प्रचण्डलाई प्रधानमन्त्री पद निल्नु न ओकल्नु

राजनीति समाचार

काठमाडौं । सात दलीय गठबन्धन गरेर बनाइएको सरकार एकाएक अर्को गठबन्धन गरेर प्रधानमन्त्रीमा टाँसिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यतिखेर ‘नखाउँ भने दिनभरिको सिकार, नखाउँ भने कान्छा बाउको अनुहार’ भनेजस्तो भएको छ । बल्तल्ल राष्ट्रपतिको टुंगो लगाएपछि उपराष्ट्रपतिको किचलो सुरु भएको छ ।

त्योसँगै सरकारमा पनि खटपट देखिन थालेको छ । जसपाका नेता उपेन्द्र यादबलाई मधेसवादी दलहरुले नै विरोध गर्न थालेका छन् । आठदलीय गठबन्धनको सरकार बनेको पनि लामो समय भइसकेको छ । तर, मन्त्रिमण्डल भने अहिलेसम्म विस्तार हुन सकेको छैन । आठदलीय गठबन्धनभित्र पनि कसको भागमा कुन–कुन मन्त्रालय पर्ने हुन् त्योसको खाका पनि सार्वजनिक गरिएको छैन ।

राजनीतिक दलहरुकै कारणले गर्दा अहिलेसम्म सरकारले मन्त्रिमण्डल बनाउन सकेको छैन । अहिले उपराष्ट्रपतिको लागि खेलोफड्को हुँदै छ । त्यसमा पनि तराइवासी वा अन्य पार्टीमा कसको भागमा पर्ने हो त्यो पनि एकिन छैन ।

राजनीतिक दलका नेताहरुले भने देश र जनताको बारेमा कुनै चासो दिएका छैनन् । खाली राजनीतिक भागण्डा र विभिन्न पार्टीका नेता, कार्यकर्ता व्यवस्थापन गर्दैमा ठिक्क छ । नेताहरुकै कारण अहिले मुलुक आर्थिक संकटमा परेको छ । त्यो आर्थिक संकटबारे राजनीतिक दलका नेताहरुले कहिल्यै छलफल गर्ने गरेका छैनन् । त्यस कारणले गर्दा पनि नेपाली जनताहरु महंगी, बेरोजगारीले पिल्सिँदै गएका छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *