कुम्ब कुम्ब जसपा र लोसपा

समाचार

काठमाडौं । विचार नभएको सत्ता केन्द्रमा राखेर ठुलो दल कहिले कांग्रेस, कहिले एमालेको पुच्छर बनेर सत्तामा जाने तर पार्टीको संगठन ध्वस्त बनाएको लोकतान्त्रिक समाजवादीको नेतृत्व राजनीतिक वृत्तामा अस्ताउने हो कि भन्ने भान भएको छ । आफ्नो पदको लागि राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव गृह जिल्लामै ध्वस्त बन्दैछन् । कांग्रेसका विमलेन्द्रलाई हराएर भारतले २०७४ को चुनावमा एमालेका केपी ओलीलाई राजेन्द्र महतोलाई सहयोग गर्न लगाएको थियो । महतो उठेको धनुष्याा ४ मा एमालेले कमजोर उम्मेद्वार उठाएर निधिलाई हराएर राजेन्द्रलाई जिताएको गुण ओली सरकारलाई दिएको समर्थन नै काफी छ ।
मधेसमा संगठन भएको जसपा अगाडि आयो । त्यो पार्टीले १७ स्थानमा प्रमुख हात लगायो । सात स्थानमा अगाडि हुँदा लोसपा केवल १० ठाउँमा अगाडि आयो । सीके राउतको जनमत पार्टीले ७ स्थान कब्जा गरिसकेको अवस्था छ । जसपा सरकारमा पनि छ । लोसपाले जसपाको कुम कुम भएको छ । लोसापाले जसपा जति नै भागवण्डा गर्न खोज्दा प्रधानमन्त्री देउवाले ३ मन्त्रीको प्रस्ताव पेश गरेका थिए । १६ सांसद भएपनि केन्द्रमा नेता पार्टीको पदमै रुमलिँदा लोसपाको अवस्था कमजोर भयो । मधेसवादीको भोट जनमत पार्टीले लियो । संसदमा विपक्षी मधेसको गरिबी अभाव भोकमरीका विरुद्ध लोसपाले आन्दोलन गर्न सकेन । त्यसको फाइदा जनमत पार्टीले लिएको छ ।
कांग्रेस र पुराना पञ्चको झुण्ड लोसपामा छ । तर यो पार्टीले राष्ट्रिय समस्यामा ध्यान दिएन । भारतले पार्टी खोलिदिने, पार्टी खर्च भारतले दिएर बनेको सद्भावना पार्टीका राजेन्द्र महतो र अनिल झा पदको लागि लड्दा कांग्रेसबाट भागेका शरद सिंहले छिर्के हान्नु नौलो थिएन । गृह जिल्लामै नेता कमजोर हुँदा लोसपा समाप्त तिर जाँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *