नेपाल राष्ट्रको एकिकरणमा नेवारहरुको भूमिका

समाचार

सबैलाई जानकारी भएकै बिषय हो नेपाल राष्ट्रको एकिकरण श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहको नेतृत्वमा भएको हो । तर उहाँको त्यो अभियानलाई मूर्त बनाउन नेपालका बिभिन्न जातजातीहरुले पनि महत्वपूर्ण योगदान गरेका छन । त्यसैको लागि आभार व्यक्त गर्दै श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहले नेपाल राष्ट्रलाई चार जात छत्तिस वर्णको फूलबारी भनी घोषणा गरेका थिए । नेवारी सामुदाय काठमान्डौका मूल बासी भएको हुँदा नेपाल एकिकरणको बिपक्षमा युद्ध लडेका थिए । तर पनि काठमान्डौ उपत्यका भित्र पर्ने तीन साना राज्यहरुलाई जितीसकेपछि श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहले यहाँका बसिन्दा नेवारहरुलाई छुटपुट घटना बाहेक सबैलाई आम माफी दिएर साँस्कृतिक यबम सामाजिक एकिकरणलाई पनि जोड दिएका थिए । किर्तीपुरेहरु सितको युद्धमा आफ्ना सेनाको महत्वपूर्ण कमाण्डर काजी कालु पाण्डे मारिएको हुँदा श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाह रिसाएर किर्तीपुरेहरुकुको नाक काटेका थिए भन्ने कुरा ईतिहासमा उल्लेख गरेको पाईन्छ । वास्तवमा त्यो घटना रिसको झोकमा भएको तर सैनिक बाहेक आम नागरिकको नाक काटिएको थिएन । त्यो बेला आम जनता नै सेनाको रुपमा लड्ने भएको हुँदा धेरैको नाक काटिएको पनि हुन सक्ने संभावना भने छ ।

श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाह बडो दुरदर्शी राजा भएको हुँदा उहाँलाई नेपाल राष्ट्रलाई आथिक हिसाबले पनि एकिकरण गर्नको निमिक्त नेवार सामुदायको साथ सहयोग चाहिने महशुस भयो । काठमान्डौ खाल्डोका नेवारहरु व्यापार व्यवसाय बढाउन निःपुण भएको हुँदा राष्ट्रको आर्थिक उन्नतीको लागि नेवारहरुको योगदान महत्वपूर्ण हुने कुराको महसुस श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहलाई तुरुन्तै भयो । फलस्वरुप उहाँले काठमान्डौको नेवारहरुलाई व्यापार व्यवसाय बढाउन हेतु प्रेरित गर्दै आफ्नो कव्जामा आएका भू–भागहरुमा खटाएर पठाउने बन्दोवस्त मिलाएका थिए । महत्वपूर्ण प्रशासनिक केन्द्रहरु जस्तो पूर्वमा चौतारा, दोलखा, रामेछाप, ओखलढुंगा, भोजपुर, चैनपुर, धनकुटा , ईलाम आदि र पश्चिममा बन्दीपुर, बागलुङ, बेनी, तानसेन, पाल्पा, प्यूठान, दैलेख, डोटी, डडेलधुरा, बझाङ, वैतडी आदिमा काठमान्डौका नेवारहरु व्यापार व्यवसाय बढाउँदै पुगेका थिए । अहिले पनि उक्त ठाउँहरुमा काठमाण्डौबाट व्यापार व्यवसाय गर्दै पुगेका नेवारहरुको वस्ती धेरै छन । काठमान्डौका नेवारहरुले नेपाल भित्र मात्र होइन नेपाल बाहिर बिदेशमा पनि व्यापार व्यवसायलाई बढाउँदै लगेका थिए । भारतको दार्जलिङ सिक्किम हुँदै भोटको राजधानी ल्हासा सम्म पनि काठमान्डौका नेवारहरुले आफ्नो व्यापार व्यवसायलाई बढाएका थिए । नेवारहरु नेपालको मौलिक व्यापारी व्यवसायीहरु हुन । नेपालको राष्ट्रिय उद्योगीहरुमा भाजुरत्न, मणिहर्ष, रुप ज्योती, वैद्य, जुद्ध बहादुर श्रेष्ठ आदिको नाम ठुलो छ । उहाँहरु सबै काठमाण्डौ उपत्यका भित्रका नेवारी सामुदायबाट आएका व्यापारी व्यवसायीहरु नै हुन । अहिले आएर नेपालको उद्योग, व्यापार र व्यवसायमा बिदेशी मुलका उद्योगी व्यापारीहरुको ठुलो बोलाबाला छ । खेतान, गोल्छा, केडिया, चौधरी समूह आदि बिदेशी मुलका नेपाली उद्योगीहरु हुन् ।

नेपाली मुलकै उद्योगी, व्यापारी र व्यवसयीहरु अहिले बिदेशी मुलका उद्योगी, व्यापारी र व्यवसयीहरुको तुलनामा धेरै पछाडि परीसकेका छन । नेपालको निर्यात व्यापार आयात व्यापारको तुलनामा धेरै गुणाले कम भएको हुँदा नेपालको व्यापार घाटा अत्याधिक बढेको छ । राष्ट्रको व्यापार घाटा घटाउनको लागि निर्यात व्यापारलाई बढाउनु पर्ने हुन्छ । निर्यात व्यापार बढाउनको लागि औद्योगिक उत्पादन बढाउन जोड दिनु पर्ने हुन्छ । नेपालमा अहिले खुलेका उद्योगहरु धेरै रिफिलिङ, रिप्याकिङ वा एसेम्बलिङ प्रकारका छन जसको लगि पार्टपुर्जा र कच्चा पदार्थ बिदेशी मुद्रा खर्च गरी बिदेशबाट नै आयात गरिन्छ । वैदेशिक रोजगारीबाट प्रतिमहिना नेपाललाई प्राप्त हुने बिदेशी मुद्रा एक खरबको हाराहारीमा भएतापनि त्यो सबै आयात व्यापारमा खर्च गर्दा पनि त्यसले पुगेको छैन । अपुग बिदेशी मुद्रा बिदेशी ऋण वा अनुदान सहायताबाट पुरा गरिदै आएको छ । नेपाल राष्ट्रको सामु व्यापार घाटा कम गर्नको लागि अब आयात घटाउदै लाने वा निर्यात बढाउदै लानु पर्ने बाध्यता छ । नेपालको अर्थतन्त्रको यस्तो हालत भएको बेलामा त्यसलाई सम्हाल्न राष्ट्रिय उद्योगपतिहरु व्यापारीहरु र व्यवसायीहरुको ठुलो हात हुन्छ । तर नेपालमा गैरराष्ट्रिय उद्योगपतिहरु, व्यापारीहरु र व्यवसायीहरु कै ज्यादा बोलाबाला रहेको हुँदा नेपालको अर्थतन्त्र झन खराबबाट महाखराब बन्दै गएको छ । दलहरुको राजनीतिक नेतृत्व श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहको जस्तो दुरदर्शिता भएको नहुँदा उल्टै धमिलो पानीमा माछा मार्न पल्केका गैरराष्ट्रिय उद्योगपतिहरु, व्यापारीहरु र व्यवसायीहरुलाई नै बढबा दिएका छन । आयात घटाउन नै नमिल्ने गरी आयात घटाएमा राज्यको राजस्व समेत घट्ने अर्थयन्त्रको निर्माण नेपालका दलहरुले नेपालमा गरेका छन । आयात व्यापारलाई बढाबा हुने गरी पुरै नेपाल भर डिपार्टमेण्टल स्टोर्सहरु खोल्ने अनुमति दिएका छन ।

आयात घटाएमा त्यस्ता व्यापारीहरु र व्यवसायीहरु प्रभावित हुने हुँदा दलका नेताहरुले आयात घटाउन चाहेमा पनि नघटाउनको लागि दबाबमा पर्ने निश्चित नै छ । दलका नेताहरुले श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहको दिव्य उपदेशहरु पढेका नै रहेनछन त्यसैले नेपालको आर्थतन्त्रलाई बिदेशीको पोल्टामा फालीदिएका छन । दलका नेताहरुले आम नेपाली नागरिकको लागि रोजागरी दिन वैदेशिक रोजगार नीति अपनाएका छन भने आम नेपाली नागरिकको दैनिक भान्सा चलाउनको लागि बिदेशबाट आयात गर्ने नीतिलाई जोड दिएका छन । त्यहि भएको हुँदा पहिले आत्मनिर्भर रहेको मुलुक नेपाल अहिले पूर्णरुपले परनिर्भर मुलुक बनीसकेको अवस्था छ । बिदेशीले ऋण अनुदान दिएर सहयोग नगरेमा र खाद्यसमाग्रीको आपूर्ति रोकेमा अब नेपाली जनताको भातभान्सा ठप्पै हुनेगरी नचल्ने भईसकेको अवस्था नेपालमा कायम छ । श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाह दलका नेताहरु जस्तो मूर्ख थिएन । त्यसकारण एकिकरण गरीसकिएको सरजमिनहरुलाई आत्मनिर्भर बनाउनको लागि काठमान्डौका नेवारहरुलाई व्यापार व्यवसाय गर्नको निमिक्त प्रोत्सहान दिएका थिए । साथै भविष्य सम्म पनि नेपाल राष्ट्र आत्मनिर्भर मुलुक नै रहिरहोस भन्ने महान उद्देश्यले नीति सहितको दिव्य उपदेशहरुको आदेश जारी गर्नु भएको थियो । काठमाण्डौको नेवार सामुदायले पनि राष्ट्रिय उद्योगपति, व्यपारीको र व्यवसायीको रुप मुलक भरी छरिएर नेपालको अर्थतन्त्रलाई मजबुत तुल्याउन धेरै मेहनत गरेका थिए । उहाँहरुले नेपाल भित्र मात्र होइन नेपाल बाहिर पनि पुगेर नेपालको बाणिज्य दुत झै दिनरात खटेर व्यापार व्यवसाय गरी नेपालको बिशालता, महानता र उज्वलतालाई बढाएका थिए । अहिले नेपालमा त्यस्ता राष्ट्रिय उद्योगपतिहरु, व्यापारीहरु र व्यवसायीहरुले प्रोत्सहन नपाएको हुँदा सबै हराएका बिलाएका झै भएका छन । कतिले आफ्नो पुरानो व्यवसायलाई त्यागेर बिदेशिएका छन भने केहीले आफ्नो भएका व्यापार व्यवसायहरु बनदगरी चुपचाप सित राम्रो अवस्था नेपालमा आउँछ कि भन्दै कुर्दै बसेका छन ।

अहिले नेपालमा सक्रिय रहेका गैरराष्ट्रवादी उद्योगपतिहरु, व्यापारीहरु र व्यवसायीहरु रुपमा उद्योगपति, व्यापारी र व्यवसायी जस्तो देखिए पनि सारमा उहाँहरु वेग्लै छन । उहाँहरुले नेपालको फितलो आर्थिक कानुन र भ्रष्ट निजामति कर्मचारीहरुलाई प्रभावमा पारी राजस्व छलेर नै अकुत कमाउने धन्दा नेपालमा चलाएका छन । यदि नेपालको आर्थिक अवस्थालाई मजबुत बनाउने हो भने श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहले जस्तै राष्ट्रवादी उद्योगीहरु, व्यापारीहरु र व्यवसायीहरुलाई बढवा दिने नीति राज्यले ल्याउनु पर्छ । नेपालको आर्थिक नियम कानुनको छिद्र खोजी त्यसैका आडमा अकुत कमाएर उद्योगपति, व्यापारी र व्यवसायी बनेकाहरुलाई कडा कार्यबाही गरी नेपालमा चल्दै आएको आर्थिक अराजकताको स्थितिलाई समाप्त गरीहाल्नु पर्छ । यथार्थमा नेपालको राजनीतिक एकिकरण श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहको नेतृत्वमा भएको हो । तापनि नेपाल राष्ट्रको सबै भूगोललाई आर्थिक हिसाबले एकिकरण गरेको भने काठमान्डौका नेवार व्यापारीहरुले नै हुन । नेपालको अर्थतन्त्रलाई मजबुत बनाएर श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहको एकिकरण अभियानलाई दीगो बनाउने भूमिका काठामाण्डौका नेवार जातीहरुले खेलेका छन । अहिले नेपालमा आउन लागेको आर्थिक संकट दलका नेताहरुको गलत आर्थिक नीतिहरुको नै परिणाम हो भने त्यसको समाधान उक्त गलत नीतिहरु सुधारेमा स्वतः हुने निश्चित नै छ । नेपालको दलका नेताहरु सुध्रिनु पर्छ अनिमात्र उनीहरुले बिगतमा लिएका गलत आर्थिक नीतिहरुलाई सुधार्ने काम गर्न सकिन्छ । यदि दलहरु नसुध्रिने र उनीहरुले बिगतमा लिएका गलत आर्थिक नीतिहरुलाई नसुधार्ने हो भने नेपालको आर्थिक संकट झन गहिरिदै जाने हुँदा नेपाली जनताले व्यवस्था, नेताहरु र नेतृत्व कै विकल्प खोजी हाल्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *