नारायणकाजीले तर्साए प्रहरी हेडक्वार्टर

राजनीति समाचार

काठमाडौं । अघिल्लो दिन मन्त्रालयमा घुस लिन दबाब दिन्न भनेका गृहमन्त्रीले भोलिपल्ट चारजना विद्यार्थी कोटाभन्दा बाहिरबाट प्रहरी स्कुलमा भर्ना गर्नुपर्छ भन्दै नक्सालतिर फोन गर्दा तनाव बढेको छ । माओवादीमा ढोंगीहरुको बाहुल्यता छ । गिरिाजमणि र नारायणकाजी त्यस्तै ढोंगीमा पर्दछन् । जो घुस होइन, सहयोग उठाउँछन् र आफुलाई होइन, पार्टीलाई भन्दछन् ।

त्यो ढोंगी समूहका नेता हुन् नारायणकाजी श्रेष्ठ । उनको टिमबाट गिरिराजमणिले चुनाव हारे । राष्ट्रिय सभामा पुग्न नारायणकाजी गण्डकी प्रदेशबाट चुनाव लडे । प्रत्यक्ष चुनावमा गोरखा २ बाट हारेका नेता थिए नारायणकाजी । त्यही वर्ष सांसद भइछाडे । नारायणकाजीसँग वामदेव गौतम पनि थिए । तर गौतमले चुनाव लड्ने आँट गरेनन् ।

किनकि मंसिरको निर्वाचनमा वामदेवलाई केपी ओली र ईश्वरले हार्न बाध्य बनाएका थिए । ओली वाम गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेद्वार भई पार्टी एक गर्ने प्रचण्ड र साँढे २ वर्ष दिनेगरी विष्णु पौडेल जनार्दन शर्माले हस्ताक्षर नै गरेका थिए । अध्यक्ष केपी ओली र प्रचण्डले अलग पार्टीबाट सही गरे । मौका मिल्यो, सबैतिर आफ्नो भएपछि ओलीले प्रचण्डलाई मात्र होइन माधव, झलनाथ, वामदेवलाई नै पावर देखाइदिए ।

ओली सरकारमा एकाएक फरक कित्तामा पुगेकाहरु कांग्रेसको वैशाखीमा प्रचण्डको नेतृत्वको सरकारमा जनमोर्चाको भाग खान नारायणकाजी पुगेका हुन् । उनका आदर्शले भौतिक पूर्वाधार चलायमान भयो । गृहमा उनी सरेपछि प्रहरी दंग भो । अब प्रहरीमा हस्तक्षेप हुँदैन । उनले भनेपनि म नीति नियममा चल्छु, गल्ती काम गर्न दबाब नदिनु म पनि दिन्न भनेको भोलिपल्ट प्रवेश परीक्षा पास नगरेका चार विद्यार्थीलाई भर्ना गर्नुप¥यो भन्दै नक्सालमा फोन गयो । कांग्रेसका आईजीपी बसन्त कुँवर दंग छन् । घुस खाँदैनन् भनेर प्रहरीले अहिले यही समीक्षा गर्दैछ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *