नेपाल प्रहरी संगठनभित्र शक्तिकेन्द्रको चलखेल

प्रशासन समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेको एक महिना पुरा भएको छ । उनी गृहमन्त्री बनेपछि उच्च निकायका प्रहरी अधिकृतहरुलाई सरुवा, बढुवा गर्नुपर्दा योग्यता, क्षमता र रोलक्रमको आधारमा गर्छु कसैको सोर्स, फोर्स र चाकडीमा जानुपर्दैन भन्दै आएका थिए । तर, अहिले गृहमन्त्री रवि र प्रहरीका आइजीपी धिरप्रताप सिंहबीच खटपट सुरु भइसकेको छ । डीआइजी र एसएसपी सरुवा, बढुवा तजबिज अनुसार गर्नु भनेर गृहमन्त्रीले आदेश दिए पनि आइजीपी धिरज प्रताप सिंहले भने त्यो कुरालाई कुनै मतलब गरेका छैनन् ।

त्यति मात्रै होइन गृह सचिव र आइजीपीबीच पनि टसल भएको छ । अहिले डीएसपी र एसएसपीहरुको काज सरुवा गर्नुपर्नेमा त्यो पनि गरिएको छैन । डीएसपी र एसएसपीको काज सरुवा नभएको झन्डै एक वर्षभन्दा बढी भइसकेको छ । ती डीएसपी र एसएसपीहरुको काज सरुवा नहुँदा अधिकांश प्रभाग र वृत्तका डीएसपी र एसएसपीहरु पुर्पुरोमा हात राखेर बसेका छन् । यस्तै अहिले भावी आइजीपी बन्ने खेलमा श्याम ज्ञवाली लागिपरेका छन् । उनीलाई लिलामणि पौडेल र विष्णु पौडेलको साथ रहेको बताइन्छ ।

अहिले सरकारको बागडोर सम्हालेका एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रहरीभित्रको गतिविधि हेर्न शंकर पोखरेललाई जिम्मा दिएको बताइन्छ । यस्तै ओलीका आफन्त पर्ने झापा घर र थापा थर भएका व्यक्तिलाई पनि प्रहरीभित्रको गतिविधि नियाल्न जिम्मेवारी दिएको बुझिन्छ । उता कांग्रेसको आडभरोसामा डीआइजी बनेका वसन्त कुँवर भने यतिबेला गुमनाम जस्तै बनेका छन् ।

त्यस्तै अर्का डीआईजी टेकप्रसाद राई भने मेरो पनि पालो आउने हो कि प्रहरी संगठनभित्र रहेर त्यति भ्रष्टाचार पनि गरेको छुइँन । नेपाल प्रहरी अन्तर्गत रहेर इमानदारपूर्वक काम गरेको छु भनेर आफ्नो प्रचार गरिराखेका छन् । उनीले अख्तियार दूरुपयोग अनुसन्धानका आयुक्त प्रेम राईसँग नजिक रहेको र एमाले अध्यक्ष केपी ओलीसँग पनि नजिक रहेको बताइन्छ । अर्का डीआईजी दीपक थापा प्रहरी हेडक्वाटरमा तत्कालीन आइजीपी र हालका आइजीपीसँग नजिकको सम्बन्ध गाँसेर जतापनि मिल्न सक्ने खुबी भएको गनिन्छन् ।

थापा यतिबेला आइजीपी धिरज सिंहको हर्ताकर्ता भएको स्रोतको दावी छ । यस्तै थापाले एसएसीप हुँदा भरतपुरकी तत्कालीन र हालकी मेयर रेणु दाहाललाई जिताउन सफल भूमिका निर्वाह गरेका थिए । त्यसैको आधारमा पनि प्रधानमन्त्री प्रचण्डलाई गुहारेर भावी आइजीपी बन्ने लाइनमा लागेका छन् । उता डीआइजी अशोक सिंह पनि पटक–पटक विवादमा पर्दै आएको भनाइ छ । उनी आफूलाई ‘सिघम’ भन्न रुचाउनेमा गनिन्छन् । उनी टेकु प्रहरी प्रभागमा बस्दा चेक काण्डको विवादमा मुछिएका थिए ।

त्यसरी चेक काण्डमा परे तापनि कार्यसम्पादन र मूल्यांकन नभएको व्यक्तिलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको आशिर्वादले डीआइजी बन्नमा छलाङ्ग मारेका थिए । यस्तै अहिले प्रहरीका आइजीपी धिरज प्रताप सिंहलाई गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा म्यादी प्रहरीको डे«ेसमा करोडौं घोटला गरेको आरोप लागेपछि सो घोटालाको सम्बन्धमा अख्तियारमा मुद्दासमेत परेको बताइन्छ । उनको उक्त मुद्दा अहिले तामेलीमा राखिएको छ ।

अन्य प्रहरी अधिकृतहरु भने सो मुद्दाको छानविन हुनुप¥यो । यति गम्भीर आरोपको मुद्दालाई किन तामेलीमा राख्नुप¥यो ? भनेर प्रहरी भित्रै चर्को आलोचना भइरहेको छ । यता गृहमन्त्री रवि भने लाचार भएर बसेका छन् । किन कि उनको दुई वटा नागरिकता र दुई वटा पासपोर्ट काण्ड यथावत छ । र, सो काण्डको सर्वोच्चमा आज सुनुवाई हुँदैछ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *