कम्युनिष्ट मास्ने योजनामा डाक्टर साब

समाचार

काठमाडौं । विचारभन्दा दम्भ, जनताभन्दा गुट भित्र रमाएका नेताको हालत स्थानीय चुनावले देखाएको छ । डा.बाबुराम भट्टराईजस्ता विद्वान माओवादीबाट मधेसी पार्टीमा गए । जहाँ क्षेत्रीय र जातीय विषय उठाएका अशोक राई र उपेन्द्र यादव नेतृत्वमा छन् । माओवादीको आदेशलाई ध्वस्त पार्न डाक्टर साप विदेशी शक्तिमा विश्वास गर्थे । सबैतिर राम्रै थियो । विकासे मोडल बनाउन उनी सफल थिए । तर बाबुराम प्रधानमन्त्री बन्दा युरोपेली युनियनका देव गुरुङ, सुरेश आले, सिपी गजुरेलले चर्काे विरोध गरेका थिए । मोहन वैद्यको विचार दुकेर रामबहादुर र पम्फा त बसेनन् । अरु बस्ने कुरै थिएन ।
यसपटक डा.बाबुरामले गोरखा नगरपालिका–२ पालुङटार नगरपालिकाको नेतृत्व लिन भनेका थिए । माओवादीको संगठनमा जसपालाई रजाईं गर्न दिने अवस्था थिएन । गोरखामा कांग्रेस नै ठुलो हो । डाक्टरकै कारण २०७४ सालमा गोरखामा माओवादी पराजित भयो । डा.भट्टराई संघीय सांसद भएका छन् । अबको चुनावमा डाक्टरलाई छाड्न हितराज पाण्डेहरु सहमत छैनन् । डाक्टर साबहरु पालुङटार नगरपालिका र गोरखा नगरपालिकामा तेस्रो भएका छन् । त्यहाँ गोरखाका प्रदेश सांसद हरिशरण आचार्य गण्डकी प्रदेशका भौतिक पूर्वाधार छन् । हरिशरणको भन्दा प्रभाव डाक्टर भट्टराईकै छ ।
तर बाबुरामजस्ता नेताले आफ्नो धरातल बुझ्न छाडेका छन् । यसैकारण राजनीतिमा बिचौलिया र माफियाकरण भएको छ । उपेन्द्र यादव आफैं रौतहट काण्डका हिरो हुन् । व्यस्त बिचौलियासँग डाक्टर कति समय टिक्छन् । संघीयता लोकतन्त्र र धर्म निरपेक्षताको आडमा युरोपेली युनियनको डलरले कम्युनिष्टहरु ध्वस्त गराएको छ । कम्युनिष्ट मास्ने डा.भट्टराई पिलर बन्न खोज्दा गोरखामा पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *