपछि नेपाली कांग्रेसको निद हराम भएको थियो । त्यसरी गठबन्धन तोडिनुमा छिमेकी मुलुक चीनको हात रहेको बताइन्छ ।

तर, आफूसँग भएको समर्थन र गठबन्धन तोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेर प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत भने कांग्रेसले दियो । कांग्रेसले यसरी किन विश्वासको मत दिएको थियो भने सरकार बनाउने बेलामा एमालेसँग भएको सहमति अनुसार राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिने निर्णय गरेपछि अर्को छिमेकी मुलुक भारतले महत्वपूर्ण दुवै पद एमालेलाई नदिन आग्रह गर्दै कांग्रेसलाई विश्वासको मत दिन वाध्य बनायो ।

कांग्रेसले पनि भारतको सुझाव अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो र आफू पनि सरकारको हिस्सेदार भएको जस लियो । त्यसपछि भावी राष्ट्रपतिको लागि कांग्रेस कसरतमा जुटेको विश्वस्त स्रोतको दावी छ । यो गतिविधिले गर्दा अब बन्ने भावी राष्ट्रपतिमा कुन पार्टीले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी नै छ । अहिले नेपालको राजनीतिमा एकाएक पासा पल्टिएपछि छिमेकी मुलुक भारत–चीनसँगै अमेरिका र युरोपियन मुलुकहरुले पनि चासो राख्दै आएका छन् ।

त्यसमध्येमा पनि भावी राष्ट्रपतिको लागि कुन राजनीतिक पार्टी कतातिर ढल्किने हो र कुन छिमेकी देशले नेपालको कुन राजनीतिक दललाई राष्ट्रपतिको लागि समर्थन गर्ने हो त्यो भने एकिन भइसकेको छैन । भोलि हुने सभामुखको निर्वाचनले यसको संकेत दिने छ ।

त्यसैगरी राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको कस्तो भूमिका रहन्छ सरकारमा सामेल नेकपा एमालाई सहयोग गर्छ कि कांग्रेसलाई गर्छ एकिन छैन । यतातिर तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा भारत भ्रमणमा निस्किएकी छिन् । उनी भारत भ्रमण सकेर फर्किएपछि कस्तो सन्देश आउँछ त्यसपछि भावी राष्ट्रपतिको बाटो खुल्ने छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *