यस्तो जहाज दुर्घटनाको नालीबेली

विविध समाचार

काठमाडौं । भनिन्छ, नेपालको पर्यटन मन्त्रालय नै मन्त्री र सचिवले होइन कि यति एयरलायन्सका दिवंगत सञ्चालक आङछिरिङ शेर्पा र उनका परिवारले चलाउँछन् । नीति नियमहरु उनीहरुकै पक्षपोषण हुने गरी बन्छन् । जसरी अर्थ र नेपाल राष्ट्रबैंकका केही कर्मचारीहरु विनोद चौधरीको ‘पेड’ छन् उसै गरी परराष्ट्र मन्त्रालय, क्यानका केही कर्मचारीहरु शेर्पा समूहबाट मासिक रकम बुझ्ने गरेको आरोप लाग्दै आएको छ ।

यदी होइन भने अहिलेसम्म सबैभन्दा असुरक्षित मानिएको छ यति एयरलायन्स । तर त्यस उपर राज्यले एउटै कारवाही गरेको थाहा छैन । दुर्घटना पछि छानबिन समिति बन्ने र घटना थामपुरी पार्ने विगतको घटनाक्रम यस पटक पनि फेरि दोहोरिएको छ । ७२ जनाको ज्यान जाने गरी आइतबार पोखरामा यति एयरलायन्सको विमान दुर्घटना ग्रस्त भए पछि पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेर जनताको आँखामा छारो हाल्ने काम भएको छ ।

दुर्घटनाको कारण पहिचान गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछानेलाई सदस्यसचिवको जिम्मेवारी तोकेको छ ।

यति एयरलायन्स कति असुरक्षित छ भन्ने बुझ्न पछिल्ला आठ महिनामा दुई ठूला जाहाज दुर्घटनामा पर्नुबाट पनि बुझ्न सकिन्छ । गत जेठ १५ मा पोखराबाट जोमसोमतर्फ गएको विमान मुस्ताङक्षत्रको घासा क्षेत्रको टिटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा २२ जनाले ज्यान गुमाएकोमा आठ महिना पछि पोखरामा यतिकै विमान दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाएका छन् ।

यती एयरलाइन्स अहिलेसम्म तेस्रो पटक दुर्घटनामा परेको छ । हालसम्म १६९ जनाले गुमाए ज्यान गुमाइसकेका छन् । सञ्चालनमा आएपश्चात पहिलो पटक यती एयरलाइन्सको विमान सन् २००१ अप्रिल ५ मा दुर्घटनामा हुँदा यात्रु र चलाक सकुशल थिए । सो को तीन बर्ष पछि २००४ मे २५ मा यती एयरलाइन्सकै विमान सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनामा पर्यो ।

उक्त दुर्घटनामा भने ३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै, सन् २००६ जुन १२ मा जुम्ला विमानस्थलमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । २००६ मै बाजुरामा यति एयरलाइन्सकै विमान पुनः दुर्घटनामा परेको थियो । २००८ अक्टोबर ०८ मा लुक्ला एयरपोर्टमा यती एयरलाइन्सको विमान दुर्घटना परेको थियो ।

उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । त्यसको दुई वर्षपछि फेरि यती एयरलाइन्सअन्तर्गतको तारा एयरको विमान ओखलढुंगा क्षेत्रमा दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाए । त्यस्तै, सन् २०१२ सेप्टेम्बर २१ मा तारा एयरकै विमान डोल्पा क्षेत्रमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भने यात्रु र चालक दल सबै सकुशल रहेका थिए ।

सन् २०१२ पछि सन् २०१६ मा तारा एयरको विमान म्याग्दी क्षेत्रमा दुर्घटनामा परेको थियो । म्याग्दीको दाना क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए । २०२२ मे २९ (गत जेठ)मा मुस्ताङ क्षेत्रमा यति समूहकै तारा एयरको विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।हालै मात्र पोखरामा भएको दुर्घटनामा ६८ यात्रु र ४ चालक दलका सदस्यको निधन भएको छ ।

हालसम्म नेपालमा आन्तरिक उडानतर्फ एकल तथा मल्टि इञ्जिनका सरकारी निकाय र निजी क्षेत्रका विमान गरि कुल ५८ वटा दुर्घटना भएका छन् । यसमध्ये १८.९२ प्रतिशत विमान दुर्घटना भने यती एयरलाइन्सका हवाई जहाजहरुको भएको छ । यती एयरलाइन्स यसबाहेक सांग्रिला एयर २ पटक, नेकोन एयर २ पटक, नेपाल एयरवेजको ४, एभरेष्ट एयर १ पटक, स्काईलाइन एयर २ पटक, समिट एयर २ पटक, मकालु एयरको ३ पटक, गोर्खा एयरलाइन्सको एक पटक, सीता एयर २ पटक, अग्नि एयर २ पटक, कश्मिक एयर एक पटक, काष्ठमण्डप एयरलाइन्स १ पटक र बुध्द एयरको विमान २ पटक दुर्घटनामा परेका छन् ।यती एयर लायन्सले नै अहिले तारा पनि उडाइरहेको छ । यी दुबैका मालिक हुन ल्हाक्पा सोनाम शेर्पा ।

प्रबन्ध निर्देशकका रुपमा चन्दा शेर्पा छिन् भने यती र ताराका उप प्रबन्ध निर्देशक नोर्बु छिरिङ शेर्पा छिन् । यती र तारा एयरलाइन्सका संचालक, व्यवस्थापक कर्मचारी र पाईलट समेत एउटै रहेको समेत भेटिएको छ । यता राज्यले प्लेन चढ्नेहरु विशिष्ठ नागरिक हुन भन्ने देखाउन खोजेको छ । अस्ति भएको जहाज दुर्घटनामा परेर ७२ जनाको मृत्यु हुनु दुखद घटना त हो नै ।

घटना पछि सरकारले यस्ता दुर्घटना हुन नदिन नीति नियम बनाउने र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हो, आकाशमा उँड्ने जहाजÞ मात्र होइन धर्तीमा गुड्ने बस, माईक्रोबस, ट्रक, जीपको प्राविधिक जाँच र सुरक्षामा ध्यान दिनुपर्ने हो । तर यसै गरी जहाज दुर्घटना भए पिच्छे बिदा दिँदै जाने हो भने कस्तो संष्कार बस्ला ? अनि गाडी दुर्घटना हुँदा र सर्वसाधरण मर्दा पनि राज्यले उसैगरी बिदा दिन सक्छ ? यो प्रश्न अहिले जोडका साथ उठ्न थालेको छ । उसो त अस्ति दिइएको सार्वजनिक बिदाको चर्काे आलोचना शुरु भएको छ ।

नहोस पनि किन आमूल परिवर्तन गर्दछु भनेर आएका रविकै गृहको प्रस्तावमा बिदा दिइएको हो । फेरि रवि लामिछनो अमेरिका देखेर, भोगेर फर्किएका मान्छे । उनले अमेरिकाका स्टोरमा काम गर्दा वर्षको कति दिन छुट्टी पाउँथे ? सबवेको मेनेजर हुँदा कति दिन बिदा पाउँथे ? अहिले उनैले गरेको कच्चा निर्णयको चौतर्फी आलोचना भइरहेको छ । मुलुकको हालत यस्तो छ कि सोचे अनुरुप राजश्व उठ्न सकेको छैन ।

पुस मसान्तसम्ममा साढे ६ अर्ब राजश्व असुल्ने लक्ष्य राखिएकोमा ४ अर्ब हाराहारीमा मात्र राजश्व उठेको छ । राजश्व उठाउन जोत्नुपर्ने कर्मचारीलाई उल्टै बिदा दिएर तास खेल्न पठाइएको छ । पर्साको पर्सागढी नगरपालिकाका वडा अध्यक्ष,कर्मचारीहरु अस्ति १ लाख २८ हजार १ सय ४० रुपैयाँको खाल र ४ बुक ताससहित पक्राउ परेका हुन ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *