एमालेको ढोक्सा आफैंतिर फर्कियो

राजनीति समाचार

काठमाडौं । कांग्रेसलाई राष्ट्रपतिको ढाक्सा नथाप, एमालेले ल्याएको एम्मेद्वारकै पक्षमा राष्ट्रिय सहमति हुन्छ भन्दै गरेका नेता केपी ओली आफैंले मान्यता नदिएको नेकपा समाजवादीलाई पत्रलेखेर पार्टीको मान्यता दिन रन्थनिनु प¥यो । सुभासचन्दज्र नेम्वाङलाई लिएर विष्णु पौडेल, रघुवीर महासेठ, पृथ्वीसुब्बा गुरुङ, माधव नेपाल भेट्न एकीकृत समाजवादीको कार्यालय पुगे ।

तर त्यही पार्टी आठदलीय गठबन्धनको उम्मेद्वारको प्रस्तावक भएको ख्यालसम्म केपी ओलीलाई थाहा भएन । भोलि राष्ट्रपतिको चुनाव हुँदैछ । एमाले जहाँ गएर भोट मागे पनि कांग्रेसलाई ढोक्सा नथाप भनेको त्यो दिन पुस २६ गते संसदमा ओलीको सम्बोधनबाट ब्चिेका दलहरु ५ वर्ष संसद चलाउनुपर्छ भन्ने नै छ । जनताको सेवा गर्नुपरेन । भ्रष्टाचार र महंगीले तहसनहस भएको परिवेशप्रति चासो भएन, तर राष्ट्रपति आफैंले लिएर सबैलाई लडाउने केपी ओलीको योजना थियो ।

सुभास नेम्वाङले राष्ट्रपतिको चुनाव जित्ने वातावरण ढोक्से राजनीतिमा छैन । एमाले अध्यक्षले पार्टीको नाम र अध्यक्ष एसपार्टीका माधव नेपालपको पार्टी राष्ट्रिय बन्न सकेन । तर संघीय संसदमा १० सिट भएकोले त्यो पार्टीलाई एमालेले पत्र लेख्नपु¥यो । त्यो पनि ओलीको एजेण्डामा पार्टी एकता गर्ने आश्वासनको पोकोसहित ।

माओवादीकै कारण समाजवादीले १० सिट जितेको हो । कांग्रेसले घण्टीमा भोट हालेर माओवादीको भोट तानेर ८९ सिटको पखेटा फिँजाएको कांग्रेस त्यो सत्य माओवादीले बुझेर पनि ओलीकै छुद्रता र स्वभावले कांग्रेससँग मिलेको हो । र कां्रग्रेसले पछि प्रचण्डलाई धोका दिनेछ ।
एमाले अध्यक्षले ल्याएको ढोक्सा सिद्धान्तमा संसद भंग पनि हुन्छ । उनी झण्डै दुई तिहाईको जनमत माथि खेलवाड गर्न सफल भएकाले पनि संसद बचाउ टोली एक ठाउँमा जुटेको भनाई छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *