नेपालका अधिकांश वेबसाइट असुरक्षित

विविध समाचार

काठमाडौं । पछिल्लो समय नेपालमा सरकारी वेबसाइटसमेत ‘ह्याक’ हुने गरेका थुप्रै उदाहरणहरु छन् । कतिपय सरकारी कार्यालयदेखि गैरसरकारी संघसंस्थाहरुमा समेत सर्भर डाउन हुने गरेका घटनाले महत्वपूर्ण कामहरु ठप्प हुने गरेका छन् । यसले गर्दा सुरक्षिा निकायलाई पनि असर पर्ने गरेको देखिन्छ । यसरी सुरक्षाका दृष्टिले सम्वेदनशील ठाउँमा सर्भरहरु ह्याक हुने र डाउन हुने कारणले गर्दा कतिपय सरकारी गोप्य सूचनासमेत बाहिरिने गरेका छन् ।

तर, सरकारले भने यसबारेमा ध्यान दिने गरेको पाइँदैन । त्योसँगसँगै यस्ता सर्भर डाउन गराउनेमा कतिपय वेबसाइड बनाउनेहरुको समेत हात रहेको पाइन्छ । कतिपय सर्भर बनाउनेहरुले पासपोर्ट लिक गराइ वेबसाइट बन्द गराइ पैसा असुल्ने गरेको धन्दा पनि पछिल्लो समय फस्टाएको छ । यस्तो हुनुमा वेबसाइड बनाउने प्राविधिकहरुको कमीकमजोरी र लापरबाहीले गर्दा उपभोक्तालाई मार पर्ने गरेको छ । प्राविधिकहरुको यस्ता त्रिलयाकलापले अनलाइन सेवाहरु प्रभावित हुने गरेका छन् ।

त्यसैगरी महत्वपूर्ण सरकारी कार्यालयमा सर्भर डाउन हुँदा कतिपय सम्वेदनशील कामहरुमा असर पर्ने गरेको छ । सर्भर जस्तो महत्वपूर्ण विषयमा सरकार र सम्बन्धित निकायले खासै ध्यान दिने गरेको छैन । त्योसँगै अधिकांश सरकारी कर्मचारीहरुले त्यसलाई बहाना बनाएर काम नगर्ने र सेवाग्राहीलाई दुःख दिनेसम्मको काम गर्दै आएका छन् ।

सरकारी अफिसमा कर्मचारीलाई काम गर्न अल्छि लाग्नासाथ सर्भर डाउन भएको छ, अहिले काम हुँदैन भोलि आउनुहोस् भनेर सेवाग्राहीलाई अलमलमा पारेर दुःख दिने काम पनि भएका छन् । सर्भर डाउन हुने र नचल्ने निहुँमा असार मसान्त र पुस मसान्तका बेला कर कार्यालयका कर्मचारी र कम्पनी रजिष्ट्रारका कर्मचारीहरुको दशै आउने गर्दछ ।

त्यस्तै अहिले मालपोत कार्यालय, नापी विभाग र यातायात व्यवस्था विभागका कार्यालयदेखि अन्य निकायमा समेत सर्भर डाउनको निहु पारेर सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरिन्छ । यस्तो निहुमा दुःख दिनको लागि उनीहरु आज सर्भर डाउन छ । भोलि आउनुहोस् भन्ने यहाँबाट काम हुँदैन अन्तै ठाउँमा काम गर्नुपर्छ यति खर्च हुन्छ भनेर सेवाग्राहीलाई ठग्ने काम पनि भइरहेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *