केन्द्रसँगै प्रदेश सरकार पनि धर्मराउन थाल्यो

राजनीति समाचार

काठमाडौं । तत्कालीन सातदलीय गठबन्धन र दुई स्वतन्त्रसमेत मिलेर बनेको सरकार राष्ट्रपति निर्वाचिनलाई लिएर धरापमा परेसँगै प्रदेश सरकार पनि धरापमा पर्ने भएको छ । यो खेलमा सबैभन्दा घाटा नेकपा एमालेलाई लागेको छ । किन भने नेपाली कांग्रेसपछि सबैभन्दा ठूलो दल नेकपा एमाले हो ।

नेकपा एमालेले तीनवटा प्रदेश सरकारको नेतृत्व पाएसँगै प्रदेशसभाको सभामुख पनि पाएको थियो । अहिले एकाएक सत्तासमिकणले नयाँ मोड लिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएपछि उसको नेतृत्वमा बनेको प्रदेश सरकार पनि धर्मसंकटमा परेको छ । त्यसैगरी प्रदेश सभामुख पनि धर्मराउने भएको छ ।

केन्द्रमा नयाँ आठ दलीय गठबन्धनको सरकार बनेपछि त्यसको असर प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । यो नयाँ गठबन्धनसँगै प्रदेश सरकारमा पनि आठ दलीय गठबन्धनको सरकार बन्ने सम्भावना बढेर गएको छ ।

त्यसकारण पनि नेकपा एमालेलाई ठूलो घाटा लागेको छ । ‘कल, बल, छल’ भनेजस्तै केन्द्रीय सभामुख भने एमालेले पाएको छ । अन्य संवैधानिक निकायमा भने एमाले पछि परेको देखिन्छ ।

यसरी एकाएक नेकपा एमाले पछि पर्नुमा नेकपा माओवादी केन्द्र नै प्रमुख कारक देखिन्छ । किन भने नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने लोभमा नेकपा एमालेलाई सिध्याइदिएका छन् । प्रदेश सरकारमा प्रदेश १ बन्ने हो कि भन्ने भनाई रहेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *