सत्र भाइ डीआईजीमध्ये कस–कसले मार्लान् एआईजीमा बाजी

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएसँगै गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैले सम्हाल्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफैले सम्हालेपछि गृहसचिवको खोजी गर्न थालेका छन् । प्रधानमन्त्रीलाई विश्वास दिलाउने गृहसचिव भने अहिलेसम्म फेला पार्न सकेका छैनन् । हालका गृहसचिव तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्णले बनाएका हुन् ।

तर, अहिले गृहमन्त्री र आइजीपीको टसलसँगै भावी एआईजी कसलाई बनाउने भनेर पनि एकिन भइसकेको छैन । त्यसैगरी हालका आईजीपी धिरजप्रताप सिंहको पनि जागिरे अवधि आगामी चैत १० गते सकिँदै छ । अहिले नेपाल प्रहरीभित्र पाँच जना एआईजी पद परिपूर्ति गर्नुपर्ने छ । त्यसकारण पनि अहिले एआईजी म हुन्छु भनेर अशोक सिंह, तेजप्रसाद राई, वशन्त कुँवर, दीपक थापा, श्याम ज्ञवाली एआईजी हुने लाइनमा छन् । यी पाँच जना डीआईजीहरु विभिन्न राजनीतिक दलका शक्तिकेन्द्रदेखि विचौलियाहरुलाई प्रयोग गर्न थालेका छन् ।

त्यस्तै डीआइजीबाट एआइजीमा बढुवा हुनको लागि पनि मरिमेटेर लाग्नेहरु यस प्रकार रहेका छन् । त्यसमा किरण बज्राचार्य, सन्दीप भण्डारी, निरा चौधरी, उमेशराज जोशी, रामदत्त जोशी, पोशराज पोखरेल, बुद्धिराज गुरुङ, दूर्गा सिहं, किरण राना, सन्दीप गिरी, टेकबहादुर तामाङ र भीम ढकाललगायतका डीआईजीहरु एआईजी बन्ने लाइनमा न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । यिनीहरु एआईजीमा बढुवा भएपछि स्वतः भावी आईजीपीमा प्रतिस्पर्धा गर्ने बाटो खुला हुने छ ।

तर, सरकारले भने १७ भाइ डिआईजी मध्येमा क–कसलाई एआईजीमा बढुवा गर्ने हो त्यो भने अहिलेसम्म एकिन भइसकेको छैन । उता नेपाल प्रहरीभित्र अहिलेका डीआईजी अशोक सिंह र गृहसचिव नाताले दाजुभाइ पर्ने भएकाले पनि लोकसेवा आयोगले मान्यता दिने देखिँदैन । तर, सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि सरकारको रफ्तार हेर्दा कतिबेला ढल्ने हो कसैलाई थाहा छैन ।

उता प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भन्न थालेका छन्, ‘यो गठबन्धन फागुन १० भित्रै भत्किने र पुरानै अवस्थाको गठबन्धन बन्ने छ ।’ तर, राजनीतिक दलहरुको कारणले अहिले नेपाल प्रहरीभित्रको भद्रगोल कसले नियन्त्रण गर्ने हो त्यसको एकिन नहुँदा नेपाल प्रहरीले गरेको कामको राम्रो जस पाएको छैन । विभिन्न घटनाक्रममा अपजसको भागिदार नेपाल प्रहरी बन्दै आएको छ । त्यसमा प्रहरी पनि के कम उनीहरुलाई पैसा र पावर भए जे पनि गर्न तयार हुन्छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *