सिंहदरबारभित्र विचौलियको आफ्नै कथा आफ्नै व्यथा

राजनीति समाचार

काठमाडौं । केही समयदेखि सुनसान भएको सिंहदरबार अहिले भरिभराउ हुन थालेको छ । नेपालमा तीन तहको सरकार हुँदा पनि सिंहदरबारमा भने पहिलाको जस्तै भीड लाग्ने गरेको छ । राजनीतिक दलको जोड घटाउनसँगै गत मंसिर ४ गते संघ र प्रदेश निर्वाचन सम्पन्न भएपछि बनेको सरकारले सात पटक मन्त्रिमण्डल विस्तार गरिसकेको छ ।

त्यसमा पनि पूर्णता पाएको छैन । अहिले सिंहदरबारभित्र भर्खरै नियुक्ति भएका मन्त्रीहरुलाई फूल र खादाले स्वागत गर्नेको भीड लाग्ने गरेको छ । उता गाडी र मोटरसाइकिल पार्किङ गर्ने ठाउँको पनि त्यत्तिकै समस्या देखिन्छ । ट्राफिक प्रहरीलाई सिठ्ठी फुक्नकै हैरानछ । उता सिंहदरबारभित्र जताततै क्यान्टिन खोलिएका छन् । त्यसरी खोलिएका क्यान्टिनहरुमा पनि गुणस्तरीय खानाहरु पाइँदैन । केही समय पहिला सिंहदरबारको एक क्यान्टिनमा गुणस्तरहिन खाना गुवाउने गरेको भनेर कारबाहीसमेत गरिएको थियो ।

त्यहीं क्यान्टिनमा अहिले कुनै एक जात्राको मेला लागेजस्तै भीड लाग्ने गरेको छ । अधिकांश सर्वसाधारण सिंहदरबार भित्र प्रवेश गर्नेको त्यत्तिकै भीड छ । सिंहदरबारभित्र रहेको राजनीतिक दलका संसदीय कार्यालय पनि त्यत्तिकै छन् । त्यस्तै नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबार भित्रै छ भने उता नेकपा एमालेको संसदीय दलको कार्यालय पनि सिंहदरबार भित्रै रहेको छ । त्यस्तै अन्य दलहरुको पनि हैसियत अनुसारको संसदीय दलको कार्यालय सिंहदरबारभित्रै रहेको छ । यी राजनीतिक पार्टीको संसदीय दलको कार्यालय नजिकै रहेका विभिन्न क्यान्टिनहरु अहिले भरिभराउ हुने गरेका छन् । त्यहाँ फाइभ स्टार हुटेलजस्तै सबै चिज पाइन्छ । त्यसमा एक चिज मदिरा चाहीं पाइँदैन ।

तर, अधिकांश सर्वसाधारण जनतादेखि कर्मचारीहरुले सिंहदरबारभित्र खोलिएका विभिन्न क्यान्टिनमा खाना र खाजाको व्यवस्था गरे तापनि अधिकांश मानिसहरु खानाकै लागि पनि सिंहदरबार छिर्ने गरेको पाइन्छ । कतिपय साना दर्जाका कर्मचारीहरु आठ नबज्दै सिंहदरबार प्रवेश गर्दछन् । अन्य उच्च निकायका कर्मचारी भने आफ्नो कार्यालयमा १२÷१ बजेतिर उपस्थिति हुने र हाटा गर्ने गर्दछन् । त्यसपछि विभिन्न मिटिङ, गोष्टी, सेमिनार र मन्त्रालयमा मन्त्रीले बोलाएको जस्ता बहानामा बनाएर आफ्नो कार्यकक्षमा बस्ने गरेका छैनन् । केहीसिप नलागेपछि एक कार्यालयका कर्मचारी अर्को कार्यालयमा गएर गफगाफमा रमाउने गरेका छन् ।

हुन त अधिकांश ंिसहदरबाभित्रका उच्च निकायका कर्मचारीहरुलाई भेट्नको लागि ताँतिनै लाग्छ । तर, भेट्न जाने विभिन्न व्यक्तिहरुले भने ती उच्च निकायका कर्मचारीहरुलाई घण्टौंसम्म भित्र बसी अन्य सर्वसाधारणलाई बाहिर कुर्न वाध्य बनाइएको गुनासो त्यत्तिकै छ । नियम र नीतिअनुसार काम गर्ने हो भने भेट्न जाने सर्वसाधारणलाई उचित समय दिएर कामको प्रकृतिक बुझ्न सकिन्छ ।

तर, उच्च निकायका कर्मचारीलाई विचौलियाले फनफनी घुमाउने गरेका छन् । त्योसँगै कतिपय उच्च निकायका कर्मचारीहरुले सर्वसाधारण जनताको काम विभिन्न निकायका कर्मचारीलाई छिटोछरितो गरिदिनु भनेर आदेश दिए तापनि सम्बन्धित मन्त्रालयअन्तर्गत पर्ने कार्यालय, विभागका कर्मचारीहरुले सर्वसाधारणको काम गर्ने गरेका छैनन् । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *