राज्यको प्रतिष्ठित व्यक्तिको धज्जी उडाउँदै डलर खेती गर्दै

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिको अवस्थालाई हेरेर अहिले सामाजिक सञ्जालमा भए÷नभएका टिकाटिप्पणी बढेर गइरहेको छ । त्योसगैँ सामाजिक सञ्जालमा राजनीतिक दलका ठुलठूला नेताहरुको फोटोलाई बङ्ग्याए अथवा कार्टुन बनाएर सामाजिक सञ्जालमा पोष्ट गरी भ्रामक प्रचारप्रसार गरिन्छ । सो फोटो पोष्टसँगै विभिन्न राजनीतिक दलक शीर्ष नेताहरुको टिकटक समेत बनाएर बद्नाम गराउने काम सामाजिक सञ्जालबाट भइरहेको छ ।

सामाजिक सञ्जालले गर्दा आफ्ने घर–परिवार, नातागोता, स्टमित्रदेखि लब्धप्रतिष्ठित व्यक्तिहरुको व्यक्तित्वमा समेत नकरात्मक असर पर्न थालेको छ । त्यसकारण पनि सामाजिक सञ्जालप्रति ठुला राजनीतिक दलका नेता, बुद्धिजीवी, प्राध्यापक र सूचना तथा सञ्चार मन्त्रालयले समन्वय गरी केहि कानूनहरुको उचित कानूनी कारबाहीको व्यवस्था गर्दा हुन्छ कि भन्ने भनाइ आमजनसमुदायहरुले गर्न थालेका छन् । सामाजिक सञ्जालबाट यतिखेर अधिकांश क्षेत्र आक्रन्त बनेको छ ।

कतिपय मानिसहरु आफ्नो काम कर्तव्य बिर्सिएर सामाजिक सञ्जालमा नतमस्तक भइरहेका छन् । त्यतिमात्र होइन, सामाजिक सञ्जालले गर्दा कतिपयको घरबार जोडिएको छ भने कतिको घरबार बिग्रिएर उठिबास लागेको छ । अहिले, शहरका घनाबस्तीदेखि दुर्गम गाउँ, टोल र वस्तीसम्म सामाजिक सञ्जालको प्रभावले असुरक्षित बन्दै गएको छ ।

त्यसमा पनि अधिकांश सरकारी, गैरसरकारी र संघसंस्थाका कर्मचारीहरु, नेता, कार्यकर्ता, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सवारी चालक, सहचालक, सुरक्षा निकायका अधिकारीदेखि सामान्य कर्मचारीहरु र विभिन्न पेशा व्यवसाय गर्नेदेखि घर, परिवारका अन्य सदस्यहरुसम्म यतिबेला सामाजिक सञ्जालमा आउने उतपट्याङ्ग खालका दृश्य, अदृश्य रुपमा नकारात्मक भिडियो र फोटो पोष्ट गरी समाजमा अफवाह फैलाउने काम गरिरहेका छन् ।

त्यसकारण पनि अहिले राजनीतिक दल, राष्ट्र प्रमुखदेखि प्रधान न्यायाधीश, प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकाय प्रमख र विभिन्न सरकारी कार्यालयका प्रशासक प्रमुखसम्मको धज्जी उडाउने काम ती सामाजिक सञ्जालले गर्ने गरेका छन् । यसरी सामाजिक सञ्जाल फेसबुक, टुइटर, टिकटक र युबटुब नाममा सञ्चालित सामाजिक सञ्जालले राज्यको सिस्टममाथि नै धावा बोल्ने र राज्यका प्रतिष्ठित व्यक्तिहरुको चरित्र हत्या गर्नेसम्मको हर्कत गरी जनमानसमा नकारात्मक सन्देश फैलाइने काम गरिरहेका छन् ।

यसरी राज्यका लब्धप्रतिष्ठित व्यक्तिहरुको धज्जी उडाउँदै भिउज बढाउने र डलर खेती गर्ने काम सामाजिक सञ्जालबाट भइरहँदा सम्बन्धित नियकाले ध्यान नदिएर चुपचाप बसेको अवस्था छ । यसरी सामाजिक सञ्जालको प्रभाव खुलमखुला रहिरहने हो भने नेपाली समाजको अवस्था कस्तो हुन्छ यो भने हेर्न बाँकी नै छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *