कोइरीको छानबिन अलपत्र, अनभिज्ञ आयोग

राजनीति समाचार

काठमाडौं । मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सई थमन विकको हत्या आरोप लागेका महोत्तरी १ का सांसद लक्ष्मी महतो कोइरी एमालेको सांसद बनेका छन् । करोडौं हिनामिना गरेको आरोप लागेका टेकबहादुर गुरुङलाई संसद सचिवालयले सांसदबाट निलम्बन गरेको छ । कानूनले भ्रष्टाचार र फौजदारी अपराधमा मुछिएकालाई सांसद बन्नबाट वर्जित गरेको छ । तर कांग्रेसका गुरुङ निलम्बित छन् भने एमालेका कोइरी आजाद छन् ।

कोइरीले सांसदको लोगो भिरेरै सपथ लिए, प्रधानमन्त्रीमा विश्वासको मत पनि दिए । यस विषयमा न त मानव अधिकार आयोगले चासो दियो, न त इन्सेकले । आयोगमा इन्सेकको प्रभाव देख्न सकिन्छ । त्यसैले एमालेका बद्नाम भएको छ । नेपाली कांग्रेसका टेकबहादुर गुरुङले सपथ लिएपछि संसद सचिवालयले निलम्बन ग¥यो ।

तर एमालेका लक्ष्मी कोइरी विश्वासको मत दिन जाँदा गृहमन्त्री रवि लामिछानेसँगै लाइनमा थिए । आन्दोलनका घाइते सई विकलाई उपचार गर्न एम्बुलेन्समा जनकपुर लैजान लाग्दा बाटो छेकेर एम्बुलेन्सबाट निकालेर कुटेरै हत्या गरियो । यो काम लक्ष्मी कोइरी महतोले गरेका थिए ।

माछा बाँडेर चुनाव जितेका लक्ष्मी कोइरी महतोले माओवादीका गिरिराजमणि पोखरेललाई हराएका थिए । एमालेको मानव अधिकारले कोइरीको ज्यादतीलाई देख्न सकेन । आयोग इन्सेकको कठपुतली हो भने कुरा यही घटनाले दर्शाउँछ । विगतमा पनि कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलम र नागरिक उन्मुक्तिका रेशम चौधरी जेलमा भएका कारण निलम्बित भएका थिए । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *