रविको गृहमन्त्री पद गएपछि प्रहरीमा खुसीयाली

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिले निकासा नपाउँदा जताततै भद्रगोल भएको छ । यस्तै, गृहमन्त्री रवि लामिछानेलाई नागरिकता र पासपोर्ट काण्ड लागेपछि रविको गृहमन्त्री पद गएको छ । अहिले सो गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैँले समाल्दै आएका छन् । तर,प्रधानमन्त्रीले गृह मन्त्रालय सम्हालेता पनि प्रहरीभित्र विकृतिको चाँङहरु थुप्रिएका थुप्रैछन् ।

नेपाल प्रहरीभित्र यस्ता विकृतिको चाङ त अहिलेदेखि होइन, परापूर्वकालदेखि नै थुप्रिदैँ आएको थियो । अहिलेपनि प्रहरीको नेतृत्व नै कमजोर भएपछि संगठन चलायमान भएको छैन । हालका आइजीपी धिरज प्रताप सिंहको अवकाश चैत्र महिनामा हुदैँ छ । त्यसपछि नेपाल प्रहरीको आइजीपी को बन्छ भन्ने यकिन छैन । भावी आइज ीपीको लागि नेपाल प्रहरीका डिआइजीहरु एआइजी बनेर आइजीपी बन्नको लागि न्वारनदेखिको बल निकालेर शक्तिकेन्द्र धाउन थालेका छन् ।

गृहमन्त्री को बन्ने हो ? र कुन पार्टीबाट बन्ने हो ? त्यसमा भर पर्ने छ । त्यस्तै, भारत सरकारले नेपाल प्रहरीलाई प्रहरी एकेडेमी बनाउन दिने भनेको सहयोगको बारेमा पनि प्रहरीले पहल गर्न सकेको छैन । त्यसमा तत्कालीन आइजीपीदेखि हालका आइजीपी धिरज प्रताप सिंहले समेत पहल गरेको पाइँदैन । नेपाल प्रहरीले एकेडेमी भवन निर्माण गर्नलाई ठेक्का पनि लगाइसकेको बताइन्छ । सो भवन निर्माणको ठेक्काको पैसा कसले परिपूर्ति गर्ने हो यकिन भइसकेको छैन ।

भारत सरकारले केहि रकम उपलब्ध गराएको भनाइ छ । त्यसमा पनि कति पैसा भारत सरकारले दियो यकिन छैन । कति दिनुपर्ने हो त्यो पनि जानकारी छैन । भारत सरकारले प्रहरी एकेडेमी बनाउन दिने भनेको सहयोग पनि बर्षौ भइसकेको छ । त्यो सहयोग अहिलेसम्म प्राप्त भएको पाइदैन । भारत सरकारले कहिले दिने हो त्यो पनि यकिन छैन । एकेडेमी बनाउन भनेर काभे्रको पनौतीमा आठ सय बाइस रोपनी जग्गा प्रहरीले अधिकरण गरेको छ ।

त्यस्तै, नेपाल प्रहरीका डिआइजीहरु प्रदेशमा सरुवा भएपछि ती डिआइजीहरुले असन्तुष्टी पोख्न थालेका छन् । प्रहरी प्रशासनभित्र सरुवा बडुवादेखि पैसाको लेनदेन हुने गरेको छ । क्षमता र योग्यता भएका प्रहरीहरुलाई सधैँ बाहिपास गर्ने गरिन्छ । कतिपय प्रहरीहरुले नेपाल प्रहरीमा जागिर खाएर अब काम छैन, राजीनामा दिएर हिड्नुपर्ने भएको बताउन थालेका छन् । नेपाल प्रहरीलाई भन्ने बेलामा सक्षम् सुरक्षम् गच्छ्यामी भनेर जहाँ प्रहरी त्यहाँ सुरक्षा भन्ने नारा लगाएता पनि त्यो भने नेपाल प्रहरीमा लागू भएको छैन ।

नेपाल प्रहरी संगठनभित्र रासन खरिद काण्ड, कपडा खरिद काण्ड, जुत्ता खरिड काण्ड, मिसन खरिद काण्ड जस्ता काण्डहरुमा उच्च प्रहरीहरु मुछिदै आएका छन् । तर ती मुछिएका भ्रष्ट प्रहरीहरुलाई अख्तियारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । उच्च प्रहरीहरुले भ्रष्टाचार गरी पुस्तौ पुस्तालाई पुग्ने सम्पत्ति आर्जन गरेको आरोप प्रहरीहरुले लगाउने गरेका छन् । नेपाल प्रहरीेमा जुनसुकै आइजीपी बनेपनि संगठनलाई चलायमान र पारदर्शिताको काम गरेर देखाउन सकेका छैन ।

नेपाल प्रहरीभित्र जतिपनि आइजीपी भएका थिए ती सबैै आइजीपी विवादितमा मुछिएर अवकाश पाउने गरेका छन् । अहिलेका आइजीपी धिरज प्रताप सिंह पनि विभिन्न काण्डमा मुछिएका छन् । कहिले गृह सचिव र आइजीपीको बोलचाल नै बन्द, कहिले गृहमन्त्रीलाई सहयोग नगरेर मनमुटाव भएको बताइन्छ । गत मंसिर ४ गते संघ र प्रदेश निर्वाचनमा म्याग्दी प्रहरीको जुत्ता र कपडा खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । र सो समाचार तामाकोशी सन्देशले गत हप्ता सम्प्रेषण गरेको थियो ।

सो मुद्दा अहिले प्रधानमन्त्री प्रचण्डले अख्तियारका प्रमुख प्रेमकुमार राईलाई म्याग्दी प्रहरीको जुत्ता र कपडामा खरिदको छानबीन अगाडी नबढाउन उर्दी जारी गरेपछि त्यो भ्रष्टाचारको मुद्दा त्यसै लुकाइएको बताइन्छ । तत्कालीन गृहमन्त्री रवि लामिछानेले गृहमन्त्री सम्हालेपछि रविलाई असफल बनाउने खेलमा आइजीपी धिरज प्रताप सिंह र गृह सचिव लागि परेको बताइन्छ ।

तर, रविको गृहमन्त्रीबाट पद गएपछि अहिले यतिखेर नेपाल प्रहरीका आइजीपी, एआइजी, डिआइजीहरु खुसी मनाउँदै छन् । र केहि पत्रकारहरुलाई बोलाएर दारुपानीको समेत व्यवस्था गरेको विशस्त सुत्रले बताएको छ । यसैगरी नेपाल प्रहरीमा अहिले बडुवा र सरुवा हुनको लागि विभिन्न राजनीतिक दल निकट नेता र मन्त्रीहरुलाई रिजाउन प्रहरीहरु लागि परेका छन् । जागिरको सेवा अवधि पनि बढाउनको लागि भित्री रुपमा खेलोफड्को प्रहरीहरुले गर्दै आएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *