मन्त्रीका लागि कांग्रेसमा लडाइँ

राजनीति समाचार

काठमाडौं । माओवादी अध्यक्षलाई राप्रपाको साथ लिएर पेलेका एमाले अध्यक्ष केपी ओलीे वर्तमान राजनीतिमा बालुवा पेलेर तेल निकाल्न खोज्दा सफल हुन सकेनन् ।

ओलीले ५ वर्ष अगाडि लिखित सम्झौता गरेको २०७५ जेठ २ गतेका निर्णय उल्ट्याएर भंग गरेको संसद ब्युँताउने टिमले राजनीतिमा प्रभाव पार्ला भन्ने सोचाई नराखी राप्रपाको प्रतिष्ठा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सरकारी स्तरमा मनाए । त्यसको प्रतिफल फागुन १ ले दिएको हो । व्यवस्था फेर्न सशस्त्र युद्ध गरेको दलले सरकारको नेतृत्व गर्दा माओवादी विद्रोहले ल्याएको परिवर्तन सम्झनु नौलो थिएन ।

त्यो बेला मौन बसेका सरकार सञ्चालन कमाण्डर केपी ओलील फागुन १२ गते मुख खोले, जुन समयमा राष्ट्रपति पदमा विगतको पाँच दलीय गठबन्धनसँग जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसमेत जोडिएका छन् । अहिले एमाले र राप्रपाले सरकार छाडेका छन् ।

राजासहितको गणतन्त्रवादी राप्रपाले क्रिश्चियन मिसनरीका एमाले उपाध्यक्षलाई मत दिन के गर्ला ? सुभास नेम्वाङ विवादमा छन् । संविधानमा धर्म निरपेक्षता प्रवेश गराएर हिन्दुत्वमाथि धावा बोलेकै हुन् । कांग्रेसका नेता रामचन्द्र पौडेललाई गुमेको कुर्सी दिलाएका कारण केपी ओली र प्रचण्डप्रति ऋणी भएका छन् ।

प्रचण्ड र केपी ओलीबिचको लडाइँले कसैलाई भलो भयो भने त्यो रामचन्द्रलाई भयो । उनी पनि दक्षिणका पात्र हुन् । कांग्रेसमा मन्त्री पदका लागि चर्काे लडाइँ छ । उपप्रधानमन्त्रीसहित सत्तामा कांग्रेस जान्छ । डा.प्रकाशशरण महत, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मासम्मले पार्टीको नेतृत्व लिएर सरकारमा जान चाहेका छन् ।

तर अधिकाशंले अरु जो होउन, डा.प्रकाशशरणलाई मन्त्रीमा पठाउन हुन्न भनेका छन् । डा.महत सभापति देउवाकै बद्नाम गर्ने श्रीमती डा.आरजु राणाको निर्देशनमा चल्छन् । उनी अत्यन्त भ्रष्ट चरित्रका हुन भन्ने कुरा विगतमा उर्जामन्त्री बन्दाको समयमा लोडसेडिङ बढाएर विद्युत प्राधिकरणमा भ्रष्टाचार बढाउने व्यक्तिका रुपमा चिनिन्छन् ।

त्यही कारणले कांग्रेस बद्नाम हुन्छ भन्ने मत रहेको छ । मन्त्रीको लागि कांग्रेसी लफडा चर्काे बन्दै जाँदा चुनावमा पराजित बालकृष्ण खाँडको संस्थागत व्यवस्थापन कसरी गर्ने भन्ने छ । कांग्रेसले आफ्नै कारण गुमेको सत्ता त ल्यायो, त्यलाई जनताको हितमा लैजाने अवस्था भने छैन ।

एमालेले लिएका आठ मन्त्रालय कांग्रेस, समाजवादी, जसपाभित्र मन्त्री खान खुट्टा उचालेर बसेका लोभीपापीको प्रबन्ध गर्ने ठाउँ छैन । एमालेलाई नपत्याएका रेशम चौधरीले समेत कांग्रेसलाई केन्द्रमा साथ दिने भएको छ । माओवादी अध्यक्ष प्रचण्डको स्वार्थले पार्टीको अस्तित्व बचाउन भने समस्या छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *