मंसिर ४ को आमनिर्वाचन : नयाँ अनुहारमा आकर्षण

राजनीति समाचार

काठमाडौं । आगामी मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचन नजिकिँदै गर्दा ठूला पार्टीका शीर्ष नेताहरुमा खासै आकर्षण देखिँदैन । सत्तामा पुगेका बेला जनचाहना अनुसार राम्रो काम गर्न नसकेका कारण आकर्षण नदेखिएको हो । फेरि पछिल्लो समय जनताले परिवर्तन चाहेका छन् । त्योसँगै जनताको अभिमत पनि फेरिएको छ ।

गतस्थानीय निर्वाचनले पनि त्यो सिन देखाएको छ । देशका ग्रामीण भेकमाभन्दा शहरी क्षेत्रमा समाजसेवालगायत अन्य क्षेत्रबाट आएका उम्मेदवारप्रति जनआकर्षण बढेको देखिन्छ । त्यसैगरी काठमाडौं क्षेत्र निर्वाचन क्षेत्र नं. २ मा समाजसेवा र व्यवसायबाट राजनीतिमा आएकी कुन्तीदेवी पोखरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएकी हुन् । राप्रपाबाट उम्मेदवारी दिएपनि उनी समाजसेवी र व्यवसायी हुन् । त्यस क्षेत्रमा पोखरेलले समाजसेवामार्फत जनताका सुखदुःखमा सहयोगी हात अगाडि बढाउँदै आएकी छन् । अर्को अहिले जनतामा निर्वाचन क्षेत्र परिवर्तन गरेका उम्मेदवारभन्दा स्थानीय उम्मेदवारप्रति आकर्षण बढेको छ ।

पोखरेल यहाँकी स्थानीयवासी हुन् । लामो समयदेखि समाजसेवामार्फत काम गर्दै आएकी पोखरेलको जनतामाझ राम्रो रुझान र पहुँच छ । निर्वाचन क्षेत्र परिवर्तन गरेर बाहिरबाट आएका नेताले त्यस क्षेत्रमा विकास निर्माणका काम नगरेकाले पनि स्थानीय उम्मेदवारको आकर्षण बढेको हो ।

उता उनका प्रतिस्पर्धीहरु प्रायः पटक–पटक राज्यको नीतिनिर्माण तहमा पुगिसकेका, बाहिरबाट आएका र पहुँचमा पुग्दा पनि जनचाहना अनुसार खासै काम गर्न नसकेका पुराना अनुहारहरु छन् । त्यसले गर्दा पनि काठमाडौं २ मा पोखरेलको उम्मेदवारी बलियो भएको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *