लौ पढ्नुस चन्द्र ढकालको रामकहानी !

राजनीति समाचार

काठमाडौं । कानुनी छिद्रको आडमा चलखेल गर्दै तर मार्दै आएका व्यवसायी चन्द्र ढकाल एक पछाडि अर्काे अप्ठ्यारोमा पर्दैछन् । शेखर गोल्छा घर फर्किएपछि उद्योग वाणिज्य महासंघको स्वत अध्यक्ष बन्न लागेका ढकाललाई एकै पटक दुई वटा झड्का लागेको हो ।

निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष हुन् चन्द्र प्रसाद ढकाल । उनी यही चैत २८ गतेदेखि एफएनसीसीआइको अध्यक्ष बन्दैछन् । देशमा सरकारपछि सर्वाधिक संरचना रहेको निजी क्षेत्रको छाता संगठनका भावी अध्यक्षले राष्ट्र बैंकको नीति निर्देशन अप्रत्यक्ष रुपमा आफ्नो स्वार्थ अनुसार निर्माण गर्न सम्बन्धित पक्षलाई प्रभावमा पारिरहेको जानकारहरु बताउँछन् ।

उद्योग वाणिज्य महासंघका नेता मात्र होइनन् ढकाल उनी आफैं अध्यक्ष रहेर दर्जनौं उद्योग तथा व्यवसाय चलाउँछन् । ढकालमात्र यस्ता व्यवसायी हुन,जो दर्जनौं उद्योगमा नेतृत्वदायी भूमिकामा छन्,त्यस्को नियमन नेपाल राष्ट्रबैंकले गर्दछ । जस्तो अहिले ग्लोबल आइएमइ बैंक,नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा),ग्लोबल आइएमइ,चन्द्रागिरी हिल्स,आइएमइ इन्स्योरेन्स,आइएमइ फाइनन्स लगायतका कम्पनीहरुको संचालकको भूमिकामा छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकिकृत निर्देशिकाअनुसार एकै जना व्यक्ति एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाको संचालक हुन पाउँदैन । तर उनले एकै पटक दर्जनभन्दा बढी संघ संस्थाहरुको अध्यक्ष पद ओगटेर बसेका थिए । नेपाल राष्ट्र बैंक निर्मम रुपमा प्रस्तुत भएपछि उनले दुई वटा संस्थाको अध्यक्ष पद त्याग्नुपर्ने स्थिती आएको हो ।

पछिल्लो पटक ढकालले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)बाट बाहिरिएका थिए । स्वार्थ बाझिने गरि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ग्लोबल आइएमई बैंक र निफ्राको सञ्चालक समितिमा थिए । झण्डै आधा दर्जन बढी कम्पनीको अध्यक्ष रहेका उनले यस अघि निफ्राबाट राजीनामा दिएका छन् ।

वालुवाटारस्थित नेपाल राष्ट्र बैंकले मौखिक निर्देशन दिएपछि ढकालले कार्य व्यवस्थताको बाध्यता बताउँदै निफ्राको सञ्चालक समितिबाट राजीनामा ठोकिसकेका छन् । तर फेरि अर्काे बाध्यता आइलागेको छ अब वा त ग्लोबल आइएमई बैंक या त आइएमई लिमिटेडमध्ये एकको अध्यक्ष पद त्याग्नुपर्ने स्थिती आइलागेको छ ।

कारण यी दुबै संस्थालाई नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको हो । चन्द्र ढकालको ग्लोबल आइएमईमा ३.६२ प्रतिशत सेयर स्वामित्व छ भने, निफ्रामा ०.५ प्रतिशत संस्थापक सेयर स्वामित्व छ । बैंक तथा वित्त संस्था सम्बन्धी ऐन –वाफिया)लागू भएको करिब ९ महिनापछि ऐनले दिएको सहुलियको फाइदा लिँदै ग्लोबल आइएमई बैंकका अध्यक्ष रहेका चन्द्र प्रसाद ढकाल २०७६ मंसिरमा निफ्राको संचालकका नियुक्त भएका हुन् ।(तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *