टोखा नगरपालिकामा कांग्रेस ध्वस्त

समाचार

काठमाडौं । नेपाली कांग्रेसभित्र कार्यकर्ता मात्र नभई, नेतासमेत घात प्रतिघातमा लाग्छन् । यसपटक टोखा नगरपालिकामा कांग्रेसले त्यही बेहोरोको छ । रजनी थापा मेयर, मुरारी तामाङ उपमेयर थिए । एमालेले प्रकाश अधिकारीलाई मेयर, ज्ञानमाया डंगोल उपमेयरको उम्मेद्वार बनाए । तर चुनावमा कांग्रेस बलियो हुँदा हुँदै मेयरमा अधिकाशं वडाहरुमा हा¥यो । मेयरकी उम्मेद्वार थापालाई वडा नं. ४ र ७ का कांग्रेसीले मत दिएनन् । ती वडाबाट उपमेयरले पाएको मत मेयरले पाएनन्, टोखाको मेयरमा प्रकाश अधिकारी भए । उपमेयरमा कांग्रेसका मुरारी आए वडामा बहुमत एमाले नै भयो । एमालेका भुफिया भनेर चिनिने दीपक कुँवरले वडा नं. ६ मा मज्जाले खेल खेले । त्यहाँ भगवान केसी वडा अध्यक्ष उम्मेद्वार बनाएकोमा कुँवरले मन पराएनन् । कुँवरको कोलोनीमा बस्ने इश्वर पोखरेलसँग कुँवरको लेनदेन लगानीसमेत भएको चर्चा छ । कुँवरले आफ्नै कर्मचारीमाथि घात गरेको सम्झिए । मौकामा चौका हाने, केसी पराजित भए । वडा नं. ५ मा सोझो मदन गुरुङलाई निवर्तमान टोलीले खुलेर सहयोग गरेन । तर उनको भद्रता पूर्ववत टोलीको विकास निर्माणको कामले मदनलाई सहयोग गरे ।
कांग्रेसले खानेपानी पाइप विस्तार, सडक ढलान, मन्दिर र पार्कको अधुरो काम, क्रियापुत्री भवनको नाममा नगरपालिकाको खर्च भ्रष्टाचार देख्यो । आफुँ हर्ताकर्ता भएको श्री समाजको भवनलाई व्यापारिक कम्प्लेक्स बनाएर भाडा उठाएको हिसाब किताब नदेखाएको आठवर्षसम्म साधारणसभा नगरेकोमा बहादुरी देखायो ।
नयाँ पाइला सहकारीबाट कुसुम विष्ट हटेपछि पक्षपात बढ्दो छ । भद्रगोल झन् चर्कंदो छ । शेयरदाताले १५ सय÷२ हजार तिरेर वनभोज जान सक्छन् । त्यो तिर्न नसक्ने कोही छैन । तर जेठ ७ गते वनभोज आयोजना गरेर सहकारी भित्रका चारतारे हर्ताकर्ताहरुले चुनाव हारेको खुसीयाली मनाए । जब कि श्री टोल वरपरकै इच्छुक शेयरकर्ताहरुलाई समेत खबरसम्म गरिएन । यस्ता कार्यकर्ताबाट कांग्रेसले कसरी चुनावमा मत पाउँछ ? किन दिन्छन् श्री टोलबासीले यस्ता भ्रष्ट र छुद्रहरुलाई अब भोट भन्दैछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *