विदेशी लगानीका बैंकले कालाकर्तुत लुकाउन शक्तिकेन्द्र पाल्दै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नेपालमा च्याउसरी खोलिएका बैंकहरु यतिखेर मर्जर भइरहेका छन् । कतिपय विकास बैंकहरु पनि मर्जरमा जाने तरखरमा छन् । तर, अधिकांश मानिसहरुले उद्योगधन्दा सञ्चालन र घर बनाउन र जग्गा किन्नको लागि बैंकबाट ऋण लिने गरेका छन् । त्यसमा पनि घर, जग्गा बन्दकी राख्ने गरेका छन् । बन्दकी राखेबमोजिम बैंकहरुले धितो मुल्याङ्कन गर्दा चार करोड पर्ने घर या जग्गाको मुल्य भने एकदेखि डेढ करोडसम्ममा तोक्ने गरेका छन् । तर, सो ऋण पनि एकुमष्ठ दिने गरेको पाइँदैन् ।

त्यही पनि किस्ताकिस्ता गरी बैंकले ऋणीहरुलाई ऋण दिने गरेका छन् । तर, अधिकांश ऋणीहरुले बैंकको ऋण समयमा तिर्न नसकेपछि बारम्बार ताकेता गर्ने गरेका छन् । ब्याजको स्याँज जोड्दै लिएको ऋणभन्दा चार गुण बढाएर धितो लिलामीको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्ने गर्दछन् । त्यति मात्रै होइन, ती ऋणीहरुको परिवारका तीन पुस्तासम्मको नाम धितो लिलामीमा प्रकाशित गर्ने गरिन्छ । ऋणीहरुसँग बैंकका कर्मचारीहरुले सूचना निकाल्ने र लिलामी निकाल्ने गरेका छन् ।

यसरी बैंकहरुले घर, जग्गा चलनचल्तीको मूल्यभन्दा थोरैमा लिलामीको सूचना प्रकाशित गरेपछि कतिपय ऋणीहरुले आत्महत्यासम्म गर्ने गरेका घटनाहरु थुपै्र छन् । त्यतिमात्रै होइन, ती ऋणीहरुको परिवार, श्रीमती, नाबालक छोराछोरीसमेतको उठिबास लगाउने काम बैंकहरुले गरेका छन् । बैंकहरुले ऋण लगानी गर्दा अधिकांश ऋणीलाई धितो मूल्याङ्कन गर्दा विभिन्न बिचौलिया मिलेर कमिसन खाने गरेका छन् । त्यसकारण पनि अधिकांश ऋणीले आफ्नो भएभरको जायजेथा गुमाएर सकडमा भौतिरिँदै हिडँ्नु परेको अवस्था छ ।

अहिले विदेशीको इसारामा खोलिएका स्ट्यान्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक र एसबीआई बैंक भने विदेशीहरुले सञ्चालन गरेका छन् । त्यसमध्येमा पनि अहिले सबैभन्दा चर्चित र ठूलो मात्रामा विज्ञापन गर्ने एनआईसी एसिया बैंक पनि पर्र्ने गरेको छ । सो बैंक चाहीं मारवाडीहरुले सञ्चालन गरेका छन् । ती बैंकहरुले अधिकांश नेपालका धनमानीहरुलाई ऋण दिने गरेको पाइन्छ । सो ऋण पनि ती धनीमनीहरुले समयमा तिर्न नसकेर उठिबास लाग्ने गरेको भुक्तभोगीहरुले बताउने गरेका छन् ।

विदेशीले सञ्चालन गरेको एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंकहरुले अधिकांश राजनीतिक दलका वरिष्ठ नेता, प्रहरीका उच्च अधिकारी, सिआईंबीका उच्च अधिकारी, कर्मचारी र ठूला मिडियाका सम्पादकहरुलाई बैंकहरुले आफ्ना कालाकर्तुत लुकाउनका लागि ऋण दिने गरेको पाइन्छ । त्यस्ता बैंकहरुले ठूला मिडियाका सम्पादकलाई ऋण दिने मात्रै होइन तालिम भत्ताको नाममा खामबन्दी रकम पनि दिने गर्दछन् ।

ती सम्पादकहरुलाई तालिम भक्ता मात्रै नभएर खामबन्दीसँगै, चाडबाँडमा महंगा रक्सीसँगै व्यक्तिगत खर्चसम्म यी बैंकहरुले दिने गरेका छन् । त्यतिमात्र होइन्, नेपाल प्रहरीका उच्च अधिकारी, सशस्त्र प्रहरीका उच्च अधिकारी जस्तालाई समेत तालिम भक्ताको नाममा खामबन्दी रकम दिने गरेका छन् । तालिम भक्ता र पैसा दिएबापत बैंकहरुले गरेका कालाकर्तुतको बारेमा यी निकायहरुले छानविनसमेत गरेको पाइँदैन । बैंकहरुका यस्ता क्रियाकलापको जालमा परेर बैंकरहरुको विरुद्ध उजुरी परेपनि कारबाहीको दायरामा ल्याउन सक्दैनन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *