संसदमा एमालेलाई धक्का !

राजनीति समाचार

काठमाडौं । संसदीय अभ्यासमा स्वार्थ पुरा गर्न नेकपा एमालेले महिनौं अवरोध गरेर आफ्नै नाक काटेको विगतको घटना छ । यसपटक सभामुख एमालेकै राष्ट्रिय सभा अध्यक्ष एमालेकै छन् । यी दुबै जना अध्यक्ष ओलीका बफादार कार्यकर्ता हुन् । कानूनको कुरा नैतिक दायित्व र कर्तव्यको कुरामा यिनले गम्भीरता देखाउने आँट गर्ने हैसियतका छैनन् ।

एमालेले अध्यादेशबाट ल्याएको ७ लाख मधेस भूभाग नागरिक र ११ लाख गैरआवासीय नेपालीलाई नागरिकता दिने अध्यादेश राष्ट्रपति विद्या भण्डारीले रोकेपछि एमालेको अहिलेको चालचलन कसरी अगाडि बढ्छ ? उनको कित्तामा ईश्वर पोखरेल, शंकर पोखरेल र गोकुल बाँस्कोटाको चहल पहलले के काम गर्छ, त्यसमा ओलीको गतिविधिले देखाउँछ ।

अहिले नेकपा एमाले छेकबारमा सक्रिय छ । एमालेकै कारण संसदमा अवरोध खडा हुँदैछ । देशको समृद्धिमा भने प्रमुख विपक्षीले देखाएको गलत संस्कारले धोका हुने संकेत देखिँदैछ । यो संकेतले एमालेलाई धक्का पुग्नसक्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *