काठमाडौं महानगरपालिकाको निर्दशन अवज्ञा गर्दै नर्भिक अस्पताल

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले काठमाडौं महानगरपालिकाको निर्देशनको अवज्ञा गरेको छ । महानगरपालिकाले सोमबार पत्र काट्दै सरकारसंग भएका सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएका संरचना हटाउन भनेकोमा जवाफमा अस्पतालले नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै अहिले तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरेका छन् । मिश्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा बताएका हुन् ।  तत्कालिन सरकारको तर्फबाट भूमि सुधार अधिकारीले हस्ताक्षर गरेर आफूलाई उक्त जग्गा दिएको दाबी मिश्रको रहेको छ ।

सोमबार महानगर अन्तर्गतको सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले लिजमा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले नगर प्रमुखको आदेशअनुसार २४ घण्टाभित्र हटाउन सूचना जारी गरेको थियो ।

२४ घण्टाभित्र उक्त संरच्ना नहटाए कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको थियो । जवाफमा अस्पतालले सयौं बिरामीहरु क्रिटिकल अवस्थामा रहेको भन्दै तत्काल भत्काउन नसक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *