भारत दंग, पश्चिमा रमिते

राजनीति

काठमाडौं । यसपटक संवैधानिक पदहरुमा पश्चिमा एजेन्सीले स्थान नपाउने अवस्था छ । एमालेमा सत्ताको लागि दौडधुप गर्ने पश्चिमा टोली घुमाई फिराई राष्ट्रपतिको रिङबाट बाहिर पुगेको कारण नेपाली राजनीतिमा चिनियाँ सक्रियता देखिन्छ । छिमेकी भारतले कांग्रेस, लोसपालाई समेत एमालेको साथमा बनेका ३२ सिटे पार्टी माओवादीका अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिन लगाउनुको कारण नै अस्थिरता सिर्जना गर्नु हो ।

अदालतले कानूनको विश्लेषण ग¥यो, रेशम चौधरी कञ्चनपुर घटनाका सहयात्री होइन, कमाण्डर ठह¥यायो । स्थानीय प्रशासन, सुरक्षा टोली राजनीतिक दलको सहमति तोडेर माला र गुलेली खेलाउने चौधरीको टोलीले गरेको कुरा त्यो बेला प्रत्यक्षदर्शी सशस्त्र प्रहरीका अधिकृतहरु नै बताइरहन्छन् । तर केपी ओली र प्रचण्ड रेशम चौधरी निर्दाेष छन्, हामी छाड्छौं भन्छन् । बोलीले सुदूर प्रदेशको मुख्यमन्त्री चुनिए, सभामुख चुनिएन । भारतले यसमा भूमिका खेलेको देखिन्छ ।

भारत, पश्चिमा चीनको चलखेल नेपालमा बढेको मन पराउँदैन । भारतलाई चक्मा दिन चिनियाँ फ्याक्टरले कम्युनिष्ट एकताको कार्ड फाल्यो । राष्ट्रपति विद्या भण्डारीले त्यही कार्ड देखाएर पार्टी अध्यक्ष केपी ओलीलाई मनाइन । कांग्रेसले प्रचण्डलाई विश्वास गर्दै गर्दा मिनेटमा भत्केको गठबन्धनलाई पुनः भारतीय कार्डबाट जोड्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई उचाल्ने काम भएको छ ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको पासो थापेर राष्ट्रपति र सभामुखमध्ये एक पदमा नेपाली कांगे्रसलाई प्रवेश गराउन गरेको प्रयासमा एमाले सहमत किन हुन्छ ? प्रचण्ड र केपीबिच फाटो ल्याउने खेल भारतीय पक्षबाट खेलिँदैछ । एमालेका डलरवादीहरुलाई समेत तह लगाउने काम राष्ट्रपति निवास र बालकोट दरबारबाट हुँदैछ ।

सुवास नेम्वाङको राष्ट्रपति बन्ने चाहनामा विद्या भण्डारीले चिनियाँ विश्वास प्राप्त डोरमणि पौडेल अगाडि सारेर बार लगाउनु र पृथ्वी सुब्बा गुरुङको सभामुख बन्ने रहरमा सुवास नेम्वाङले झापाली पुराना नेता देवराज घिमिरेको नाम प्रस्तुत गर्नुले पनि एमाले भित्रका जनजाति पश्चिमाबिच भिडन्त देखिन्छ । अध्यक्ष केपी ओलीका अघिपछि हिड्ने विष्णु रिमालहरुलाई समेत अब सजिलो छैन ।

मजदुर संगठनको नाममा श्रमिकको फोटो बेचेर खानेहरुको अवस्था राजनीतिमा कुटनीति छिरेपछि खलबलिएको छ । सेनाले पालेका र सेनाकै निर्देशनमा प्युठानमा कांग्रेसका रोज राणा र एमालेका सूर्य थापाको चुनाव जित्ने गठबन्धनलाई पनि यो उथलपुथलले कहीँ न कहीँ झट्का दिएको हुनुपर्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *