राजेन्द्रले किन छाडे ?

राजनीति समाचार

काठमाडौं । संघीयताको विरोध गर्ने, प्रदेशमा सांसद उम्मेद्वार बनाउने, गणतन्त्रको फाइदा लिने, राष्ट्रपति समक्ष सपथ लिने, माओवादीको विरोध गर्ने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान एवं उर्जामन्त्री खाने, एमसीसीको विरोध गर्ने, एमसीसी परियोजना कार्यान्वयन गर्ने मन्त्रालयमा मन्त्री बन्ने राजेन्द्र लिङ्देन आलोचित हुँदै मन्त्री पदबाट हट्नु परेको छ ।

राप्रपाका अध्यक्ष लिङ्देनले तत्कालीन राजाको पैसाले हिन्दु धर्म र राजतन्त्रको वकलात गर्दै मेचीकाली रथ यात्रा गर्ने कमल थापासँग पार्टी खोस्दाका सहयात्री धवल शमशेर जबरालाई भने धोका दिएका छन् । पाँच करोड घुस लिएर विवादित ठेकेदार विक्रम पाण्डेलाई सहरी विकास मन्त्री बनाएका राजेन्द्रलाई राप्रपाका पुराना नेताहरु पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले खबरदारी गरेका थिए । अन्ततः राप्रपाले सत्ता त्याग्यो, एमाले राप्रपा र रास्वपाको मोर्चा बन्दै गएको छ ।

राप्रपाले धवलशमशेर राणाजस्ता पूर्व पञ्चका हस्तीलाई पन्छाएर राप्रपाका लागि अस्थायी पाहुना ज्ञानेन्द्र शाहीलाई संसदीय दलको प्रमुख सचेतक बनाइएकोमा पनि असन्तुष्टी छ । राप्रपाले पनि पार्टीको सिद्धान्त र आर्दश त्याग्दै सत्तामा गणतन्त्रवादीहरुसँग रमाउँदा पार्टीका एजेण्डा जनतामाझ स्थापित गर्न नसक्ने निश्चित छ ।

यसपटक राप्रपालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले कब्जामा पारेका छन् । गत चुनावमा राप्रपाका राजेन्द्र लिङ्देन, दीपक बोहरा र धवल शमशेर जबरालाई एमालेले साथ दिएको थियो । तर नवलपरासी २ मा धुव्र प्रधान, जुम्लाबाट ज्ञानेन्द्र शाही मकवानपुर १ मा दीपक सिंह, चितवन ३ बाट विक्रम पाण्डे निर्वाचित भएका थिए । प्रधानको क्षेत्रमा पनि एमालेको उम्मेद्वार थिएन ।

गणतन्त्र र संघीयतामा राजाको स्पेस खोज्ने राप्रपाले हिन्दु धर्म, राजतन्त्रको समर्थन गर्दै आफ्नो पार्टीको मुल लक्ष्य नै मानेको छ । तर गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता, पक्षधर माओवादीको साथमा सरकारमा गएको थियो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *