तत्कालीन श्रम मन्त्री अर्यालको सपना चक्नाचुर

राजनीति समाचार

काठमाडौं । नेपालमा राजनीतिक दलको कारणले भएका उद्योग धन्दाहरु पनि ठप्प भएका छन् । नयाँ उद्योग, धन्दा सञ्चालन गर्नेतिर कुनै नेता, मन्त्रीको ध्यान गएको छैन । त्यसरी विभिन्न पार्टीको राजनीतिक खिचातानीले गर्दा लामो समयदेखि नेपालमा स्थिर सरकार बन्न सकेको छैन । केही दलको मिलेमतो बनेको सरकार पनि ४१ महिना नबित्दै भताभुङ्ग भएको थियो । त्यसपछि बनेको गठबन्धनको सरकारले कुनै पनि ठोस कामको योजना र खाका ल्याउन सकेको थिएन र छैन ।

यतिखेर नेपालमा उद्योग धन्दा ठप्प भएपछि रोजगारीको सिलसिलामा अधिकांश नेपालीहरु विदेशिनु परेको छ । तर, अहिले बनेको गठबन्धन सरकारभित्र रहेका श्रम तथा रोजगार मन्त्री डोलपसाद अर्यालले वैदेशिक रोजगारलाई प्राथमिकता दिएका थिए । उनले नेपालमा उद्योग, धन्दा खोलेर नेपाली युवालाई रोजगारीको व्यवस्था गर्नुपर्नेमा उल्टै वैदेशिक रोजगारीलाई बढावा दिने काम गरेका हुन् ।

त्यसरी वैदेशिक रोजगारीलाई प्राथमिकता दिने सिलसिलामा यतिबेला नेपालीलाई रोजगार दाता मुलुकमध्ये मलेसियाका गृहमन्त्री सैफुदिन नासुन गत बिहीवार नेपाल आएका थिए । नासुनले आफ्नो देशको लागि नेपालका कामदारदेखि अन्य मुलुकहरुबाट पनि कामदार लैजाने योजना बनाएका थिए । उनी आफ्नो देशको उद्योग, धन्दा तथा कृषि उत्पादनको लागि कामदार आवश्यक परेकाले नेपाल आएका थिए । गत बिहिवार नेपाल आएका मलेसियाका गृहमन्त्री दुईदिने नेपाल भ्रमण गरेर शनिबार स्वदेश फर्किएका छन् ।

यतिबेला नेपालमा वैदेशिक रोजगार क्षेत्रमा मेनपावर सञ्चालन गरेका अथवा त्यस क्षेत्रको मार्केटिङ गरेका व्यक्ति श्रम तथा वैदेशिक मन्त्री बनेका थिए । विदेशी मन्त्रीहरु पनि कामदारको लागि नेपालमा आउन थालेका छन् । त्यसको गतिलो उदाहरण हुन् तत्कालीन श्रम तथा वैदेशिक रोजगार मन्त्री टेकबहादुर गुरुङ । उनी आफू श्रममन्त्री भएको बेलामा विभिन्न देशका खाडी मुुलुकमा रोजगारीको लागि नेपाली पठाउनका मन्त्री गुरुङ पनि विभिन्न खाडी मुलुकमा गएर रोजगारीको लागि हारगुहार गर्ने गरेका थिए ।

त्यसै कामबाट मन्त्री गुरुङले सात पुस्तालाई पुग्ने सम्पत्ति पनि आर्जन गरेको आरोप वैदेशिक रोजागर व्यवसायीले लगाउने गरेका छन् । अहिले पनि वैदेशिक रोजगार क्षेत्रकै मार्केटिङ म्यानेजर डोलप्रसाद अर्याल श्रम तथा रोजगारी मन्त्री बनेपछि विदेशी मन्त्रीदेखि एजेन्टसम्म नेपाल आएर आफ्नो देशमा कामदार लान खोजिरहेका छन् ।

यसले के देखाउँछ भने वैदेशिक रोजगरी क्षेत्रमा नेपाली एजेन्ड र खाडी मुलुकका एजेन्डहरु मिलेर ठूलो मात्रामा कमिसन खाने र नेपाली कामदार लगेर भनेजस्तो तलब, सुविधा नदिइ अलपत्र पार्ने गरेका छन् । त्यस्तै म्यानपावर कम्पनीहरुले पनि विदेशी एजेन्टहरुलाई अग्रिम करोडौं रुपैया कमिसन दिने र कम पारिश्रमिकमा नेपाली कामदार विदेश पठाउने काम गरिँदै आएको छ । त्यस्तै खाडी मुलुकबाट आउने एजेन्डहरुलाई नेपालका मेनपावर कम्पनी र एजेन्टहरुले महंगा होटेलमा राख्ने र सुरासुन्दरीहरुको समेत व्यवस्था गर्ने गरेको पाइन्छ ।

त्यसमा पनि खाडी मुलुकबाट आउने एजेन्टहरुले नयाँ मोडलका मोबाइलहरु युवतीहरुलाई कोसेली स्वरुप ल्याइदिने र नेपाली युवतीहरुलाई हाउसकिपिङ र घरमा बालबच्चादेखि वृद्धवृद्धाहरुको स्याहारसुसार गर्ने नाममा पठाइने गरिन्छ । त्यसरी रोजगारीका लागि खाडी मुलुक गएका नेपाली युवातीहरुले रोजगारदाताले भनेअनुसारको काम नमानेमा त्यसै अलपत्र पार्ने र बेपत्ता बनाउनेसम्मको काम गरिँदै आएको पाइन्छ ।

यसरी वैदेशिक रोजगारीमा गएका अधिकांश युवतीहरु अवैध रुपमा गर्भधारण गरेर नेपाल आउने र उनीहरुबाट जन्मिएका बालबच्चाको नागरिकतासमेत नबन्ने र ती बालबच्चाहरु बिचल्नीमा पर्ने गरेका थुप्रै उदाहरणहरु सर्वविदितै छन् । तर यतिखेर रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री श्रम तथा रोजगा मन्त्री बनेका डोलप्रसाद अर्यालले मन्त्री पदबाट राजिनामा दिएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *