प्रधानमन्त्री प्रचण्डको ढुलमुले बोलीसँगै सरकार परिवर्तन

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको बोलीको ठेगान छैन । राजनीतिका अस्थिर पात्र सत्ताको लागि मौकाअनुसार रुप फेर्न सक्ने प्रवृत्तिले प्रधानमन्त्रीलाई गाँजेको छ । जतिसुकै संघीयता र लोकतन्त्रको बखान गरेपनि माओवादी नेताहरु नैतिक रुपमा पतन भएका छन् । आफुले बोलेको कुरामा नटिक्ने नेतामा माओवादीकै धेरै छन् ।

भ्रष्ट पनि त्यहीँ धेरै छन् । क्रान्तिकारी कुरा पनि तिनैले गर्छन् ।प्रधानमन्त्रीले एउटा मञ्चमा विदा कटौतीको ऐलान गरे । तर उनी चारथरी  ल्होसार, दुई थरी इदका कार्यक्रममा उनीहरुलाई रिझाउन पुगेका थिए । पृथ्वी जयन्ती र फागुन १ को जनयुद्ध दिवसको विदा झन् थपियो । ईसाई धर्मको पर्व क्रिसमसको विदा दिएर सरकार क्रिश्चियानिटी भ्रम फैलाउन सफल भयो ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेसका कृष्ण सिटौला एउटै प्यानलका हिन्दुत्व विरोधी थिए । उद्घाटन र शिलान्यास प्रधानमन्त्रीको काम भएको छ । उनी त्यसको पनि विरोधी थिए । एमाले अध्यक्ष केपी ओलीलाई रवि लामिछाने प्रवृत्ति मन पर्छ । राष्ट्रपतिमा आफ्नो छान्ने दाउ पनि प्रधानमन्त्री प्रचण्डको बोली र व्यवहारमा खिया लाग्दैछ ।

प्रचण्ड विदा धेरै भए घटाउनुपर्छ भन्दै गर्दा राप्रपा रिझाउन पृथ्वी जयन्तीमा विदा र जनयुद्ध शुरुको दिन फागुन १ लाई दिवसकै रुपमा मनाउने घोषणाले पनि थपिएको विदामा काटिने विदा क्रिसमस र चारथरी ल्होछारको विदा घटाउने आँट गर्लान् कि एमाले अध्यक्षको साथ खोज्लान् ?

ठूला दलले देशलाई एकीकृत बनाउनुपथ्र्याे । लोकतन्त्रले जातजाति, धर्म संस्कृतिको संरक्षण ग¥यो कि भेद्भाव गर्दैछ । कम्युनिष्टका नेताकै हातबाट संघीयता र गणतन्त्रमाथि खतरा उत्पन्न गराउने जाली काम त हुँदै छैन अहिले चासो र चिन्ता बढेको छ । जुन चासो राष्ट्रपति चुन्ने र बनाउने कुरामा ठोक्किएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *