प्रदेश सांसद थापाको कारण ठेकेदारको उठिवास

राजनीति समाचार

काठमाडौं । तत्कालीन राप्रपाबाट नेकपा एमाले प्रवेश गरेका भक्तपुर क्षेत्र नं. २ का किरण थापाले २०७३ सालमा सूर्यविनायक नगरपालिका वडा ८ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी वडा अध्यक्षमा निर्वाचित भए तापनि उनको पेशा भने ठकेदारी प्रथा नै हो । थापाले ठेक्का लिएका अधिकांश ठेक्काका कामहरु अलपत्र अवस्थामा पर्दै आएका छन् ।

उनको हाल सयवटाभन्दा बढी टिप्पर रहेका छन् । त्यसैगरी उनले बालुवाखानी, करसर उद्योग, ढुंगाखानी जस्ता थुप्रै अवैध खानीहरु सञ्चालन गर्दै आएका छन् । उनै थापा गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा नेकपा एमालेबाट बागमती प्रदेश सांसद निर्वाचित भएका छन् । थापा प्रदेश सांसदमा निर्वाचित भए तापनि उनको नालीबेली भने अर्कै छ । हेर्दा उनी शान्त, सरल र मिजासिलो स्वभावको जस्तो देखिएपनि उनको वास्तविक रुप अर्कै छ ।

त्यसकै उदाहरण हो सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा रहेको नगर अस्पताललाई उनकै आसपास क्षेत्रमा लगेर खडा गरी दधिकोटका जनतालाई गुमराहमा पारेका थिए । गत संघ र प्रदेश निर्वाचनमा नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेताले भने किरण थापाकै कारण हार खानुपरेको छ । प्रदेश सांसद निर्वाचित किरण थापाले उक्त चुनावमा आफूलाई प्रदेशमा मात्रै भोट हाल्न आफ्ना कार्यकर्ता र भित्रीया व्यक्तिलाई अराएका थिए ।

उक्त हर्कतको प्रमाण नेकपा एमालेको किल्ला भनेर चिनिने किरण थापाकै क्षेत्र वडा नम्बर ८ बाट महेश बस्नेतलाई कम मतआएको थियो । यति मात्रै होइन, किरण थापाको प्रभाव रहेको वडाहरुबाट प्रदेशमा किरण थापालाई र संघमा नेपाली कांग्रेसका उम्मेदवार दूर्लभ थापालाई अधिकांश मत खसेको थियो । यो भनेको थापा–थापा मिलेर महेश बस्नेलाई हराउने खेलोमेलो रचिएको थियो । उदाहरण स्वरुप सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा र हालका प्रदेश सांसद किरण थापाको भित्री जालझेल चुनावपछि जतातर्त छताछुल्ल भएको छ ।
नेकपा एमालेका कार्यकर्ताहरुले बस्नेतको हार नियोजित रुपमा प्रदेश सांसद किरण थापाले गराएको भन्दै हिड्न थालेका छन् । झिनो मतान्तरले पराजित महेश बस्नेतको मतभार हेर्दा एमालेको पकड क्षेत्रबाट नै कम आएको देखिन्छ । महेश बस्नेतलाई हराउन षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम कार्यकर्ताले सार्वजनिक स्थलमा भन्दै हिड्नु र एमालेको पडक क्षेत्रबाट कम मत खस्नु यसको प्रमाणको रुपमा लिन सकिन्छ । जस्तै सूर्यविनायक नगरपालिका वडा नं. ८, ९, ७, १, ४ लगायतका ठाउँबाट महेश बस्नेतलाई कम मत आएको थियोे ।

त्यति मात्रै होइन भक्तपुरस्थित दधिकोटको गाम्चामा रहेको खानेपानीका अध्यक्ष अनिल श्रेष्ठलाईसमेत पानीको व्यवस्थापन गर्नुभनेर अर्ती दिए पनि त्यतिबेलादेखिको पानीको समस्याको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । थापाले भनेका थिए, ‘१५ देखि २० टिप ग्राबेल पठाइदिन्छु, बाटो सफा हुन्छ, अहिले नै पठाइ दिन्थेँ चुनावी आचारसंहिता लागु भएको छ, कारबाहीमा परिन्छ,’ भन्ने जस्ता आश्वासन दिएर पन्छिएका थिए । यसैकारण दधिकोटका जनता महेश बस्नेतसँग चिडिएका थिए ।

त्यसैगरी सांसद थापा नेपालको चर्चित कम्पनी ‘समानान्तर ग्रुप प्रा.लि.’को शेयरहोल्डरसमेत रहेका छन् । सांसद थापाका कमीकमजोरी धेरै रहे तापनि बाहिर आउन सकेका छैनन् । थापा यस्तै कमीकमजोरी मध्ये एउटा तथ्य बाहिर आएको छ । त्यसैगरी सांसद थापाका छोरा सुमन थापा प्रवन्धनिर्देशक रहेको कम्पनी सौभाग्य निर्माण सेवा प्रा.लि.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७८ मा माटोको टेण्डर पाएको थियो । सौभाग्य निर्माण सेवा प्रा.लि.ले उक्त टेण्डर पाएपछि हर्ष इन्जिनियरिङ कन्ट्रक्सन प्रा.लि.सँग माटो ओसार्ने टिपर भाडामा लिने सम्झौता गरेको थियो ।

उक्त सम्झौताअनुसार प्रत्येक दिन १० वटा टिपर भाडाँमा लिँदै प्रतिटिपरको दैनिक भाडा ११३३०।– (एघार हजार तीन सय तीस रुपैयाँ) का दरले सम्झौता भएको थियो । मासिक रुपमा प्रत्येक गाडीको मर्मत सम्हारका लागि रु १००००।– (दश हजार मात्र) दिने उल्लेख गरिएता पनि सबै ठेक्काको सम्झौताहरु उल्लंघन गर्दै डिजेल, पेट्रोलको भाउ बढेका निहुपारी गाडी त्यसै थन्क्याएर विभिन्न बहानाबाजी गर्दै टार्दै आएका छन् । यस विषयमा बुझ्न ९८५१०८१८७६ नम्बरमा फोन गर्दा फोन नउठाउने गरेका छन् । थापाले उक्त कम्पनीहरुसँग गरेको सम्झौता अनुसार कुनै पनि नियमकानुन पालना गरेका छैनन् ।

थापाले उक्त कम्पनी हर्ष इन्जिनियरिङ कन्ट्रक्सन प्रा.लि. सम्झौता अनुसारको भाडा रु ४० लाख तिर्नुपर्ने देखिन्छ । राजनीतिक आडभरोसा र पैसाको भरमा तिर्नुपर्ने रकम नतिरी झुलाइरहेका छन् । यस सम्झौतामा दोस्रो पक्ष भनेर चिनिने हर्ष इन्जिनियरिङ यण्ड कन्ट्रक्सन प्रा.लि.ले पनि अर्को सप्लायर्स कम्पनीसँग थापाको कम्पनीलाई आवश्यक टिपर भाडामा लिएर दिएको थियो । उक्त सम्झौता अनुसार हर्ष इन्जिनियरिङले भाडामा लिएको टिपरको सम्पूर्ण रकम तिर्न नसक्दा सम्झौता अनुसारको रकम चेकमार्पmत भुक्तानीको लागि दिएको छ ।

यता दिनुपर्ने रकम अनुसारको चेक नसाटिँदा टिपरवालाले हर्ष इन्जिनियरिङलाई चेक बाउन्सको लागि कानुनी प्रक्रियामा जाने तयारी गरेको समाचार प्राप्त भएको छ । उता आशापुरी ट्रेड एण्ड सप्लायर्स प्रा.लि.का प्रवन्ध निर्देशक सुमन थापालाई बारम्बार सम्पर्क गर्न खोज्दा विभिन्न बहाना बनाइ सम्झौता अनुसार पैसा नदिने भन्दै आलटाल गर्दै आएका छन् ।

उता पीडित पक्ष भनेर चिनिने हर्ष इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रा.लि.का प्रवन्ध निर्देशक टिकाराम भण्डारीले उनका पिता सांसद किरण थापालाई ‘तपाईंको छोरा सुमनले सम्झौता अनुसारको रकम दिलाउन आग्रह गरी फोन सम्पर्क गर्दा बुझेर सम्पर्क गर्छु’ भनेर आश्वासन दिएतापनि महिनौंसम्म सम्पर्कमा आएका छैनन् । यसरी महिनौंसम्म सम्पर्कमा नआएपछि पीडित पक्ष हर्ष इन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रा.लि.ले भने न्यायको ढोका ढकढक्याउन जाने तयारीमा रहेको समाचार स्रोतको दावी छ । (तामाकोशी सन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *