चित्रबहादुर केसी भण्डारफोरमै व्यस्त

समाचार

काठमाडौं । प्रमुख कम्युनिष्ट दलहरु एमाले र माओवादी बिचमा फाटो ल्याएर नेपाली कांग्रेसले त्यसको मजा लिइरहेको छ । संसदमा कांग्रेसकै साथमा रहेका एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले माओवादी र एमालेबिचको भागवण्डा मन पराएका थिएनन् । विगतमा दुई तिहाईको ओली सरकार विघटन गराएर ६३ सिट भएको नेपाली कांग्रेसलाई सिंहदरबार पु¥याएको दिनलाई कांग्रेसले गुण सम्झेको भए अहिलेको स्थिति आउने थिएन ।
एमाले माओवादी बिचमा अहिले पनि एकले अर्कालाई शंकाको दृष्टिले हेरिन्छ । सभामुख, उपसभामुख र राष्ट्रपति छाडेको माओवादीले उपराष्ट्रपति भने छाड्ने अवस्था छैन । किनकि एमालेले सभामुखसहित अर्थ, रक्षा, उद्योग, कृषि, परराष्ट्र, महिला तथा बालबालिका, भूमिसुधार र स्वास्थ्य मन्त्रालय लिएको छ । कम्युनिष्ट दलहरुको खराब प्रवृत्तिको विरोध गर्दै आएका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस सरकारमा हुनुपर्ने दाबी गर्छन ।
आफ्नो भण्डाफोर गर्नेलाई मन नपराउने, आलोचना सुन्न नसक्ने कम्युनिष्टहरुबाट जनताको काम सहज रुपमा हुन सक्दैन । मसालले गठबन्धनमा बसेर प्युठान र बाग्लुङ १ मा उम्मेद्वार खडा गर्दा केसीले चुनाव जितेका हुन् । केसी भन्छन्, ‘सैद्धान्तिक विषयमा चित्त दुखेको भए एमाले र समाजवादी मिल्ने अवस्था हुन्न । सत्ता, स्वार्थ र व्यवहारले टुटेफुटेका बिचमा तत्काल फरकपन भएपनि नीतिगत कटुता हुँदैन । उनीहरु मिल्नु नौलो पनि होइन ।’ तर मसालले भने राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजिविकाको सवालमा एक ढिक्का भएर संसदीय अभ्यासका गलत कार्यको भण्डाफोर गर्ने बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *