नेपाल टेलिकममा सुनिल र विकल पौडेलको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । नेपालमा प्रविधि क्षेत्र छिट्टै विकसित हुँदै गएतापनि सो क्षेत्रमा विचौलियाहरुले पनि खेल्दै आएका छन् । प्रविधि क्षेत्रमा विचौलिया सँगसँगै विकल पौडेलको ठूलो हात रहेको छ । उनले गर्दा नेपाल टेलिकमसमेत अहिले धरापमा परेको छ । किन कि विकल पौडेलका भाइ नाता पर्ने सुनिल पौडेलले नेपाल टेलिकम डुवाउँदै छन् ।

उनले इन्टरनेट ब्याण्ड स्वीच ७ डलेरमा किन्दा ५ वर्ष म्याद थप गरेको पाइन्छ । सोही इन्टरनेट ब्याण्ड स्वीच एनसेलले भने ४ डलरमा किन्दै आएको छ । नेपाल टेलिकमले भने ७ डलरमा किनेर संस्थालाई डुबाउने काम गरेको छ । त्यो पनि बिना टेण्डर सोझै किन्ने गरेको र करोडौं घोटाला भएको बताइन्छ । यस कार्यले नेपाल टेलिकमलाई करोडौं घाटा भइरहेको छ ।

साथै अख्तियार दूरुपयोग अनुसन्धानको लिखित निर्देशन विपरीत पुरानो बिलिङ्ग मेसिन प्रयोग गरी ठूलो रकम हिनामिना गरिएको छ । यसरी पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेको बिलिङ्ग मेसिनलाई फेरि ४ वर्षको लागि नविकरण गरी करिव २० करोड रुपैयाँ नेपाल टेलिकमका जिम्मेवार कर्मचारीहरुकोे मिलेमतोमा हिनामिना भएको छ । त्यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने मुकदर्शक जस्तै बनेर बसेको छ ।

टेलिकममा आउनु अगाडि सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को सीईओ थिए । त्यसबेला उनले विभिन्न सरकारी कार्यालयहरुमा सर्बर जडान गर्ने नाममा कमसल खालको उपकरणहरु प्रयोग गरी अर्बौं कमिसन खाने गरेका थिए । उनी अहिले सर्बर जडानमा ख्यातिप्राप्त व्यक्ति भनेर चिनिने गर्दछन् । उनले बेलाबखत सर्वर डाउन गराउने र डाटा लिक गराउने काम पनि गर्दै आएको बताइन्छ । सर्बर जडानमा पनि उनले कमसल उपकरणहरु जडान गरी कमिसन खाएका थुप्रै उदाहरणहरु छन् ।

त्यसैगरी केही हप्ता अगाडि साइबर ‘ह्याक’ हुँदा अध्यागमन विभाग नै तहसनहस भएको थियो । केन्द्रको साइबर ‘ह्याक’ हुँदा हेटौंडाको डाटा रिकभर सेन्टरले काम गर्नुपर्नेमा सो नगर्दा अधिकांश सरकारी कार्यालयका वेबसाइटहरु बन्द भएका थिए । त्यसबेला अध्यागमन विभागको वेबसाइट झन्डै ४ घण्टा ठप्प भएको थियो । यसैगरी अहिले टेलिकमका प्रवन्ध निर्देशक रहेका सुनिल पौडेल र विकल पौडेलको मिलेमतोमा टेलिकमलाई डुबाउने काम भइरहेको छ ।

उनीहरुले नेपाल टेलिकमको फ्रिक्वान्सी र सर्बर बनाउने नाममा भ्रष्टाचार गरी कमाएको पैसा विदेशी बैंकमा थन्क्याएको समेत विशेष स्रोत तामाकोशी सन्देशलाई बताएको छ । नेपालमा अधिकांश भ्रष्टाचारको समाचार आएतापनि कायान्वयन भएको छैन। र अख्तियारले पनि त्यस्ता भ्रष्टाचारीलाई कारबाही गर्न सकेको छैन। गरिहालेतापनि आँखामा छारो हाल्नेमात्र काम गरिरहेकोे छ । त्यस्तै, अहिले नेपाल टेलिकमभित्रको भ्रष्टाचारको छानबीन कसले गर्ने हो भनेर कर्मचारीहरु बरबराउन थालेका छन् ।

टेलिकम यतिखेर धरायसी बन्दै गएको छ । तर नेपाल टेलिकमको शेयरमा टेलिकमकै कर्मचारीहरुकै बढी शेयर रहेको छ । तर, ती कर्मचराीहरुले भन्ने गरेका छन्, टेलिकम घाटामा गएपछि हाम्रो शेयर पनि गुम्नेअवस्थामा पुगेको बताउन थालेका छन् । त्यस्तै, तत्कालीन टेलिकमकी कामिनी राजभण्डारीले फाइबर बिछ्याउँने नाममा ८ अर्ब को कामलाई १८ अर्ब मा पु¥याएर घाटा लगाएकी थिइन् । त्यो भ्रष्टचारासमबन्धी मुद्दा अख्तियारमा विचारधिन अवस्थामा रहेको बताइन्छ ।

हालका प्रबन्ध निर्देशक सुनिल पौडलले पनि टेलिकमलाई डुबाउँदै आएका छन् । पौडेलले टेलिकममा नियम नभएको नियम लगाएर करौँडौँ भ्रष्टाचार गर्दै आएका छन् । यसैगरी टेलिकम प्रबन्ध निर्देशक सुनिल पौडेलको समाचार तामाकोशीसन्देशले बर्ष १२ अंक १९ पुस २० गते सप्रेषण गरेको थियो । सो समाचार तामाकोशी सन्देशमा प्रकाशित भएपछि टेलिकमभित्र हल्लिखल्लि मच्चिएको थियो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *