बडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहको नेतृत्वमा एकिकरण भएको नेपाल राष्ट्रलाई स्वदेशी तथा विदेशी सत्रुहरुको आक्रमणबाट सुरक्षित बनाउन नेपालका जनजातिहरुको पनि ठुलो योगदान रहेको छ । नेपालको एकिकरण गर्दा बडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहले जाती अनुसारको पल्टन गठन गरी नेपालको एकिकरण गर्ने अभियानमा परिचालन गरेका थिए । खासगरी नेपालको अति बिश्वासिलो जाती मानिएका मगर र गुरुङ्ग जातीको पल्टनले नेपालको एकिकरण अभियानमा बडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहलाई सघाएका थिए । यो बाहेक क्षेत्री र गुरुजीको पल्टनहरु पनि त्यो बेला नै गठन गरिएका थिए । उक्त नेपाल राष्ट्रलाई एकिकरण गर्ने अभियानमा के कती जनजातिहरुको मृत्यू भयो त्यसबारे एकिनका साथ भन्न सकिने तथ्याङ्कहरु नेपालमा छैन । नेपालको ईतिहास लेख्दा त्यस बिषयमा केन्द्रित भएर लेखिएको कुनै ईतिहासिक दास्तवेज भेट्टाएर पढ्न पाईएको छैन । तर पनि ठोकुवाका साथमा भन्न सकिन्छ कि सोअभियानमा नेपालका जनजातिहरु धेरै संख्यामा मारिएका छन ।
नेपाल राष्ट्रको एकिकरण पश्चात पनि जितेको भू–भागलाई सत्रुबाट सुरक्षित तुल्याउन युद्ध लड्दै अगाडी बढेका जनजातिहरुलाई उतै बसोबास गराएका थिए । यसरी युद्ध लड्दै गएका जनजाति पल्टनका सैनिकहरुलाई उतै बसोबास गराएर एकिकरण गरीसकिएको भू–भागलाई सत्रुबाट सदाकालको लागि सुरक्षित तुल्याउने काम भएका थिए । पूर्बी नेपालको वल्लो किंरात, माझ किंरात र पल्लो किंरात सम्म फैलिएका गुरुङ्ग बस्ती त्यसैको परिणाम हुन । जनजातिहरुले यद्ध लड्ने मात्र होईन जात अनुसारको पेशा अपनाएर समाजको सेवा पनि गर्ने गरेका थिए । उदाहरणको लागि जस्तो गरुङ्ग जातीले भेडा पालन गरी राडी पाखी बुनी समाजमा बेच्ने गर्दै आएका थिए । आज सम्म पनि केही गुरुङ्ग जाती सोही पेशा अपनाएर आफ्नो जीविका चलाईरहेका नै छन् । नेपालका जनजातिलाई संसारले नै बहादुर र बिश्वासिलो जाती मानेका छन । अहिले पनि विश्वसिलो मान्छे खोज्नु परेमा गुरुङ्ग, मगरकै नाम पहिले लिन्छन ।
यस्तो पहिचान जनजातिले त्यसै सजिलै बनाएका भने होइन । नेपालको एकिकरणमा लागेका बडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाह अतिनै दुरदर्शी राजा थिए । त्यसैले उक्त समयमा भारतको कव्जागरी बसेका ईस्ट ईन्डिया कंपनीका अग्रेजहरु देखि नेपाल राष्ट्रलाई जोगाउन कै निमिक्त एकिकरण अभियानलाई जोड दिएका थिए । भारतमा कुण्डली मारी बसेको अंग्रेजबाट नेपालको एकिकरण अभियानमा बाँधा पुग्ने देखि सके पछि त्यसको प्रतिकार गर्नको लागि नेपालले पनि आफ्नो तयारी गौंडागौंडामा सैनिक गढी बनाएर राखेका थिए । काठमान्डौ माथि आक्रमण गर्न सबै भन्दा नजिक सिन्धुली गढी तिरबाट हुने देखेपछि अंग्रेजको सेनाले त्यतैबाट आक्रमण सुरु गरेका थिए । तर नेपालीको तयारी पनि कम थिएन त्यसैले आक्रमणकारी अग्रेजी सेनाले त्यो युद्धमा ठुलो हार खानु पर्यो । करिब ६५० अंग्रेजी सेनाको ज्यान गएपछि बाँकी अंग्रेजी सेना ज्यान जोगाउँदै भागेका थिए । उक्त युद्धमा नेपाली पल्टनको नेतृत्व गर्ने कमाण्डर पनि जनजातिका गुरुङ्ग नै थिए ।
यो युद्धमा ठुलो हार व्यहोरेपछि अंग्रेजी कमाण्डारको मनमा नेपालीलाई बलले जित्न नसकिने रहेछ भन्ने छाप नै पर्न गयो । त्यस पछि मात्रै अंग्रेजले आफ्नो नेपाललाई हेर्ने नीति नै परिवार्तन गरी कूटिल चालहरु चाल्न थालेका हुन । यो युद्धको बयान गरिएको पुस्तकहरु अहिले पनि बेलायतको प्रख्यात बिश्वविध्यालय अक्सफोर्डको पुस्तकालयमा पाईन्छ । जसमा कसरी सानो ब्लेडधारी ४ फुटे नेपाली सेनाले ६ फुटे अग्रेजको सेनालाई टाउको देखि कण्डेलो सम्म एकै छप्कामा दूईफ्याक पारे भन्न बर्णन लेखेका छन । खुकुरी भनी नचिनेका अंग्रेजले नेपाली सेनाको खुकुरीलाई उक्त लेखमा सानो ब्लेड भनेका छन । नेपालीको त्यस्तो बहादुरी देखे पछि अंग्रेजले आफ्नो ईस्ट ईन्डिया कम्पनीको सेनामा पनि गोर्खा पल्टन भर्ना गर्ने तारतम्य मिलाएका थिए र सोचलन अझ सम्म पनि कायम नै रहेको छ । अंग्रेजी हुकुमतले भारतलाई स्वतन्त्र बनाएर जाने बेलामा केही गोर्खा पल्टन आफ्नो साथमा लगेका थिए भने केहीलाई भारतमा नै छाडेका थिए । उक्त गोर्खा पल्टनहरुमा नयाँ भर्ती लिंदा अझसम्म पनि जनजातिलाई नै बिशेष ग्राह्याता दिने नीति कायम नै छन् ।
नेपालका जनजातिहरु बिभिन्न बिषयमा संसार भर नै प्रख्यात छन । जस्तो शेर्पाजाती हिमाल चढ्नको लागि संसार भर प्रख्यात भएका छन भने गुरुङ्ग, मगर, राई, लिम्बु,आदि बहादुर भनी संसार भर नै कहलिएका छन । नेपालको जनजातिहरु बिश्वासिलो र ईमान्दार भनी संसारका सबैले मानेकाछन । अहिले नेपालबाट जनजातिहरु धमाधम विदेश तिर पलायन हुन थालेका छन । खासगरी भारतिय र ब्रिटिश गोर्खा सैनिकहरुका सन्तानहरु उतै बसोबास गर्ने क्रम ह्बात्तै बढेको छ । नेपालको गाउँघरहरु यति बेला धामाधम सुनसान बन्दै गएको अवस्था छ । उहिले गाउँघरमा सडक पानी बिजुलीको व्यवस्था नहुदा पनि जनजातिहरु दुःखै उठाएर भएपनि गाउँमा नै बस्न रुचाउँथे भने अब उक्त सबै सुबिधा भएर पनि गाउँघर सुन्य नै पारी जनजातिका सन्तानहरु विदेश पलायन हुने क्रम बढेकोबढेकै छ । यस्तो हुनुमा जनजातिको राष्ट्र प्रेम वा राष्ट्रियतामा कमी आएर नभई नेपालमा रोजगारीको अवसर कम भएकाले नै हो भनिन्छ । सोझो सिधा जालझेल गर्न केही नजानेका जनजातिहरुलाई नेपालमा बसेर गुजारा चलाउनका लागि पनि निकै कठिन भईसकेको छ । नेपाल सरकारले आम नेपाली नागरिकलाई दिने सुबिधाहरु लिनकै लागि पनि घुष खुवाउदै हिड्नु पर्ने बाध्यता अहिले नेपालमा छ ।
बोल्नेको पीठो पनि बिक्ने तर नबोल्ने चामल पनि नबिक्ने हालत नेपालमा बिद्धमान छ । यसरी हैरान भएका जनजातिहरु स्थापित प्रणाली र मान्यता अनुसार चल्ने बिकसित विदेशी मुलुकमा पुगेर आनन्द सित बस्न पाएका छन । जता पनि कामै गरी खाने भएकाले नेपालमा अनेक सरकारी झमेला व्यहोरेर बस्नु भन्दा विदेश पलायन हुने विकल्पलाई नै ग्राह्यता दिएका छन । बडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहको नेतृत्वमा नेपालको एकिकरण गर्दा जनजातिले उहाँलाई राजीखुशीले नै साथसहयोग दिएका थिए । नेपालको एकिकरण भएपछि पनि नेपालको रक्षा र पालनको लागि जनजातिहरुले बिभिन्न पेश अपनाएर दिलोज्यानले नै सहयोग गरेका हुन । तर आज आएर उनैका सन्तानहरुले नेपालमा आफ्नो भविष्य सुरक्षित देख्न सकीरहेको छैन । त्यहि भएकाले नेपालबाट जनजातिहरुको सन्तान विदेशी बिकसित मुलुक तिर पलायन हुने क्रम बढेको हो । नेपालमा आउनै लागेको आर्थिक संकटले झनै नेपालको स्थिति भयबह हुने देखिएको छ । नेपाली नागरिकले डोरीको पाँसो लगाए मर्ने गरेको फाटफुट बिगतमा पनि सुन्ने गरेकोमा अब कुरा त्यतिमा मात्रै सीमित भएको छैन । केही दिन अगाडि मात्रै एक नेपाली नागरिकले आत्मदाह नै गरी आफ्नै हत्या गर्न बाध्य भएकाछन । यस्ता घटना नेपाल भरी धेरै नै भएका होलान जसले समचारको रुपमा स्थान पाउनै सकेको छैन । तर अस्तिको आत्मदाह गरेको घटना झै राजधानीको मुटु, त्यो पनि संघिय संसद अगाडि नै भएको हुँदा समचारको रुपमा निकै चर्चा पाएको छ । त्यो काण्डले नेपाल राष्ट्रको संसार भरमा नै ठुलो वेईज्जती भईसकेको छ ।
यस्तो घटना हुनुमा नेपालमा हाल चलेको क्रोनी पुँजीवादी राजनीतिक व्यवस्था नै जिम्मेवार छ । नेपालमा आफ्नो सन्तानको भविष्य राम्रो हुने संभावना नदेखेपछि जनजातिहरुले विदेशमा आफ्नो सन्तानको राम्रो भविष्य खोज्न थालेका छन । फलस्वरुप गाउँ नै सुन्य पार्दै पूर्व गोर्खा सैनिकका परिवारहरु ब्रिटेन तिर लागेका छन । नेपालमा भ्रष्टाचार र आर्थिक अपराध झनै बढेको हुँदा आगामी दिनमा नेपालको अवस्थामा कुनै सुधार नआउने देखिन्छ । अहिले नेपालमा चलेको राजनीतिक व्यवस्था अनुसार केही सीमित व्यक्तिहरुलाई मात्रै फाईदा छ भने पहुँच नभएका बहुसंख्यक व्यक्तिहरुको जीवन बाँच्नको लागि संघर्ष गर्दागर्दै बित्ने गरेको छ । अब नेपालमा दलका नेताहरुको नेतादार पर्ने वा चिनेकाहरुले मात्रै टिक्न सक्ने हुँदा अन्यले झन बिचल्ली भएर बाँच्न तयार रहनुपर्छ । नेपालमा अहिले चलेको संघियता, लोकतन्त्र र गणतन्त्र सबैको लागि बराबारी छैन । दलमा लागेकाहरुको दुबै हातमा लड्डु छ भने नलागेकाहरु सबै खालीहात नै छन । राज्यले दिएको सुबिधा लिनकै लागि मात्र पनि दलका नेताहरु चिन्नै पर्ने र उहाँहरुको सिफारिस बिना पात पनि नहल्लिने अवस्थाले नेपालका जनजातिहरु अप्ठेरोमा परेकाछन । नेपालको एकिकरण पछि राष्ट्रको रक्षा र पालनमा महत्वपूर्ण भूमिका निभाएका जनजातिहरुको दुरावस्थाको निराकरण बेलैमा खोजिएन भने राष्ट्रको संकट घट्ने होइन झन बढ्ने छ ।