sampadakiya

बजारमा नक्कली मदिराको बिगबिगी

लेख विविध

सम्पादकीय
पछिल्लो समय नक्कली पेयपदार्थको बिगबिगी बजारमा बढेको छ । तत्कालीन नेपाल सरकारले मदिरा तथा सुर्तीजन्य वस्तुको प्रचारप्रसारमा रोक लगाएको थियो । साथै, सुर्तीजन्य वस्तु विक्री गर्दा खोलमा अनिवार्य ७५ प्रतिशत यसको असरको तस्वीर राख्नुपर्ने उल्लेख थियो । ७५ प्रतिशत तस्वीर खोलमा प्रकाशित गर्नुपर्ने प्रावधान लागु भएतापनि मदिराको विषयमा भने सरकारले कुनै कदम चाल्न सकेको छैन ।

बजारमा नक्कली रक्सीको बिगबिगी बढ्दा एकातर्फ सरकारको राजश्व घट्ने गर्छ भने अर्काेतर्फ कालोबजारी मौलाउने र मानिसको स्वास्थ्यमा समेत असर पार्ने हुन्छ । नेपालमा पछिल्लो समय मदिराको व्यापक रुपमा विज्ञापनहरु प्रकाशन र प्रसारण भएको पाइन्छ । तत्कालीन सरकारले जनहितमा ल्याएको नीति विपरीत मदिरा व्यवसायी तथा उत्पादकले मदिराको प्रचारप्रसार गरिरहेका छन् । त्यसैगरी अहिले अधिकांश मदिरा कम्पनीले विज्ञापन प्रचारप्रसार गरी नक्कली मदिरा बजारमा पठाउन थालेका छन् ।

नक्कली रक्सीको प्रयोग पार्टी प्यालेस, क्लब तथा दोहोरीहरुमा व्यापक प्रयोग भइरहेको छ । यतिखेरा नक्कली मदिरा उत्पादन र विक्रीवितरणको नियन्त्रणमा सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन । बजारमा अत्यधिक विक्री वितरण हुने गोल्डेन ओक, ओल्ड दरबार, खुकुरी रम, भ्याट सिक्सिटी नाइन, सिग्नेचरजस्ता मदिराहरुको नक्क्ली उत्पादन भइरहेको छ । गुणस्तरहीन नक्कली मदिराको विक्रीवितरणले आम प्रयोगकर्ताको स्वास्थ्यमा ठुलो हानी पु¥याइरहेको पाइन्छ ।

प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि केही समयपछि छाड्ने गरेको पाइन्छ । यसरी नक्कली मदिराको उत्पादन र विक्रीवितरणको सञ्जाललाई तोड्ने हिम्मत सरकारले गर्न सकेको छैन । देखावटी रुपमा केहीलाई पक्राउ गर्ने गरेतापनि भित्री रुपमा यस्तो व्यापारी तथा व्यवसायीको सञ्जाल निकै ठूलो देखिएको छ ।

यतिमात्र नभएर कतिपय वियर कम्पनीहरुले सस्तो लोकप्रियता र लाभका लागि गुणस्तरहीन वियर उत्पादन गरेर बजारमा पठाउने गरेका छन् । कतिपय म्याद गुज्रेका मदिरा तथा वियरहरु बजारमा छ्यापछ्याप्ती रहेको पाइन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *