आईजीपी बढुवामा डा.आरजु आतंक

राजनीति समाचार

काठमाडौं । जानिदैंन भने नबोले हुन्छ । तर पूर्व प्रम एवं पार्टी सभापति पत्नी डा.आरजु देउवाका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्र होइन, निजामती प्रशासनलाई समेत असर पार्ने अवस्था फेरी आएको छ । डा.आरजुको कारण प्रहरीमा बद्नाम पात्र अशोक सिंहलाई आईजीपी बनाउने खेल थियो । तर उनको नागरिकता र प्रहरी किताबखानामा जन्मदर्ता फरक भएपछि डिआईजी पदबाट राजीनामा दिन बाध्य भएका थिए । अब डा.आरजुको ध्यान आईजीपी नियुक्तितिर केन्द्रीत छ । सरकारले ५ एआईजी बढुवा गर्दैछ ।

कांग्रेसले सरकारमा अर्थ, गृह, उर्जाजस्ता मन्त्रालय ताक्ने गर्छ । बेथिती जगाउने ठूलो परिणामको कमिशन आउने पनि त्यहीबाट हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयभित्र आरजुको टिमको व्यापक हस्तक्षेप छ । पर्यटन तथा संस्कृति, शिक्षा तथा विज्ञान प्रविधि, स्वास्थ्य, कृषि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनताको पक्षमा देखिएका छैनन । अहिले देशले नेताहरुबाट पिडा सहेको छ । डा.आरजुबाट प्रहरी सेवा आतंकित बन्छ । किनकि आरजुले अशोक सिंहजस्ता नागरिकतामै खोट भएकालाई डिआईजी बनाइन ।

प्रहरीमा आरजु आतंक र हस्तक्षेप चलेको छ । बालकृष्ण खाँड गृहमन्त्री बन्दा सरुवा, बढुवामा आरजु र मञ्जु खाँडको आतंक चलेको थियो । अहिले फेरी कांग्रेस सरकारमा आउने भएपछि त्यहाँ मन्त्रीका लागि डा.आरजुले पहिले उठाएको किस्ता बुझाउनेहरु सल्बलाएका छन् । कांग्रेस पार्टीभित्र पहिला सुजाता आंतक थियो । आज आरजु आतंकले ठाउँ पाएको छ । यही बेला सरकारले प्रहरीमा ५ जना डिआईजीको बढुवा सिफारिस गरेको छ ।

बसन्त कुँवर कांग्रेसका, टेकप्रसाद राई अख्तियार प्रमुख, दिपक थापा माओवादीका, श्यामलाल ज्ञवाली एमालेका र किरण बज्राचायृ महिला समूहबाट बढुवा सिफारिसमा परेका हुन् । अघिल्लो सरकारले पहिलो र दोस्रो छाडेर तेस्रो वरियताका धिरजप्रताप सिंहको बढुवा गरेजस्तै यसटक दीपक थापा आईजीपी नहोलान् भन्न सकिँदैन । प्रहरीको हकमा प्रधानमन्त्री पुष्पकमल दाहालले डा.आरजु आतंक मच्चाउन नदिने भएका छन् । किनकि नेपाली कांग्रेसलाई अर्थ र परराष्ट्र दिँदा गृह आफैंले राख्ने भएका छन् ?(तामाकोशीसन्देशबाट)

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *