डलरखेती गर्नेहरु चम्किन थाले

राजनीति समाचार

काठमाडौं । करिब १८ महिनासम्म बेपत्ता भएका डलरे अभियन्ताहरुले अब काम पाउने भएका छन् । डा.गोविन्द केसीले उठाएको मेडिकल शिक्षा सुधारको काम कांग्रेस सत्तामा हुँदा सफल भयो । अब यिनको आन्दोलन शुरु हुने संकेत माइतिघर मण्डलाको गतिविधिले देखाएको छ । अहिले एमाले निकट मानिएको इन्सेक देखा परेको छैन ।

डलरवादी पत्रकारले चिनिएका कनकमणि दीक्षित पनि चुपचाप छन् । तर डा.गोविन्द केसी, अर्का डलरवादी पत्रकार नारायण वाग्ले, मानवअधिकारवादीहरु मोहना अन्सारी, चरण प्रसाईं, डा.कपिल श्रेष्ठहरु देखिने सम्भावना छ । इन्सेकलाई एमालेको डलर कमाउने अस्त्रको रुपमा लिइन्छ ।

गोविन्द केसीसहितको कांग्रेसी डलरे अभियन्ताहरुले मेडिकल शिक्षा कांग्रेस सत्ताकालमा सुधार भएको देख्छ, निर्मला कुर्मीहरुमाथिको दमन देख्दैन । जब कम्युनिष्ट सत्तामा आउँछन्, त्यो बेला डा.गोविन्द केसी सडकमा आउँछन् ।

कांग्रेसका गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्माहरुले डा.केसीलाई सम्झाउने गरेका छन् । कांग्रेस निकट यस्ता व्यक्तिहरुले डलरको खेती गर्ने मौका पाएका छन् । त्यो मौकालाई माइतिघर मण्डलामा प्रदर्शन गर्ने चलन छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *