नेपालमा राजनीतिक र आर्थिक संकट

समाचार

दलहरुले बनाएको नेपालको संविधान २०७२ अनुसारको शासकिय स्वरुपले नेपालको चालु खर्च ह्वात्तै बढेको हुँदा नेपाल राष्ट्रको आम्दानीले धान्नै नसक्ने भएको छ । फलस्वरुप नेपाल दिनदिनै अर्थिक संकटको चपेटामा पर्दै गएको छ । नेपालको आर्थिक संकट घट्ला भन्दा झनझन बढेर नै गएको देखिन्छ । नेपाली जनता राष्ट्रको बढ्दो आर्थिक संकटले गर्दा झनझन असुरक्षित महशुस गर्दैछन । यहिबेलामा नेपालको राजनीतिक संकट पनि गहिरिएर गएको छ । नेपालमा बलियो सरकार नहुदा आर्थिक संकटको व्यवस्थापन गर्नको लागि नेपाल सरकारको ध्यान पुगेको छैन । नेपाल लगायत दक्षिण एशियाली मुलुक श्रीलंका र पाकिस्तानले पनि राष्ट्रिय आर्थिक संकटको समधान निकाल्न सकेको छैन ।
श्रीलंकामा आर्थिक संकटले गर्दा स्थानिय चुनाव गराउन पनि त्यहाँको सरकारले सकेको छैन । पाकिस्तानको प्रधानमंत्रीले आफ्ना मंत्रीहरुलाई तलव सुबिधा त्याग्न आग्रह गरेका छन । पाकिस्तानको जनता यतिबेला चरम महंगीको मार भोग्दै छन । त्य हाँको जनताले ट्रकबाटै गहुँको बोरा लुटेर लगेको समचारहरु प्रसारण भएका छन । साथै पकिस्तानमा चम्केको आर्थिक संकटले गर्दा त्यहाँ आतंककारीहरुको गतिविधि पनि सम्हाल्नै नसक्ने गरी बढेको खवर फैलिएको छ । नेपालको पनि राजनीतिक हालत बिग्रिएकोले आर्थिक संकट झनै गम्भिर बन्दै गएको छ । दलका नेताहरु आफ्नो राजनीतिक अस्तित्व जोगाउन कै खातिर कसरत गर्दैछन भने उहाहरुले नेपालको आर्थिक संकट टार्नको लागि प्रयाप्त ध्यान दिनसकेका छैनन् । यहि बेला धमिलो पानीमा माछा मार्न पल्केका विदेशीहरुले नेपालमा आफ्नो सक्रियता बढाएका छन । नेपालको राजनीति र बिकासमा विदेशीले गर्दै आएको हस्तक्षेप कै कारण नेपालमा आर्थिक संकट बढ्दै गएको हो ।
दलहरु सत्तामा आउनु भन्दा पहिले नेपाल आत्मनिर्भर स्वाबलम्बी मुलुक थियो भने दलहरुको ३३ बर्षे शासनकालमा मुलुकको सोअवस्था बदलिएर परनिर्भर मुलुकमा नेपाल रुपान्तरण भईसकेको छ । दलहरुले उद्योग धन्दा र कृषी व्यवसायलाई बन्दगरी व्यापार र विदेशी रोजगारीमा दिएको जोडले गर्दा नै नेपालको यस्तो दुर्गती भएको हो । नेपालमा विदेशी सामानले भरीभराउ भएको व्यापारिक मलहरु र डिपार्टमेण्टल स्टोर्सहरु त टन्नै नेपाल भर फैलिएर खुलेका छन तर त्यसलाई किनेर उपभोग गर्ने नेपाली जनताको क्षमता भने नेपालमा चम्किएको आर्थिक संकटले गर्दा झनै खस्किएको छ । हालै आर्थिक संकटले आजित भएका नेपाली जनताले लोत्से मल भित्र घुसेर लुटपाट मचाउनुको पछाडि रहेको मुलकारण पनि यहि नै हो । यस्तो घटना अब कम हुने भन्दा पनि बढेर नै जाने निश्चित नै छ । नेपालको वैदेशिक रोजगारीबाट प्राप्त विदेशी मुद्राको आम्दानीले नेपालको आयात व्यापारलाई धान्न नसक्ने भएको छ ।
विदेशी ऋण र अनुदानमा प्राप्त विदेशी मुद्रालाई पनि आयात व्यापार धान्न कै लागि खर्च गर्नु पर्ने स्थिति बढेर गएको छ । नेपालको अर्थ व्यवस्था उत्पादन मैत्री नभएर व्यापार मैत्री भएकाले नेपालको व्यापार घाटा लगातार बढेको बढेकै छ । नेपालमा बढेको राजनीतिक संकटले गर्दा सोव्यापार घाटा घटाउनको लागि ठोश सरकारी प्रयास भएको छैन । नेपाल भित्रै कृषी उत्पादन र औद्योगिक उत्पादन बढाउनका लागि भए गरिएका सरकारी प्रयासहरु नेपालमा गहिरिदै गएको राजनीतिक संकटले गर्दा प्रयाप्त भएको छैन । अब नेपालको आर्थिक संकटको समाधना होला कि नहोला भन्ने नेपाली जनताको अन्योलता झनै बढेर गएको हुँदा भोली नेपालको हालत के हुने हो भन्ने चिन्ता जनमानसमा फैलिएको छ । नेपाली जनता शान्तिपूर्वक बढ्दो राष्ट्रको आर्थिक संकटबाट सुरक्षित भएर बस्ने प्रयासमा लागेका छन ।
नेपाल सरकारले नेपाली जनतालाई बढ्दो राष्ट्रको आर्थिक संकटबाट बचाउन सक्ला भन्ने बिश्वास रतीभर पनि नेपाली जनतालाई छैन । नेपाली जनतालाई यतिबेला राष्ट्रको रक्षा कसरी होला भन्ने चिन्ताले पनि सताएको छ । विदेशीको हानाथापले कतै नेपालको अस्तित्व नै मेटिएला कि भन्ने डर नेपाली जनताको मनमा बसेको छ । राष्ट्रको रक्षा गर्न सक्ने र नेपाली जनतालाई शान्तिपूर्ण तरिकाले जीवनयापन गर्न सघाउने सामर्थ्या भएको नेपल सरकार यतिबेला नेपाली जनताले खोजी गरीरहेका छन । दलहरु माथि नेपाली जनताको भरोषा बिलकुलै छैन । सबै दलहरु र तिनका नेताहरुलाई नेपाली जनताले नेपालको राजकिय सत्तामा राखेर हेरीबुझी सकेका छन । नेपाली जनताको भरोषा अब दलहरु र तिनका नेताहरुबाट उडीसकेको छ । दलहरुको विकल्प दल नै हो भन्ने बिश्वास नेपाली जनतालाई छैन । त्यसैकारण नेपाली जनता राजतन्त्रलाई नै दलहरुको राजनीतिक विकल्पको रुपमा हेर्न थालिसकेका छन् । राजा आउ देश बचाउ भन्ने नाराको पछाडि रहेको नेपाली जनताको मुख्य लक्ष राजनीतिक विकल्प नै हो । दलका नेताहरुले नेपाली जनतालाई आजित पारेको हुँदा नेपाली जनता दलहरुको विकल्पको रुपमा राजतन्त्रलाई नै मान्न थालीसकेका छन । दलहरुले बनाएको संबिधान र त्यसअनुसारको शासकिय स्वरुपले गर्दा नेपालमा आर्थिक संकट आएको हो भन्ने कुरामा अब कुनै दुई मत छैन ।
राजतन्त्र नेपालको पुरानो र मौलिक राजनीतिक व्यवस्था भएको हुँदा नेपाली जनताको भरोषा अझ पनि राजतन्त्र माथि कायम नै रहेको छ । राजतन्त्र कालमा नेपालले लिएको उत्पादनमूखि आत्मनिर्भर स्वावलम्बी नीतिलाई नै नेपाली जनताले मन पराएका छन । त्यो बेला नेपालले कृषी र उद्योग दुबै क्षेत्रमा राम्रो प्रगती गरेको थियो । दलिय कालमा त्यो सबैलाई उल्टाएर विदेशीको पोल्टामा फाल्ने काम मात्रै भएका छन । विदेशीको लहैलहैमा लागेर दलहरुले नेपाल राष्ट्रलाई नघर नघाटको तुल्याउँदै नेपाल राष्ट्रको अस्तित्वलाई नै समाप्त पार्ने खालको गतिविधि नेपालमा बढाएका छन । यस्ता देश बिरोधी राष्ट्रघाती दलहरुको कामलाई कुनै पनि हालतमा बिकास हो भनी मान्न सकिन्न । बरु भोकभोकै मरिन्छ नाङ्गै बसिन्छ तर दलहरुको पछि लागेर विदेशीको कमारो बन्न नेपाली जनतालाई कहिले पनि स्वीकार हुने छैन । नेपाली जनता अन्धो छैन त्यसैले विदेशीले ईराक र अफ्गानिस्तानमा के के गरे र पूर्वी युरोपको युक्रेनमा के गर्दैछ भन्ने कुरा यो उच्चप्रविधिको जमानामा राम्रै सित नेपाली जनताले देखेका र बुझेका छन । अब त्यहि कुरालाई घुमाईफिराई दलहरुले राम्रो हो भनी नेपाली जनतालाई सम्झाई बुझाई राखु पर्दैन ।
नेपाली जनताले नेपालका राजनीतिक दलहरु र तिनका नेताहरुको मक्सद राम्रै सित बुझेका हुँदा नेपालको विदेश नीतिलाई राजा महेन्द्रले लिएको विदेश नीतिको डोवबाट हटाएर यताउता पार्ने दलहरुको प्रयासलाई कहिले पनि स्वीकार गर्ने छैन । नेपाल नै नरहे हामी कोही नेपाली रहन्नौ भन्ने कुरा नेपाली जनताले राम्रै सित बुझेका छन त्यसैले नेपालको अस्तित्वलाई नै समाप्त पार्ने नीतिहरु लिएर अगाडि बढ्दै गरेका राजनीतिक दलहरुको नेपाली जनता घोर भ्रत्सना यबम् बोरोध गर्दछ । नेपालको परपूर्वकाल देखि चल्दै आएको हिन्दूराष्ट्रको नीतिलाई हटाएर नेपाललाई ईशाईकरणको चपेटामा हाल्ने दलका नेताहरु देशद्रोही र राष्ट्रघाती हुन । नेपालमा राजनीतिक र आर्थिक संकट बढ्नुको पछाडिका मुख्य कारण पनि यिनै हुन । ठोश राजनीतिक ईतिहास र मौलिकता नभएको संघियता, लोकतन्त्र र गणतन्त्र दीगो हुन सक्दैन । नेपाली जनता सित नजोडिएको दलका नेताहरुले माथिबाट लादेको राजनीतिक व्यवस्था अब कसरी अगाडि बढ्ला र चल्ला भन्ने कुनै सुनिस्चितता छैन । आफ्नो कुनै योजना र नीति नभएको दलका नेताहरुले विदेशीको बलमा विदेशबाटै नेपालमा कपी पेस्ट गरी चलाउन खोजेको राजनीतिक व्यवास्था नेपाली जनताले खोटा मानीसकेको हुँदा अब पनि वलपूर्वक चलाउन खोज्नु दलहरुको ठुलो मूर्खता हुन्छ । नेपालमा दलहरुको प्रभाव कम पर्दै गएको महशुस हुन थालेको छ । सुशासन र सदाचारिताको दुहाई दिंदै सत्तामा पुगेका दलका नेताहरुले नै आफ्नो सत्ता टिकाउनको निमिक्त बलात्कारी, भ्रष्टाचारी र अपाराधीहरुको साहारा लिएका छन ।
यसो हुँदा सत्तासिन दलका नेताहरुको शासन गर्ने क्षमता कमजोर पर्दै गएको छ र राज्यका सबै अंगहरुले नेताको निर्देशनलाई टेरपुच्छर लाउन छाडेका छन । यस्तो प्रभाव सबै भन्दा गाढा न्यायपालिकमा देखिएको छ र श्रीमानहरु मनोमानी फैसला गरी पैसा कमाउने धन्दामा लागेका छन । सुशासन र सदाचारितालाई कार्यन्वयन गर्न र स्थायी सरकारको रुपमा पनि चिनिएको प्रशासनको लागि महत्वपूर्ण हतियार निजामति कर्मचारीहरुबाट पनि यातिबेला भ्रष्टाचार बढेको हुँदा दलहरुलाई दिलोज्यानले साथ सहयोग छैन । यस्तो अवस्था श्रृजना भएकोले गर्दा नेपालको शासन व्यवस्था ठुलमुल हुन पुगेको छ । विदेशीले पनि यहि मौका छोपी दलहरु माथि दबाब बढाएर आफ्नो राजनीतिक लक्ष पुरा गर्न खोज्दैछन । साथै दलहरु प्रति नेपाली जनताको पनि राम्रो धारणा छैन । दलका नेताहरुको पकड नेपालको राजनीतिमा सबै भन्दा कमजोर अवस्थामा पुगेको हुँदा नेपालमा आर्थिक संकटको साथ साथ राजनीतिक संकट पनि उत्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *