काठमाडौं । यतिखेर सरकारी र प्राइभेट बैंकहरु मर्जर हुने र गाभ्ने÷गाभिने प्रचलन बढेको छ । कतिपय आफू ठूला भनेर सञ्चालित प्राइभेट बैंकहरु धमाधम मर्जर भएका छन् । बाँकी रहेका वाणिज्य तथा विकास बैंकहरु पनि अझै मर्जर हुने र गाभ्ने÷गाभिने तरखरमा रहेका छन् । यसरी गाभ्ने, गाभिने र मर्जर हुने कारणले अब नेपालका वाणिज्य बैंकहरुको संख्या १८, १९ मा सीमित हुने देखिन्छ ।
प्राइभेट रुपमा सञ्चालित ठूलो वाणिज्य बैंक भनेर आफूलाई दावी गरिरहेका नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक, एासीसी बैंक, सेञ्चुरी कर्मशीयल बैंक, बैंक अफ काठमाण्डूजस्ता वाणिज्य बैंक, सिभिल बैंक, हिमालय बैंक र नेपाल बंगलादेश बैंकहरु पनि मर्जर भएका छन् । आफूलाई ठूलो वाणिज्य बैंक भनेर दावी गर्ने यी बैंकहरुले पछिल्लो समय खर्च धान्नै समस्या भएपछि मर्जर र बिलयको बाटो रोजेका हुन् ।
यतिखेर प्राइभेट रुपमा सञ्चालित बैंकहरुले खराब कर्जा प्रवाह गरेका कारण धरासायी बन्दै गएपछि गाभ्ने, गाभिने र मर्जरको बाटो रोज्दै आएका छन् । ती बैंकहरुले ५ देखि ७ प्रतिशत ब्याजमा ऋण लगानी गरेका थिए । पछिल्लो समय नेपालमा आर्थिक मन्दी आएपछि कतिपय ऋणीहरुले किस्ता पनि समयमा तिर्न नसकेर भौतारिँदै हिडिरहेका बेला ऋणीहरुले बैंकको किस्ता तिर्न नसेपछि बैंकहरुले ती ऋणीहरुसँग १२ देखि १४ प्रतिशत ब्याज असुली रहेका छन् ।
कतिपय बैंकहरुले खोलाको बगर, पाखो बारी र बाँदर लड्ने भीरको लालपूर्जा धितोमा राखेर दिएको कर्जा असुल्न नसकेपछि ती बैंकहरु टाट पल्टिँदै गएका थिए । यसरी ऋण प्रवाह गर्दा चिनजान, आफन्त, साथीभाइ र कमिसनको चलखेलमा कमसल धितो राखेका बैंकहरुले ऋण प्रवाह गर्नु जस्ता कारण टाट पल्टिने र आर्थिक भार थेग्नै नसक्ने अवस्थामा पुगेपछि मर्जर भएका हुन् । टाट पल्टिनबाट बच्नको लागि नेपाल राष्ट्र बैंकले यस्ता बैंकहरुलाई मर्जरको बाटो खोलिदिएको थियो ।
त्यसस्तै सरकारी स्वामित्वमा रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पनि दिनदिनै धरासायी अवस्थातिर उन्मुख हुँदै छन् । यसरी लामो समयदेखि सरकारी स्वामित्वमा चलेका बैंकहरु पनि पछिल्लो समय धरासायी हुँदै जानुमा कमसल धितो मूल्यांकनमा कर्जा प्रवाह गर्नु । कमसल धितो राखेर लिएका ऋणको ऋणीले बेलामा कर्जा नतिर्दा धितोबाट असुल उपर नहुनु ।
कर्मचारीको सेवा, सुविधा बढ्नु, कमिसनको चक्करमा धितो मूल्यांकन नगरी जथाभावी ऋण प्रवाह गर्नु, राजनीतिक दबाब र प्रभावका कारण ओभर स्टाफ राख्नु, बैंक कर्मचारीहरुलाई घर, जग्गा किन्न र लगानी गर्न जथाभावी ऋण दिनु, बैंकका सिइओ र शाखा प्रमुखहरुलाई अत्याधिक मात्रामा सेवासुविधा दिनु, बिना काम ओभर टाइम र अन्य सुविधाहरु लिनु, गाडी, मोटर साइकिलगायत बिलासिताका सामानहरुमा फजुल खर्च गर्नु जस्ता कारण प्रमुख रहेका छन् । (तामाकोशीसन्देशबाट)