गगन र रविको सम्बन्धनले नयाँ गठबन्धनमा छलाङ

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिमा समिकरण बदलिएसँगै तत्कालीन सात दलीय गठबन्धन सरकारको साझेदार दल, साना दल र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक सबै सत्ताबाट बाहिरिएका छन् । तर, यतिखेर राष्ट्रिय स्वतन्त्र पाटीले सरकार छाडे तापनि तत्कालीन सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

यसको मुख्य कारण भनेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भित्री साँठगाँठ रहेको हुनसक्ने विश्वस्त सुत्रको दावी छ । संघको निर्वाचनमा पनि रवि लामिछाने काठमाडौं निर्वाचन क्षेत्र नं. ४ गगन थापालाई छाडेर आफू चिनवनको निर्वाचन क्षेत्र नम्बर २ मा पुगेका थिए ।

त्यतिबेलै गगन थापा र रवि लामिछानेको गोप्य साँठगाँठ रहेको बुझिन्छ । संघको निर्वाचनमा काठमाडौं ४ मा गगन थापालाई जिताउनुपर्ने र चितवन २ मा रवि लामिछानेलाई जिताउनुपर्ने भित्री सहमती भएको थियो भनेर एक कांग्रेसकै कार्यकर्ताले बताउने गरेका थिए ।

त्यसकारण पनि उक्त निर्वाचनमा रवि लामिछाने र गगन थापा सानदार ढंगले विजयी भएका थिए । अहिले पनि राजनीतिमा नयाँ समिकरण बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नगर्नुमा उक्त कुरा प्रमाणित हुन जान्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *