२००७ सालदेखि २०७९ सालसम्मको राजनीतिक अस्थिरताले देश कता जाँदैछ ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
त्यसै भनिएको रहेन छ, ‘यो देश सतिले सरापेको’ भनेर । नेपालमा २४० वर्षदेखि शाह वंशले निर्दलीय शासनसत्ता चलाउँदै आएका थिए । त्यतिबेला शाह वंशभित्रबाट राजा भए तापनि १०४ वर्षसम्म राणाहरुले मुलुकमा जहानीय शासन चलाएका थिए । यसरी १०४ वर्षसम्म एकछत्र रुपले शासनसत्ता चलाउँदै आएका राणाहरु आन्तरिक कलह र भाइभारदारबीचको लडाँइले सखाप भए । त्यसपछि २००७ सालमा प्रजातन्त्र आएपनि टिक्ट सकेन राणाहरुले पनि सिर उठाउन सकेनन् ।

त्यसपछि फेरि २०१५ सालमा प्रजातन्त्र आयो त्यो पनि टिक्न सकेन । त्यसपछि २०३६ सालको आन्दोलन र २०३८ सालको जनमत संग्रहको निर्वाचन हुँदा निर्दलीय व्यवस्थाले जित हासिल गरेको थियो । त्यसपछि २०४२ सालको सत्याग्रहहुँदै २०४६ सालको जनआन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना भयो । २०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि २०४७ सालमा संविधान जारी गरी २०४८ सालमा आमनिर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसले २०५ सिटमा ११४ मा जित हासिल गरेको थियो ।

नेपाली कांग्रेसले एक्लै बहुमत ल्याएर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एकमना सरकार बनायो । तर, त्यो सरकार कांग्रेसको आन्तरिक झगडालका कारण पाँच वर्ष टिक्न सकेन । पार्टीभित्र आन्तरिक कलह भएपछि २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधी निर्वाचनको घोषणा गरे । मध्यावधी निर्वाचनमा कुनै पार्टीले बहुमत ल्याउन सकेनन् । त्यसपछि नेकपा एमालेले अल्पमतको सरकार बनायो । २०५६ सालको आमनिर्वाचनमा फेरि नेपाली कांग्रेसले बहुमत ल्यायो । अनि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । भट्टराई नेतृत्वको सरकारलाई गिरिजाप्रसाद कोइरालाले ९ महिनामा ढालेर फेरि आफू प्रधानमन्त्री बने ।

त्यसपछि १० वर्षे जनयुद्ध गरेर शान्तिवार्तामा आएको नेकपा माओवादीले २०६४ सालको संविधान सभा निर्वाचनमा २२१ सिट जितेर बहुमत ल्यायो । त्यसयता कुनै राजनीतिक दलले एक्लै बहुमत ल्याउन सकेका छैनन् । २०७४ सालको आमनिर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनाव लड्दा झन्डै दुईतिहाई सिटमा जित हासिल गरेको थियो । त्यसपछि दुई पार्टी मिलेर नेकपा बनाए । नेकपाका अध्यक्ष केपी शर्मा ओली दुईतिहाई हाराहारी सिट जितेको पार्टीको प्रधानमन्त्री बने । तर, नेकपाभित्रको आन्तरिक कलहले त्यो सरकार ४१ महिनाभन्दा बढी टिक्न सकेन । त्यसपछि केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संसद विघटन गरायो ।

संसद विघटन भएपछि सर्वोच्च अदालतमा संसद् विघटनको रिट प¥यो । त्यसपछि अदालतले संसद् ब्यूत्याइदियो । फेरि निर्वाचन आयोगमा उजुरी प¥यो । त्यो उजुरी पनि निर्वाचन आयोगले सर्वोच्चमा पठाइदियो । सर्वोच्चले फेरि नेकपा एमाले र नेकपा माओवादीलाई छुट्ट्याइदियो । माओवादीबाट एमाले छुट्टिएपछि फेरि एमाले फुटेर नेकपा एकीकृति समाजवादी पार्टी माधवकुमार नेपालको नेतृत्वमा बन्यो । त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा पाँचदीय गठबन्धन बन्यो । त्यो पाँदलीय गठबन्धनले देउवालाई प्रधानमन्त्री बनायो ।

त्यो देउवा नेतृत्वको सरकार १६ महिना हाराहारी चल्यो । र, उक्त सरकारले तिनै तहको निर्वाचन पनि गरायो । यसरी पाँचदलीय गठबन्धनमा निर्वाचन सम्पन्न भए तापनि उक्त गठबन्नले बहुमत ल्याउन सकेन । त्यसपछि पाँचदलीय गठबन्धनभित्र प्रधानमन्त्री को बन्ने भन्ने होडवाजी चल्न थाल्यो । गठबन्धनभित्रबाट आफू प्रधानमन्त्री हुन नपाउने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको सरणमा पुगे ।

एमालेलगायत अन्य छ दल र दुई स्वतन्त्रसमेतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । त्यो पनि राष्ट्रपति कसलाई बनाउने भन्ने विवाद हुँदा ६२ दिनमै सत्तागठबन्धन भत्कियो । फेरि आठदलीय गठबन्धन बन्यो । त्योसँगै दुई अन्य थपिएर १० दलीय गठबन्धन बनेको छ । र, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्ति सोमबार विश्वासको मत पनि लिइसकेका छन् । प्रधानमन्त्रीले विश्वासको मत पाए तापनि मन्त्रिमण्डले कहिले पूर्णता पाउने हो त्यो भने एकिन भइसकेको छैन । (तामाकाशेीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *