कृषि विकास बैंकको सीईओमा कनिष्ठ

अर्थ/वाणिज्य समाचार

काठमाडौं । अन्तत कृषि विकास बैंकको सिइओ इच्छाराज तमाङदेखि प्रदीपजंग पाण्डे लगायतका पोल्टाका कर्मचारीलाई सरकारले छनौंट गरेको छ । ५१ प्रतिशत सरकारी शेयर रहेको कृषि विकास बैंकलाई प्वाल पार्न र तन्नम बनाउने उदेश्य अनुरुप नै स्वार्थ समूहसँग गासिएको व्यक्तिलाई सिइओ बनाइएको चर्चा अर्थ मन्त्रालयतिर सुनिन थालेको छ ।

यस अघिका सिइओ तथा माधव नेपालका भाइ अनिल उपाध्यायले सरकारी बैंकलाई तन्नम पारेर एउटा निजी संस्थालाई ८० करोड ऋृण प्रवाह गरी सोही संस्थाको सिइओ खान गइसकेका छन् । २०७५ पुसमा बैंकको सीईओ नियुक्त भएका उपाध्याय दुई महिनाअघि बैंकबाट बहिरिएका थिए। दोस्रो कार्यकाल सीईओ हुने रहर भए पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट ‘ग्रिन सिग्नल’ नपाएपछि उनी बैंकबाट बिदा भएका थिए । त्यसअघि कृषि विकास बैंकमा ३० वर्ष काम गरेका उनी उपमहाप्रबन्धक थिए ।

उनको कार्यकाल थप्न अर्थमन्त्री विष्णु पौडेल राजी नभएपछि उपाध्याय पदबाटै बाहिरिएका थिए । सो पछि रिक्त रहेको सिइओ पद खान लिगलिगे दौडमा २२ भाइ प्रतिष्प्रर्धामा थिए । प्रतिष्प्रर्धाका सबैलाई पछि पार्दै इच्छाराज तमाङका पकडमा गोविन्द गुरुङ सरकारी बैंकका सिइओ बन्न सफल भएका हुन । उनी बाहिरिएपछि रिक्त रहेको सिइओ पदमा नियुक्तिका लागि २२ जनाले आवेदन दिएका थिए ।

यो लिगलिगे दौडमा गोबिन्द गुरुङ, पूर्ण आचार्य, प्रताव सुवेदी, अशोक पौडेल, बद्रि गुरागाईँ, कबिराज अधिकारी र यज्ञ न्यौपानेमध्येसम्म थिए । प्रतिष्प्रर्धामा व्यवसायीक घरानादेखि पूर्व गभर्नर तथा अर्थमन्त्री र राजनीतिक वृत्तमा पनि व्यापक चासो छ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले आफ्नो पकेटमा व्यक्ति तथा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी अशोक पौडेललाई सिईओ बनाउन चाहेका भए पनि इच्छाराजको चाहना बमोजिम सिभिल बैंकका पूर्व सिईओ गोबिन्द गुरुङलाई कृषि विकास बैंकको सिईओ बन्न सफल भएका हुन ।

सिभिल बैंकको सिइओ हुँदा इच्छाराज तामाङको ‘एस म्यान’का रुपमा काम गरेकाले उनलाई कृषि विकास बैंकको सिईओ बनाइएपछि अहिले चोरको हातमा चाबीको रुपमा गुरुङको नियुक्तिलाई हेर्न थालिएको छ । भुँइबाट उठेका र कृषि विकास बैंक राम्रोसँग बुझेका निमित्त सिईओ प्रताव सुवेदी प्रवल दावेदार थिए । यस्तै राष्ट्रिय सहकारी बैंकका सिईओ बद्रि गुरागाईँ पनि प्रतिष्प्रर्धामा थिए तर सबैलाई जिल्याउँदै अहिले जेलभित्र रहेका इच्छाराजको पोकटका पात्रलाई कृषि विकास बैंकको सिइओ बनाइएको छ ।

उता यस अघि सिइओ रहेका माधव कुमार नेपालका साख्खै भाइ अनिल उपाध्यायले कृषि विकास बैंकमा रहँदा शेर्पा आउटडुअर्स कम्पनीका लागि झण्डै ८० करोड ऋृण उपलव्ध गराएको र सो को बदलामा सिइओबाट हटेलगतै अहिले सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको खुलासा भएको छ । कृषि विकास बैंकबाट हटेलगतै उपाध्याय एक महिनादेखि शेर्पा आउटडुअर्समा सीईओको रुपमा हाजिर हुन थालेका छन् । राष्ट्र बैंकका अधिकारीहरुले यसलाई गम्भीर वित्तीय अपराधको संज्ञा दिएका छन् । यसमा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट छानबिन प्रारम्भ हुनुपर्ने आवाज समेत बैंकभित्रैबाट उठ्न थालेको छ । (तामाकोश्ीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *