राजनीतिक दलको झल्को दिने कर्मचारी संगठनको अधिवेशन

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरु निर्वाचनमा होमिएजस्तै कर्मचारीहरु पनि यतिखेर अधिवेशन गर्न व्यस्त छन् । त्योसँगै आ–आफ्नो पार्टी निकट संगठन बलियो बनाउन पनि होडवाजी नै चल्ने गरेको छ । एकातिर नेकपा एमाले आफ्नो संगठन बलियो बनाउन मरिमेटेर लागेको छ भने अर्कातिर नेपाली कांग्रेस निकट कर्मचारीहरु पनि आफ्नो संगठन राम्रो र भरपर्दो बनाउन न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । त्योसँगै एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी निकट राष्ट्रिय सहकारी कर्मचारी संगठनले पनि आफ्नो संगठन बलियो बनाउन लाग्दै आएको छ ।

तर, एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेता मोहन घिमिरे अध्यक्ष भए तापनि उनले संगठन विस्तार गरी बलियो बनाउन सकेका छैनन् । किन कि उनलाई कुनै पनि कर्मचारीहरुले पत्याउँदैनन् । किन पत्याउँदैनन् भने उनी ठाउँकुठाउँ हावादारी गफ गर्ने, आमाचकारी गालीगलौज गर्ने गर्दछन्. । त्योसँगै उनी देश र जनताको हितमा काम गर्ने भन्दा पनि सधैं सिंहदरबारभित्र घुमेर अन्य निकायका कर्मचारीहरुलाई अर्ती उपदेश दिने गर्दछन् । तर, उनी आफू निकट कर्मचारी र सहयोगी पनि चिन्दैनन् ।

त्यस्तै उता नेकपा एमाले निकट कर्मचारी संगठनले पेशागत महासंघको अधिवेशन गर्दै छ । सो महाधिवेशन आगामी चैत २३ र २४ जवालाखेलको लुम्दी ब्यांकेटमा सम्पन्न हुँदै छ । तर, त्यो पेशागत महासंघमा को उम्मेदवार बन्ने हो भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन । तर, बाहिरतिर भने तत्कालीन पेशागत संगठनका अध्यक्ष बाबुराम थापा नै दोहोरिने हल्ला छ । त्यस्तै पेशागत महासंघको अध्यक्ष बन्न तत्कालीन ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालको पनि चर्चा चलिरहेको छ ।

त्योसँगै ट्रेड युनियनका कार्यबहाक अध्यक्ष भोला पोख्रेलको नाम पनि चर्चामा छ । यी तीनमध्ये पेशागत महासंघको अध्यक्ष को बन्ने हो अहिलेसम्म जानकारी छैन । यससम्बन्धी तामाकोशी सन्देशले जानकारी लिन खोज्दा सम्बन्धित व्यक्ति बोल्न चाहेनन् । उता माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको पनि पाँचौं महाधिवेशन आगामी चैत १७ र १८ गते काठमाडौंमा सम्पन्न हुँदै छ । तर, त्यो संगठनमा पनि हालका अध्यक्ष हरि रावल दोहोरिने सम्भावना हरेको छ ।

तर, उता हालका वरिष्ठ उपाध्यक्ष अम्मरदत्त भट्ट पनि अध्यक्षको दावेदार रहेका छन् । त्यसैगरी महासचिवको लागि राजेन्द्र राना लागिपरेका छन् । राना लुम्बिनी प्रदेशको अध्यक्ष रहेका छन् । त्यसकारणले पनि नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्ष र महासचिव को बन्ने हो अहिलेसम्म एकिन भइसकेको छैन । यदि चुनाव भएमा अम्मर दत्त भट्टले जित्ने हल्ला चलाइँदै छ भने महासचिवमा पनि राजेन्द्र रानाको जित हुने हल्ला चलाइँदै छ ।

तर, पार्टीभित्र सहमति भयो भने हालका अध्यक्ष हरि रावल नै पुनः अध्यक्ष बन्ने सम्भावना बढी छ । किन कि रावल राष्ट्रिय कर्मचारी संगठनभित्र अब्बल दर्जामा पर्दछन् । उनीले संगठन विस्तार गर्नेदेखि लिएर राजनीतिक पार्टीलाई समेत सहयोग गर्दै आएका छन् । त्योसँगै संगठनका कर्मचारीलाई आइपर्ने समस्याहरु सजिलै समाधान गर्न सक्ने क्षमता भएको व्यक्ति हरि रावल नै हुन् भन्नेहरु पनि त्यत्तिकै छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *