स्थानीय सरकार पनि भ्रष्टाचारको अखडा बन्दै

राजनीति समाचार

काठमाडौं । नेपालमा स्थानीय निर्वाचन भएको पनि लगभग १ वर्ष पुग्न लागेको छ । गत वैशाख ३० गेत सम्पन्न भएको स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन गरेर सत्तापक्ष होमिएको थियो भने प्रतिपक्षी दल नेकपा एमालेले पनि केही दलसँग चुनावी सहकार्य गरेर स्थानीय निर्वाचनमा होमिएको थियो ।

उक्त स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनले बढी सिटमा जित हासिल गरेको थिए । त्यसैगरी तत्कालीन प्रतिपक्षी दल एमालेले भने २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा २०७९ वैशाख ३० को निर्वाचनमा कम स्थानमा जित निकालेको थियो । तत्कालीन स्थानीय सरकारले पनि भौतिक संरचना बनाउने नाममा व्यापक भ्रष्टाचार गरेको थियो । त्यतिबेलाका स्थानीय जनप्रतिनिधिहरुले जनताका जन्दबल्दा समस्यालाई भन्दा अन्य संरचना बनाउनेतिर ध्यान दिएका थिए ।

उनीहरुले कृषि उत्पादन, पशुपालन, बाटोघाटो, स्वास्थ्य चौकी र शिक्षामा भन्दा भ्युटावर बनाउने, खेलमैदान बनाउने, क्लब खोल्ने जस्ता बिलासी कामहरु गरेर भ्रष्टाचारको अखडा बनाएका थिए । अहिलेको स्थानीय सरकार पनि त्यहीं गतिमा अगाडि बढेको छ । अहिले अधिकांश स्थानीय निकायका जनप्रतिनिधिहरुले सेवाग्राहीसँग सानोतिनो काममा पनि घुस लिनेदेखि सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्ने, विकास निर्माणका काम गर्दा पनि भ्रष्टाचार गर्ने गरेको सर्वत्र गुनासो छ ।

उनीहरुले विकास निर्माण गर्ने नाममा ढुंगा, इँटा, बालुवा, गिटी, रडजस्ता सामग्रीमा ठेक्का लगाउँदा ठूलो मात्रामा भ्रष्टाचार गर्ने गरेको पाइन्छ । त्यसरी स्थानीय विकासमा ठेक्का दिँदा ठेकेदार र उपभोक्ता समिति बनाउने नाममा जनप्रतिनिधिहरुको समेत मिलेमतो रहने गरेको छ । यसरी स्थानीय तहमा जनप्रतिनिधिहरुको मिलेमतोमा अनियमितता हुँदा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन ।

यतिबेला स्थानीय जनप्रतिनिधिहरु आफ्नो छुट्टै राज्य भएको, त्यहाँ लागु हुने कानुन पनि आफै बनाएको र हाम्रो कामलाई कसैले हस्तक्षेप गर्न पाउँदैन भनेर दावी गरिरहेका छन् । उनीहरुले स्थानीय तहबाट गरिने सिफारिस, जन्मदर्ता, बसाइसराइ, मृत्युदर्ता, पासपोर्टको सिफारिस, नागरिकताको सिफारिस, एउटा वडाबाट अर्को वडामा कृषिउत्पादनदेखि पशुपन्छी विक्रीवितरण गर्दा पनि कर लगाउने गरेका छन् । यसरी उठाएको महंगो करबाट जम्मा भएको रकम विभिन्न शीर्षमा खर्च गर्ने भनेर हिनामिना गर्ने गरेको पाइन्छ ।

यसरी स्थानीय सरकारले सर्वासारणले उत्पादन गरेको सबै वस्तुमा महंगो कर उठाउन थालेपछि सबैतिरबाट विरोध हुन थालेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *