नेपाल प्रहरीभित्र एआईजी बन्नेको लफडा

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र ५८ बर्ष उमेर हद बढाउने भनेर लागेका नेपाल प्रहरीका आइजीपी धीरज प्रताप सिंहको सपना चक्नाचुर भएको छ । अहिले आइजीपी धीरजले ५८ बर्ष उमेर हद बढाउन प्रधानमन्त्री प्रचण्डसँग सिफारिस लिएर जाँदा प्रचण्डले उमेर हदको विषयमा नबोल्न र विवादमा नपार्न सुझाव दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने, “तपाई विवादमा परिरहनु भएको छ, मलाई पनि विवादमा पार्ने काम नगर्नु” भन्दै अहिले भइरहेका डिआईजी मध्येबाट एआईजी बनाउनको लागि कार्यक्षमता, दक्षता र अनुभव भएको व्यक्तिलाई एआईजी बढुवाको लागि सिफारिस लिएर आउनु भनेर सुझाव दिएका थिए ।

तर, आइजीपी धीरज प्रताप सिंहले आफ्नो उमेर हद ५८ बर्ष नढाएको कारण डिआईजीबाट एआईजी बढुवाको लागि सिफारिस गरेका छैनन् । किनकी, प्रहरीभित्र टसल भएको कारणले धीरज प्रताप सिंहले एआईजीको सिफारिस नगरीकन बसेका छन् । त्यस्तै, प्रहरीका डिआईजीमध्येबाट कुन एआइजी हुन्छ यकिन भएको छैन ।

डिआईजीबाट एआईजी हुनको लागि विभिन्न डिआईजीहरुले लभिङ गरिरहेका छन् । त्यसमध्येमा सबैभन्दा चल्दापुर्जा र ख्याती कमाएका डिआईजी विनोद सिंह थिए । उनी एआइजी हुने पक्कापक्की जस्तै थियो । एआइजी भएपछि सोत विनोद सिंह आइजीपी बन्ने लाइनमा थिए । तर, यतिखेर आएर विनोद सिंहलाई नागरिकता र नक्कली सर्टिफिकेटको आरोप लागेको छ । त्यसको छानबीन पनि हुदैँ छ ।

यसकारणले पनि प्रहरीभित्र एकअर्कालाई सिध्याउने खेल हुदैँ छ । अहिले भइरहेका डिआईजीहरु मध्येबाट को एआईजी हुने हुन् यकिन भइसकेको छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *