सशस्त्र प्रहरी बलभित्र लेखा प्रमुख मल्ल र ज्ञवाली रजाइँ

राजनीति समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र यतिखेर ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै भएको छ । किन भने अहिले एकातिर गृहमन्त्री छैनन्, अर्कोतिर सशस्त्रका आइजीपी राजु अर्याल आफ्नै तालमा सेटिङ मिलाउन व्यस्त देखिन्छन् । त्यस्तै आर्थिक प्रशासन शाखामा बस्नेहरु पनि सेटिङमै व्यस्त छन् । अन्य गण र गुल्मको कुरै नगरौं । सशस्त्र प्रहरी बलभित्र अहिले आर्थिक प्रशासन शाखामा रहेका कामु एसएसपी होम ज्ञवालीको नालीबेली झन् छुट्टै छ । उनी पनि गृहमन्त्री नभएको मौका छोपी आफ्नै तालमा रमाइरहेका छन् ।

किन भने एसएसपी होम ज्ञवली आफू मात्रै जान्नेसुन्ने छु, अरु कोही छैनन् भन्ने घमन्ड देखाउन थालेका छन् । उनी आफू मातहतका कार्यालयमा रहेका लेखापालहरुलाई समेत आफ्नो हातमा डाडु, पन्यू रहेको छ, तपाईंहरु के गर्दै हुनुहुन्छ ? आइजीपी साबले भन्दै हुनुहुन्छ कहाँ कहाँ के के हुन्छ ? मलाई सबै जानकारी छ । त्यसरी कमाएको तपार्इंहरु मात्रै नखानुस्, मलाई पनि थोरबहुत दिनुपर्छ भन्दै हुनुहुन्छ भनेर एसएसपी होम ज्ञवालीले अधिकांश गुल्म र गणका लेखा शाखाबाट रकम सुल्ने गर्दछन् । ती ठाउँबाट यदि रकम नदिएमा अर्को पटक लेखालाई बजेट घटाइदिने सम्मको काम गर्न ज्ञवाली पछि पर्दैनन् ।

त्यसरी आफूले भने अनुसारको रकम नदिने लेखापाललाई समेत अत्यत्र सरुवा गर्ने धम्की समेत दिने गर्दछन् । मातहतका कार्यालयहरुमा विभिन्न शीर्षकमा बिनियोजित रकम आफ्ना नजिकका र सबैभन्दा धेरै रकम दिने लेखापाललाई अन्यत्रबाट रकम तानेर पठाउने गर्दछन् । त्योसँगै सशस्त्र प्रहरी बलका लेखा शाखाका अर्का लेखा अधिकृत गणेश मल्लको कहानी त कति छन् कति । उनलाई जुनसुकै सरकार आएपनि कारबाही पनि हुँदैन, भ्रष्टाचारको मुद्दा पनि लाग्दैन ।

उनी सबै दलका नेता र हाकिमलाई रिझाउन सिपालु छन् । अन्य लेखा शाखाका कर्मचारीहरु डेढ, दुई वर्ष पनि नपुग्दै सरुवा हुन्छन् । तर, गणेश मल्ल भने पाँच वर्षभन्दा बढी मुख्यालयमै डेरा जमाएर बसेका छन् । मल्लले कतिपय पत्रकारहरुलाई पनि पालेकै छन् । सशस्त्र प्रहरी बलभित्र हुने रासनको ठेक्कापट्टादेखि अन्य कामको समेत ठेक्कापट्टा गरेकै छन् । कमिसन लिने, खाने र खुवाउने काम पनि गरेकै छन् । त्यति मात्रै होइन सशस्त्र प्रहरीबाट मिसनमा जाने कर्मचारी र तिनलाई आवश्यक पर्ने सामान खरिदमा समेत ठूलो चेलखेल गरी कमिसन खाएकै छन् । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *