मार्सी कान्छो लम्कँदै

राजनीति समाचार

काठमाडौं । आवश्यकताअनुसार राजनीतिक रंग बदल्ने एमालेको केन्द्ीय सदस्यसम्म भएका झापाका दुर्गा प्रसाईं अर्थात मार्सी कान्छाले ग्लोबल आईएमई बैंकबाट स्वीकृत भएको ७५ करोड ऋण आफ्नै कारण नपाउने भएका छन् । बैंकहरुको लगानीमा चलेका उद्योगहरुलाई ब्याज चर्काे भयो भन्दै कालो ब्यानर राखेर आन्दोलनको झल्को दिएका व्यापारीहरु मार्सी कान्छाको देशव्यापी अभियानमा सहभागी छैनन् । विरोध भने जारी राखेका छन् ।

मनपरी बोल्ने दुर्गा प्रसाईं पहिले माओवादी थिए । केपी ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर उनी चर्चामा आएका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि त्यतै लागेर पार्टीको नवौं महाधिवेशनमा टिके केन्द्रीय सदस्य भएका दुर्गाको दोस्रो योजना न्यायिक क्षेत्रको भ्रष्टाचारविरुद्ध झण्डाफोर गर्ने हो ।

अहिले दुर्गाको लगानीको अस्पताल (झापा) ले चिकित्सा शिक्षा आयोगले तोकेको परिधि पुरा नगर्दा त्यसले सम्बन्धन पाएको छैन । त्यसको सम्बन्धका निम्ति आयोगका अध्यक्ष कृष्ण गिरीले ६ करोड माग्यो भन्ने झुटो आरोप लगाएका मार्सी कानछालाई बैंकहरुले समेत पत्याउन छाडेका छन् ।

एमाले अध्यक्ष केपी ओलीलाई वा भनेर केन्द्रीय सदस्य लिने नविना लामाहरुसमेत अलपत्र परेको बेला दुर्गा प्रसाईंले नेकपा एसले एक सिट पनि जित्दैन, जित्यो भने मेरो सम्पत्ति जसले नेकपा एसले चुनाव जित्छ भन्छ उसैलाई दिन्छु भनेर भाषण समेत गरेका थिए । तर राष्ट्रिय पार्टी नबने पनि नेकपा एसले १० जना सांसद प्रत्यक्ष जित्यो । समानुपातिकमा थ्रेसहोल्ड नकटाउँदा राष्ट्रिय पार्टी बन्न भने सकेन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *